२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी सिटी कलेजमा दुइदिने ओरिएन्टेसन कार्यक्रम

लुम्बिनी सिटी कलेजमा दुइदिने ओरिएन्टेसन कार्यक्रम

लुम्बिनी सिटी कलेजमा दुइदिने ओरिएन्टेसन कार्यक्रम

लुम्बिनी सिटी कलेजमा दुइदिने ओरिएन्टेसन कार्यक्रम

लुम्बिनी सिटी कलेजमा दुइदिने ओरिएन्टेसन कार्यक्रम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर २८ २०८२
आइतवार, मंसिर २८ २०८२
  • बुटवल । लुम्बिनी सिटी कलेजले कम्प्युटर विज्ञान तथा सूचना प्रविधि, सूचना प्रविधि तथा व्यवस्थापन र कम्प्युटर अनुप्रयोग विषयमा अध्ययनरत २०८२ ब्याचका नवप्रवेशी विद्यार्थीहरूका लागि आयोजना गरेको दुईदिने अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

    मंसिर २६ र २७ गते कपिलवस्तुको चन्द्रौटास्थित लुम्बिनी ग्रीन रिसोर्टमा आयोजित कार्यक्रम आकर्षक तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो। कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई कलेजको शैक्षिक प्रणाली, अनुशासन, शैक्षिक संस्कृति तथा भावी करिअर मार्गसँग परिचित गराउनु रहेको थियो।

    कार्यक्रमका अध्यक्ष तथा कलेजका प्रमुख प्रा.डा. गणेशप्रसाद पाठकले कलेजले हालसम्म हासिल गरेको शैक्षिक प्रगति, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्राप्त उपलब्धि र आगामी योजनाबारे प्रकाश पार्नुभयो। उहाँले लुम्बिनी सिटी कलेज उत्कृष्ट सूचना प्रविधि शिक्षा प्रदान गर्ने राष्ट्रियस्तरको नमूना कलेजका रूपमा स्थापित हुँदै गएको बताउँदै त्यसप्रति कलेज दृढ प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

    सह–क्याम्पस प्रमुख नारायणप्रसाद भुसालले विद्यार्थीहरूको पाठ्यक्रमगत उपलब्धि, कक्षा क्रियाकलाप तथा अतिरिक्त क्रियाकलापको गुणस्तर वृद्धि गर्न कलेजले निरन्तर प्रयास गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि सूचना प्रविधि तालिम, कार्यशाला, गोष्ठी, प्रविधि प्रतिस्पर्धा, ह्याकाथन, कोडिङ चुनौती तथा सीपमूलक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन हुँदै आएका छन्।
    उहाँले नियमित उपस्थिती, अनुशासन, कक्षा सहभागिता तथा व्यावसायिक तयारी कलेजको प्रमुख प्राथमिकता रहेको पनि स्पष्ट पार्नुभयो।

    कार्यक्रमका प्रेरणादायी वक्ता मुक्ति गैरेले विद्यार्थीहरूलाई लक्ष्य निर्धारण, आत्मक्षमताको पहिचान तथा सूचना प्रविधि क्षेत्रमा रहेका अवसरहरूको प्रभावकारी उपयोगबारे प्रेरणादायी सन्देश दिनुभयो। उहाँको मन्तव्यले विद्यार्थीहरूमा आत्मविश्वास, सकारात्मक सोच र लक्ष्यप्रति स्पष्ट दृष्टिकोण विकास गरेको देखिएको छ।

    कार्यक्रमको अवसरमा कलेजले २०८२ ब्याचका नवप्रवेशी विद्यार्थीहरूको औपचारिक स्वागत गर्दै उनीहरूको सम्पूर्ण शैक्षिक यात्रामा आवश्यक सहयोग, अनुकूल वातावरण र मार्गदर्शन प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij