२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भन्सार एजेन्टको आन्दोलनले रोकियो राजस्व संकलन

भन्सार एजेन्टको आन्दोलनले रोकियो राजस्व संकलन

दैनिक ३३ करोड राजस्व संकलनको लक्ष्य पास भएको भैरहवा भन्सार कार्यालयमा भन्सार एजेन्टहरूको आन्दोलनका कारणले राजस्व संकलन नै भएको छैन । यसले भन्सार कार्यालयमा मात्रै नभई सिंगो देशको अर्थतन्त्रलाई प्रभाव पारेको छ ।

भन्सार एजेन्टको आन्दोलनले रोकियो राजस्व संकलन

भन्सार एजेन्टको आन्दोलनले रोकियो राजस्व संकलन

दैनिक ३३ करोड राजस्व संकलनको लक्ष्य पास भएको भैरहवा भन्सार कार्यालयमा भन्सार एजेन्टहरूको आन्दोलनका कारणले राजस्व संकलन नै भएको छैन । यसले भन्सार कार्यालयमा मात्रै नभई सिंगो देशको अर्थतन्त्रलाई प्रभाव पारेको छ ।

भन्सार एजेन्टको आन्दोलनले रोकियो राजस्व संकलन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
मंगलवार, मंसिर २३ २०८२
मंगलवार, मंसिर २३ २०८२
  • भैरहवा 
    दैनिक ३३ करोड राजस्व संकलनको लक्ष्य पास भएको भैरहवा भन्सार कार्यालयमा भन्सार एजेन्टका कार्मचारीहरु आन्दोलित बन्दा राजस्व संकलन नै प्रभावित बनेको छ । दैनिक ५–६ सय मालवाहक ट्रक भन्सार जाँचपास हुने गरेकोमा सोमबार ४ बजेसम्म एउटा पनि ट्रक भन्सार नभएपछि राजस्वमा असर परेको हो । 


    भन्सार ऐनको विरोधमा भन्सार एजेन्टहरुले काम नगर्दा भन्सार कार्यालयलाई मात्र नभई सिंगो देशकै अर्थतन्त्रमा समेत प्रभाव परेको छ । सोमबार बिहानैदेखि भन्सार जाँचपासका लागि एजेन्टहरुले माग नगर्दा यस्को असर राजस्व संकलनमा परेको हो ।
    शनिबारदेखि लागु भएको भन्सार ऐन २०८२ को दफा ७१ को (झ) मा घोषणाकर्ताले दफा २० को उप–दफा ३ बमोजिम विद्युतीय माध्यमबाट कम्प्युटर प्रणालीमा वस्तुको विवरण घोषणा गर्दा संलग्न गर्नुपर्ने कागजात फरक रुपमा संलग्न गरेमा त्यस्तो घोषणाकर्तालाई सो घोषणा बमोजिम लाग्ने भन्सार महसुलको दश प्रतिशत जरिवाना र लाग्ने महसुल असुल गरी त्यस्तो वस्तुको जाँचपास गर्ने उल्लेख भएपछि कर्मचारीहरु आन्दोलित  भएका हुन् । 


    कम्प्युटरमा डाटा इन्ट्री गर्दा हुने सामान्य गल्तीलाई पनि जरीवाना तोकेकोलगायत अन्य केही विषय पनि जोडेर देशैभरीका भन्सार एजेन्टका कर्मचारीहरुले विरोध गर्दै काम ठप्प पारेका छन् । 


    सोमबार बिहानैदेखि भैरहवा भन्सार कार्यालयअन्तर्गत रहेका भन्सार एजेन्टहरुले काम ठप्प गरी कुनै पनि प्रज्ञापन कार्यालयमा नपठाई आन्दोलन गरिरहेका छन् । कम्प्युटरमा डाटा इन्ट्री गर्दा हुने सामान्य गल्तीमा पनि ठूलो जरीवाना तोकेकोले यसको प्रत्यक्ष मार एजेन्टमा नपरि कर्मचारीमा पर्ने हुँदा आन्दोलन गर्नुपरेको आन्दोलित कर्मचारीहरुले बताएका छन् । 


    भैरहवा भन्सार कार्यालय हुँदै दैनिक ६ सय हाराहारीमा प्रशज्ञापनबाट जाँचपास हुने गरेकोमा सोमबार साँझ ४ बजेसम्म सय जनाको मात्रै प्रज्ञापन आए पनि अन्य कागजात नआउँदा कुनै पनि कारोबार नभएको भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले जानकारी दिए । 


    उनले भने–‘भन्सारको दैनिक लक्ष्य करिब ३३ करोड छ, आइतबार २७ करोड राजस्व संकलन भए पनि सोमबार ४ बजेसम्म कुनै पनि भन्सार जाँच पास नभएकोले राजस्व उठ्न सकेन । हाम्रो वार्षिक लक्ष्य सोंचेअनुसारको नउठे पनि यो महिनाको लक्ष्य करिब सरदरमा लक्ष्य अनुरुप रहेको छ । यो महिनाको लक्ष्य ८ अर्ब ५९ करोड रहेकोमा आइतबार सम्म ५ अर्ब १ करोड राजस्व संकलन भएको छ ।’


    घोषणा गर्दा गल्ती भएमा ऐनकै दफा २० मा जाँचपास गर्नुभन्दा अगावै सच्याउनु पर्ने व्यवस्था रहे पनि कर्मचारीहरुले सामान्य त्रुटीलाई जरिवाना नगर्न माग गरेको भन्सार प्रमुख पौडेलले बताए । भैरहवा भन्सार कार्यालयको यात्रु शाखाबाट भन्सार जाँच पास भएता पनि भित्रबाट जाँचपास भएको छैन । राजस्वमा योगदान गर्ने मुख्य बस्तुहरुको प्रज्ञापन भरे पनि जाँचपास भएको छैन । 


    शनिबारदेखि लागु भएको ऐनअनुसार वीरगंजमा आइतबार एक जनालाई यस दफाअनुसार जरिवाना भएपछि विरोध सुरु भएको हो । वीरंगजमा यो प्रकृतिको घटना भएपछि यहाँ पनि हुन सक्ने हुँदा सुधारका लागि अनुरोधार्थ काम नगरेको एजेन्ट कर्मचारीहरुको भनाइ छ । भैरहवा भन्सारमा भने आइतबार दफा ३३ को २ बमोजिमको एक जनालाई जरिवाना भएको थियो । 


    कर्मचारीहरुले काम गर्दा कहिलेकाही मानवीय त्रुटीले ठूलो जरिवाना हुँदा आयातकर्ता वा एजेन्टले नब्योहोर्ने हुँदा हामी कर्मचारीमाथि ठूलो आर्थिक असर पर्ने भएकोले यो व्यवस्थामा विचार गर्नुपर्ने बताए । आगामी दिनमा पनि समस्या पर्ने हुँदा यो निणर्य नै खारेज गर्नुपर्ने उनीहरुको माग छ ।


    विगत १५ वर्षदेखि एजेन्टको कर्मचारीको रुपमा काम गर्दै आएका राजु बस्नेतले पहिला सहज रुपमा भन्सार भएता पनि अहिलेको ऐनले ल्याएको जरिवानाका कारण व्यापारी मर्ने बताए । सरकारले पहिला मजदुरलाई पलायन गरे, त्यसपछि विद्यार्थी पलायन भए अब उद्योगी व्यवसायीलाई पलायन गर्ने मनसाय राखेको उनले जनाए । 


    जरिवाना गर्दा व्यवसायीले नतिरी १५ हजारको तलब खाने कर्मचारीको गल्ती भन्दै जरिवानाको भार बोकाउने भएकोले यहाँ सोमबार कसैले काम नगरेको बस्नेतको भनाइ छ । आज बैठक बस्ने कुरा छ, निर्णय के हुन्छ सम्बोधन नभएसम्म हामी काममा नफर्किने बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij