२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एमाले महाधिवेशनका अपेक्षा

एमाले महाधिवेशनका अपेक्षा

एमाले महाधिवेशनका अपेक्षा

एमाले महाधिवेशनका अपेक्षा

एमाले महाधिवेशनका अपेक्षा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, मंसिर २६ २०८२
शुक्रवार, मंसिर २६ २०८२
  • मुलुकको ठूलो दल नेकपा एमालेको महाधिवेशन शनिवारबाट सुरु हुँदैछ । महाधिवेशन पुष २९ गतेसम्म चल्ने समय तालिका सार्वजनिक गरिए पनि नेतृत्व चयनको विषय पेचिलो बन्दै जाँदा लम्बिने संकेत देखिएको छ ।


    एमालेले विचारको विषय टुंगो लगाउन विधान महाधिवेशन सम्पन्न गरिसकेको छ । मुलतः यो महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ । जेनजी आन्दोलनपछि मुलुकको परिस्थिति बदलिएको र त्यसपछि विकसित राजनैतिक घटनाक्रमको विश्लेषण गर्नुपर्ने भन्दै अध्यक्षको उम्मेदवार घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अवधारणा पत्र महासचिव शंकर पोखरेललाई बुझाइसकेका छन् । यद्यपी जेनजी आन्दोलनबारे केन्द्रीय कमिटीको बैठकले धारणा बनाइसकेको छ । नेतृत्व चयनको सवाल यसपाली पनि पेचिलो बन्ने देखिन्छ । अध्यक्ष केपी ओली पुनः अध्यक्ष बन्ने चाहना राख्दा पार्टीको ठूलो पंक्तिले स्वागत गरिरहेको अवस्था छ । अर्कोतर्फ जेनजी आन्दोलनपछि परिस्थिति बदलिएको भन्दै नेतृत्व हस्तान्तरण गर्नुपर्ने भन्दै ईश्वर पोखरेलको नेतृत्वमा मोर्चाबन्दी छ ।

    ओली नेतृत्वलाई निरन्तर दिनुपर्छ भन्ने पंक्तिको बहुमत भएकै कारण विधान महाधिवेशनबाट दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन पाउने गरी विधान संशोधन भइसकेको छ । दुई कार्यकाल अध्यक्ष भइसकेका ओली पुनः अध्यक्ष बन्न विधान महाधिवेशनले बाटो खोलेको छ । ओलीले विगतमा मुलुक र पार्टीको हितका निम्ति जोखिम मोलेर नेतृत्व लिएका कारण उनको नेतृत्व अहिलेको सन्दर्भमा अझै आवश्यक रहेको तर्क पक्षधरको छ । खासगरी प्रदेशको संख्या र नामाङ्कनको सवालमा ओलीकै अडानका कारण थोरै प्रदेश संभव भएको, भारतीय नाकाबन्दीको सामना गर्न दरिलो अडान राखेको र प्रधानमन्त्री भएका बेला लिपुलेक समेतको चुच्चे नक्शा तयार गरी सार्वजनिक गरेकोलगायतका राष्ट्रियताको सवालमा ओलीको अडानले मुलुकलाई दिशानिर्देश गरेको उनीहरुको तर्क जायज नै छ । कतिपय अवस्थामा कतिपय मानवीय कमजोरीका कारण राम्रा कुरा समेत ओझेल पर्दछन् । ओलीको सवालमा पनि यही अवस्था देखिन्छ ।


    जेनजी आन्दोलनको पृष्ठभूमि, आन्तरिक र बाह्य प्रभाव जस्ता विषयका बारेमा प्रष्ट हुन आवश्यक छ । सरकारले जेनजी आन्दोलनलाई जनआन्दोलन भनेकाले एमाले जस्तो ठूलो दलको धारणा आउनुपर्छ । भदौ २३ गतेको विद्रोहका क्रममा सुरक्षाकर्मीको गोली लागेर २२ युवाको ज्यान गएको एउटा सन्दर्भ हो, अर्को २४ को विध्वंश अर्को पाटो हो । दुवैलाई एउटै डालोमा राखेर जनआन्दोलन भन्नु उचित र जायज होइन् । यो विध्वंश नियोजित थियो कि अकस्मातको आक्रोश हो ? यो प्रश्नको उत्तर खोजेपछि राजनैतिक दलहरु सही बाटोमा अघि बढ्न सक्छन् । एमाले जस्तो लामो इतिहास भएको र भूराजनैतिक जोखिम र प्रभावबारे जानकार पार्टीले पक्कै यसको छिनोफानो गर्नेछ । 


    महाधिवेशनबाट ठूलो संख्यामा युवा पंक्ति ल्याउन सक्दा पार्टीमा नयाँ आशाको सञ्चार हुन सक्छ । नयाँ नेतृत्वमा युवालाई ल्याउन सक्दा पार्टीमा युवापंक्तिमो हस्तक्षेपकारी भूमिका हुनसक्छ । आगामी दिनमा युवा पंक्तिले नेतृत्व गर्ने वातावरण बन्न सक्छ । एमाले महाधिवेशनमा नेतृत्व चयनको सवाल लोकतान्त्रिक विधिबाट टुंगो लाग्दा हार्ने पक्ष पनि पार्टीमै रहने  वातावरण बनाउन दुवै पक्षले ध्यान दिनुपर्छ । विगतमा कम्युनिष्ट पार्टीमा हारेपछि पुष्पलाल र केपी ओली मात्रै पार्टीमा टिकेको उदाहरण भएकाले हार्ने बित्तिकै छुट्टै घरको खोजीमा हिंड्नु अस्वभाविक काम हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij