इश्वर पाण्डे
नेपालको पुरानो लोकतान्त्रिक पार्टी एवं विघटित संसदमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस १५ औँ महाधिवेशनतर्फ अग्रसर हुँदै गर्दा यसको इतिहास, वैचारिक दिशा निर्देशन, मूल्री, मान्यता तथा हालको जेन जीआन्दोलनका माग र उपलब्धि फेरि बहसको केन्द्रमा आएको छ।
नीति तथा सिद्धान्त विपरीत सत्ता केन्द्रित राजनीति, पारदर्शिता र जवाफदेहिताको कमि, ठुला अनियमितताका घटनामा दलहरुको संलग्नता, भ्रष्टाचार तथा अपराध नियन्त्रण गर्ने संस्थाहरुमा बढ्दो दलीय पकड, मेरिटोक्रेसीको अभाव, अवसर र नेतृत्वमा नाताबाद एवं तरमारा वर्गको बढ्दो दबदबा, अभिव्यक्ति स्वतन्त्रताको रुपमा रहेको सामाजिक संजाल प्रयोगमा बन्देज लगायतको कारणले जेन–जी ९न्भल–श्०पुस्ताले आन्दोलन गर्न बाध्य भयो । यसै आन्दोलनको कारणबाट नेपाली कांग्रेस समयमै महाधिवेशन गरी संगठनात्मक रूपान्तरण र नेतृत्व पुस्तान्तरणका सम्भावनाहरु प्रकट भइरहेकाछन।
नेपाली कांग्रेस २००७ सालको ऐतिहासिक क्रान्तिदेखि २०४६ सालको जनआन्दोलन र २०६२–६३ को दोस्रो जनआन्दोलनसम्म नेपालको लोकतान्त्रिक यात्राको प्रमुख नेतृत्वकर्ता रहँदै आएको छ। पार्टीका संस्थापक नेता बीपी कोइरालाले प्रतिपादन गरेको ू प्रजातान्त्रिक समाजवादू राजनीतिक स्वतन्त्रता, आर्थिक समानता, सामाजिक न्याय र राष्ट्रिय एकताको मिश्रित संरचना आज पनि कांग्रेसको मूल वैचारिक मेरुदण्ड मानिन्छ।
यसैबीच, पछिल्ला वर्षहरूमा सामाजिक सञ्चार माध्यममा सक्रिय युवा पुस्ताले चलाइरहेको जेन–जी आन्दोलनले पारम्परिक राजनीतिक दलहरूलाई जवाफदेहिता र पारदर्शिताको माग गर्दै दवाव दिन थालेको छ। अहिले भएको श्भल श् आन्दोलन कुनै दलविशेष विरोध नभई प्रवृत्तिको आलोचना हो, जसले भ्रष्टाचार, अक्षम प्रशासन र पुरानो नेतृत्व शैलीप्रति असन्तुष्टि प्रकट गरेको छ।
नेपाली कांग्रेसको आसन्न १५ औँ महाधिवेशनमा यही युवा चेतना र राजनीतिक अपेक्षा महत्त्वपूर्ण एजेन्डाका रूपमा उभिन सक्ने देखिएको छ। पार्टी भित्र नेतृत्व पुस्तान्तरण, आन्तरिक लोकतन्त्रको सुदृढीकरण र युवालाई जिम्मेवारीपूर्ण भूमिकामा लैजाने विषयमा तीव्र बहस चलिरहेको छ।
अहिलेको परिस्थितिले आगामी महाधिवेशन युवाका लागि दुवै प्रकारका परिस्थिति अवसर र चुनौती बोकेर आएको छ।
युवाका लागि अवसर
१। जेन जी आन्दोलन पछि पार्टी संरचनामा नयाँ पुस्तालाई अघि ल्याउने वातावरण स्वरुप नयाँ क्रियाशिल वितरणमा १८–३० वर्षका युवालाई विशेष प्राथमिकता दिएको छ ।
२। युवाहरु प्रविधिसंग अभ्यस्त भैसकेका छ्न । अहिलेको डिजिटल युगमा सामाजिक सन्जालको प्रयोगले आफ्ना विचारहरु एकै पटक समय, श्रोत र साधनको कम प्रयोगले पनि सम्बन्धित ठाउँमा पुर्याउन सक्छ्न ।
३। जनताले जवाफदेहिता र सुशासनका लागि राज्यका हरेक तह र तप्कामा युवालाई अगाडि बढाउनुपर्ने आवाज जेन जी आन्दोलन पछि झन बढाइदिएका छ्न।
४। एउटा घर चलाउन सामान्यतया मासिक ४०(५० हजारको खर्च छ । त्यसका लागि आर्थिक उपार्जनमा गर्न बढी समय दिनुपर्ने अवस्था आए पनि राजनीतिलाई होल टाइमर होइन पार्ट टाइमर बनाउनु पर्छ भन्ने भावनाको विकास भएको छ ।
५। सबैभन्दा महत्त्वपूर्ण विषय करिब ७ दशक पहिले स्थापित गरिएको हाम्रो आदर्श प्रजातान्त्रिक समाजवादको आधुनिक पुनर्व्याख्यामा गरि त्यसलाई लागु गराउन युवाहरुले समय सापेक्ष भूमिका खेल्न सक्छन ।
६। वडामा क्रियाशिल सदस्यता नविकरणको शत प्रतिशत नयाँ सदस्य बनाउने निर्णयले पार्टीमा युवाहरुलाई सहज प्रवेशको अवसर दिएको छ ।
युवाका लागि चुनौती
१। अवसर र लाभमा रमाइरहेको वर्ग युवाहरुको हरेक तहमा जबर्जस्त नेतृत्वको लागि गरिने प्रयासले पार्टी भित्रै जरो गाडेर बसेको पुरानो संरचनाले प्रतिरोध गर्ने देखिन्छ ।
२। युवाहरु करिअर बिल्डिङको कारण, घर(परिवार, आयश्रोत बढाउने काम बढी समय दिनुपर्ने भएकाले संगठनात्मक सहभागितामा समय अभाव हुन सक्छ ।
३। नयाँ नयाँ विचार, योजनालाई कार्यन्वयन गर्न पुरानो, मानसिकता, संगठन, श्रोत, समय र साधनको कमिले विचारलाई व्यवहारमा परिणत गर्न सजिलो चाहिँ पक्कै छैन ।
४। युवाको उमेर, परिवार व्यवस्थापन, वृतिविकास, आर्थिक उपार्जनमा बढी समय व्यतित गर्नुपर्ने हुदाँ संगठनात्मक उद्देश्य पूरा गर्न सफल हुदैनन कि भन्ने अविश्वास रहेको छ
५। आसन्न १५ औं महाधिवेशन सम्पन्न गर्न ल्याइएको रकेट जस्तो तालिकाले उम्मेदवारी दिने युवाहरु समय अभावले आफ्ना भावना र विचार सबै मतदाताकोमा पुर्याउन नसकिने होकि भने त्रासमा छ्न ।
महाधिवेशन नजिकिँदै गर्दा विभिन्न तहका युवाहरू संगठनभित्र सक्रिय बन्दै गएको, भर्खरै युवा पुस्तामा प्रवेश गरेको युवा समूह पनि क्रियाशिल सदस्यता लिन तम्तयार देखिएको हुँदा कांग्रेसको भविष्य नेतृत्व, वैचारिक दिशा र संगठनात्मक संरचना कता मोडिने भन्ने विषयमा पार्टी भित्र तथा नेपाली राजनीतिक वृत्तको समेत यतिबेला ध्यान केन्द्रित भएको छ।
निष्कर्षमा
नेपाली कांग्रेसको अधिवेशनबाट आउने नेतृत्व युवा भएर पुग्दैन । संघ, प्रदेश तथा पालिकाको नेतृत्वमा युवा ल्याउन सके युवाको ऊर्जा, दक्षता र नयाँ सोचलाई आत्मसात गरी पार्टीलाई पुनः जनमानसमा प्रभावकारी निर्विकल्प प्रमुख शक्ति बनेर उदाउने अनि जनतामा राजनीति प्रति देखिएको नैरश्यता हटाउन तथा हालैको जेन जी आन्दोलनको मर्मलाई पनि न्याय दिन सकिन्छ।




