२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विना दर्ताका घुमन्ते व्यवसाय बन्द गर्न र ग्रील जोन स्थापना गर्न व्यवसायीको माग

विना दर्ताका घुमन्ते व्यवसाय बन्द गर्न र ग्रील जोन स्थापना गर्न व्यवसायीको माग

विना दर्ताका घुमन्ते व्यवसाय बन्द गर्न र ग्रील जोन स्थापना गर्न व्यवसायीको माग

विना दर्ताका घुमन्ते व्यवसाय बन्द गर्न र ग्रील जोन स्थापना गर्न व्यवसायीको माग

विना दर्ताका घुमन्ते व्यवसाय बन्द गर्न र ग्रील जोन स्थापना गर्न व्यवसायीको  माग
लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शनिवार, मंसिर २७ २०८२
शनिवार, मंसिर २७ २०८२
  • बुटवल । रुपन्देहीका ग्रील, स्टील तथा आल्मुनियम व्यवसायीहरुले ग्रील जोन स्थापनाको माग गरेका छन् ।  छरिएका व्यवसायीलाई एकीकृत गरेर शहरी सौन्दर्य बिग्रन नदिन तथा व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन ग्रील जोन स्थापना आवश्यक रहेको व्यवसायीको माग छ । 
     ग्रील, स्टील तथा आल्मुनियम व्यवसायी संघको शनिबार बुटवलमा भएको १६ औं साधारणसभा तथा ८ औं अधिवेशनमा व्यवसायीहरुले सरकारले जग्गा उपलब्ध गराउन नसक्दा ग्रील जोनका लागि संघीय सरकारबाट विनियोजन भएको एक करोड रुपैयां फ्रिज भएको गुनासो गरे । संघका जिल्ला अध्यक्ष बुद्धि प्रसाद गुरुङ्गले सरकारी—निजी साझेदारीमा ग्रील जोन बनाउन सकिने बताए । उनले विनादर्ता काम गर्ने घुमन्ते  व्यवसायीका कारण राज्यलाई कर तिरेर सञ्चालनमा रहेका व्यवसायीहरु मर्कामा परेको गुनासो समेत गरे । 
    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले ग्रील व्यवसाय जोखिमको व्यवसाय पनि भएकोले यसमा सुरक्षा संवेदनशीलतालाई बढी ध्यान दिइनुपर्ने बताउँदै व्यवसायीले उठाएका माग पूरा गर्न आफूले पहल गर्ने बताए । 
     संघका कोषाध्यक्ष मोतीलाल घर्ती मगरले घुमन्ते व्यवसायीलाई नियन्त्रण गर्न राज्यका निकाय उदासीन भएको बताउँदै यसबाट राज्यको कर गुम्दा सरकारलाई ठूलो नोक्सानी भएको बताए । 
    संघमा रुपन्देहीका झण्डै ४ सय ग्रील, स्टील तथा आल्मुनियम व्यवसायी आवद्ध रहेका संघका महासचिव बोम थापा मगरले बताए । 
    कार्यक्रममा ग्रील तथा स्टिल ब्यवसायी महासंघका उपाध्यक्ष रणबहादुर विक , रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्ले, बिटिआईका कार्यकारी निर्देशक मानकाजी कुमाल, संघका पुर्व अध्यक्ष दिलबहादुर राना, पुर्व अध्यक्ष नारायण पाठक, वरिष्ठ सल्लाहकार लेखनाथ पौडेल, सल्लाहकार भुवन ज्ञवाली, पोखरा स्टिल फेब्रिकेटर्सका महासचिव शालिकराम बास्तोला,  संघका प्रथम उपाध्यक्ष टोलराज डम्मरपाल, कार्यक्रम संयोजक तृतीय उपाध्यक्ष मिना थापा तुलाधर लगायतले बोल्दै व्यवसायिक हकहितका लागि एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । अधिवेशनले नयां नेतृत्व चयन गर्दैछ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij