२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

न्यू होराइजन अन्तर विद्यालय लोकदोहोरी : अक्सफोर्ड  प्रथम,एपेक्स  दोस्रो, कान्ति मावि  तेस्रो र न्यू होराइजन  सान्त्वना

न्यू होराइजन अन्तर विद्यालय लोकदोहोरी : अक्सफोर्ड  प्रथम,एपेक्स  दोस्रो, कान्ति मावि  तेस्रो र न्यू होराइजन  सान्त्वना

न्यू होराइजन अन्तर विद्यालय लोकदोहोरी : अक्सफोर्ड  प्रथम,एपेक्स  दोस्रो, कान्ति मावि  तेस्रो र न्यू होराइजन  सान्त्वना

न्यू होराइजन अन्तर विद्यालय लोकदोहोरी : अक्सफोर्ड  प्रथम,एपेक्स  दोस्रो, कान्ति मावि  तेस्रो र न्यू होराइजन  सान्त्वना

न्यू होराइजन अन्तर विद्यालय लोकदोहोरी : अक्सफोर्ड  प्रथम,एपेक्स  दोस्रो, कान्ति मावि  तेस्रो र न्यू होराइजन  सान्त्वना
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, मंसिर २५ २०८२
बिहिवार, मंसिर २५ २०८२
  • बुटवल । न्यू होराइजन अंग्रेजी आवासीय मावि बुटवलमा लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको छ । न्यू होराइजन स्पोट्र्स क्लबको आयोजना, न्यू होराइजन मावि संरक्षक र बुटवल उपमहानगरपालिकाको समन्वयमा तेस्रो संस्करणको प्रतियोगिता भएको हो । ११ वटा विद्यालयका छात्र र छात्राले भाग लिएको प्रतियोगितामा अक्सफोर्ड मावि बुटवल प्रथम,एपेक्स स्कूल शंकरनगर दोस्रो, कान्ति मावि बुटवल तेस्रो र न्यू होराइजन अंग्रेजी आवासीय मावि बुटवल सान्त्वना भए । विजेता विद्यार्थीको टिमले क्रमशः १५  हजार, १२ हजार,९ हजार र ६ हजार नगद सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    विजयी विद्यार्थीहरुलाई विद्यालयका प्राचार्य लोकनाथ उपाध्याय, अध्यक्ष ज्ञानेन्द्र कसजू, उपाध्यक्ष निर्मल लाकौल, कोषाध्यक्ष रामेश्वर श्रेष्ठ, लोक दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सल्लाहकार खिमबहादुर हमाल,उपप्राचार्यहरु बालकृष्ण भण्डारी,बासुदेव अर्याल,राजीव श्रेष्ठ, न्यू होारइजन स्पोर्ट्स क्लबका अध्यक्ष चेतन ठकुरी, विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख बालकृष्ण बस्याल, प्रतियोगिता संयोजक कल्पना कुसुम लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिताको उद्घाटनका अवसरमा बोल्दै प्राचार्य लोकनाथ उपाध्यायले विद्यार्थीको शैक्षिक गुणस्तर सँगै खेलकुद , साहित्य सहित सर्वाङ्गीण विकासका लागि  अतिरिक्त क्रियाकलापलाई उत्तिकै महत्व दिएको चर्चा गर्दै नेपाली मौलिक संस्कृति संरक्षणका लागि लोक दोहोरी प्रतियागितालाई निरन्तरता दिएको बताए । युवा पुस्तामा पश्चिमा संस्कृतिको प्रभावले धेरै नै प्रभाव पारेको अवस्थामा विद्यालयले नेपाली मौलिक संस्कृतिको जगेर्नाका लागि अन्तर विद्यालय लोकदोहोरी प्रतियोगिता शुरु गरेको बताए ।

    विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजुले नयाँ पुस्तालाई लोक दोहोरी गीतको इतिहास र महत्वबारे ज्ञानको कमी भएकाले त्यो बुझाउन पनि प्रतियोगिता आयोजना गरिएको र  लोक दोहोरी एक प्रकारको बौद्धिक खेल भएकाले यसको संरक्षण सम्वद्र्धन प्रतियोगिताको महत्वपूर्ण भूमिका हुने बताए । कार्यक्रममा शिक्षकहरु कपिल आचार्य, मिलन राना लगायतले पनि आफ्ना भनाई राखेका थिए । कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका पुर्व अध्यक्ष चन्द्र शर्मा लगायतका कलाकारले आफ्नो प्रस्तुतिमार्फत सहभागीलाई मनोरन्जन दिलाएका थिए । 

    WhatsApp Image 2025-12-11 at 19.39.20 (1).jpeg
    undefined

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij