२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गैरे प्रतिष्ठान बुटवलमा रोयल इन्फिल्ड हन्टर ३५० को विक्रि शुरु

गैरे प्रतिष्ठान बुटवलमा रोयल इन्फिल्ड हन्टर ३५० को विक्रि शुरु

गैरे प्रतिष्ठान बुटवलमा रोयल इन्फिल्ड हन्टर ३५० को विक्रि शुरु

गैरे प्रतिष्ठान बुटवलमा रोयल इन्फिल्ड हन्टर ३५० को विक्रि शुरु

गैरे प्रतिष्ठान  बुटवलमा  रोयल इन्फिल्ड हन्टर ३५० को विक्रि शुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर २४ २०८२
बुधवार, मंसिर २४ २०८२
  • बुटवल । विश्वमा दुई पांग्रे सवारीसाधनमा सर्वाधिक  लोकप्रिय मोटरसाईकल रोयल इन्फिल्डको हन्टर ३५० को विक्रि वितरण बुटवलमा सुरु भएको छ । रोयल इन्फिल्डका मोटरसाइकलको बुटवल क्षेत्रको आधिकारिक विक्रेता गैरे प्रतिष्ठान प्रालिले बुधवारदेखि बुटवलको कालिकानगरस्थित शो रुमबाट हन्टर ३५० मोटरसाइकलको विक्रि वितरणको शुभारम्भ गरेको हो ।

    रोयल इन्फिल्डको हन्टर ३५० को बुधबार विक्रि वितरण शुभारम्भ गर्दै गैरे प्रतिष्ठान प्रालिका अध्यक्ष प्रेमराज गैरेले युवा पुस्तामा अति नै लोकप्रिय रोयल इन्फिल्डका मोटरसाईलकको नयाँ संस्करण हन्टर ३५० ले धेरैको मन जित्ने बताए । उनले नयाँ फिचर सहित विभिन्न कलरमा उपलब्ध हन्टर बाइक युवा पुस्ताले धेरै नै रुचाएको बाइक भएको बताए । कार्यक्रममा प्रतिष्ठानका प्रवन्ध निर्देशक प्रवेशराज गैरेले रोयल इन्फिल्ड हन्टरमा डवल च्यानल एबीएस, लिड हेडलाइट, इकोनोमिक डिजाईनले गर्दा ग्राहकको रोजाइमा परेको बताए । उनले रोयल इन्फिल्डका अन्य मोटरसाईकलको तुलनामा हन्टर ३५० माइलेज बढी दिने बाइक रहेको बताए ।

    WhatsApp Image 2025-12-10 at 14.27.46.jpeg
    undefined

    बीएस फाईभ सिस्टम रहेको हन्टरको विक्रि शुभारम्भकै दिनमा ६ वटा मोटरसाईकल विक्रि भई सकेको र अन्य १३ वटा हन्टर ३५० मोटरसाईकल बुकिङ भैसकेको उनले बताए । हन्टर ३५० को सिङगल टोनलाई ४ लाख ९४ हजार ९ सय र डवल टोनलाई ४ लाख ९९ हजार ९ सय मुल्य पर्ने प्रवन्ध निर्देशक गैरेले बताए  । उक्त बाइक लञ्चका अवसरमा खरिदकर्तालाई चाबी हस्तान्तरण गरिएको थियो । कार्यक्रममा प्रालिका सञ्चालक लक्ष्मी गैरे,अतिथि उमा गैरे, प्रालिका सिनियर एकाउन्टेन्ट,शोरुम म्यानेजर नारायण खनाल लगायतले आफ्ना भनाई राख्दै रोयल इन्फिल्ड बाइकको लोकप्रियता बढाउन समाजका सबै क्षेत्रको साथ र सहयोग रहेको बताए । 

    WhatsApp Image 2025-12-10 at 14.27.44 (1).jpeg
    undefined
    WhatsApp Image 2025-12-10 at 14.27.44.jpeg
    undefined


      

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij