२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने

प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने

प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने

प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने

प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर २८ २०८२
आइतवार, मंसिर २८ २०८२
  • बुटवल । चौथो संस्करणको लुम्बिनी प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन प्रतियोगिता पुसको १० गतेदेखि हुने भएको छ ।

     प्रतियोगितामार्फत ब्याडमिन्टल खेल र खेलाडीको विकासमा योगदान दिदै आएको आशिष स्टेशनरी तथा आशिष स्पोर्टस एण्ड म्युजिक सेन्टरको आयोजनामा पुस ११, ११ र १२ गते तीन दिने प्रतियोगिता हुने भएको हो ।

    आइतबार बुटवलमा  पत्रकार सम्मेलनको आयोजना गरि  प्रतियोगिताको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए । तिलोत्तमा नगरपालिकास्थित फिट एण्ड फाईन ब्याडमिन्टन कोर्टमा हुने मेन्स सिङ्गल, मेन्स डबल्स र भेट्रान्स (४५ वर्षमाथि) र सुपर भेट्रान्स (५५ वर्षमाथि) गरि ४ ईभेन्टको खेल संचालन हुने आशिष स्पोर्टसका संचालक आयुषकृष्ण श्रेष्ठले बताए ।

    युवा देखी भेट्रान्स उमेर समुहलाई समेटेर प्रतियोगिता आयोजना गर्दै आएको उनले बताए । प्रतियोगितामा मेन्स सिगलमा प्रथम टिमलाई १५ हजार, द्वितीयलाई ८ हजार र तृतीय टिमलाई ५ हजार रूपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

    यसैगरि मेन्स डबल्सको प्रथम टिमले ३५ हजार, द्वितिय टिमले २० हजार र तृतीय टिमले १५ हजार रूपैयाँ कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुने छन् ।

    भेट्रान्स (४५ वर्ष माथि) प्रथम टिमले २२ हजार, द्वितीय १५ हजार र तृतीय टिमलाई १० हजार, कप, मेडल, प्रमाणपत्र एवं सुपर भेट्रान्स (५५ वर्ष माथि) को विजेताले नगद १५ हजार, द्धितियले ८ हजार र तृतियले नगद ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

    सिगलमा १ हजार पाच सय, डबल्समा दुई हजार पाच सय, भेटान्समा २ हजार २ सय ५० र सुपर भेट्रान्समा २ हजार रुपैया दर्ता शुल्क तोकिएको उनले बताए ।

    प्रतियोगिताको प्रत्येक सहभागी खेलाडीहरुलाई टिसर्ट र मायाको चिनो तथा अन्तिम आठमा पुग्ने खेलाडीलाई खेल सामग्रीबाट पुरस्कृत गरिने ब्यवस्था गरिएको छ ।

    प्रतियोगिताको पाँच जना उदयमान, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट युवा खेलाडीलाई पुरस्कृत गरिने छ । सबै विधामा गरि १४० टिमको सहभागिता रहने  आयोजकले जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij