२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी अन्तरक्रिया

उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी अन्तरक्रिया

उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी अन्तरक्रिया

उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी अन्तरक्रिया

उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी अन्तरक्रिया
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
मंगलवार, पौष १ २०८२
मंगलवार, पौष १ २०८२
  • परासी
    पश्चिम नवलपरासीमा उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी अन्तत्र्रिmया कार्यक्रम गरिएको छ । फेयर मेड फाउन्डेशन, इन्द्रेणी सामाजिक मञ्च पञ्चरनगर सहकार्य एवम् स्वास्थ्य तालिम केन्द्र बुटवलको प्राविधिक सहयोग तथा स्वास्थ्य कार्यालय परासीको आयोजनमा उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी सञ्चरकर्मीसँग अन्तक्र्रिया कार्यक्रम गरिएको हो । 


    कार्यक्रममा नेपालमा पाइने ११ वटा उपेक्षित उष्णप्रदेशीय रोगहरुकोबारे  स्वास्थ्य निर्देशानलयका वरिष्ठ स्वास्थ्य शिक्षा विकास अधिकृत शैलेन्द्रकुमार पाण्डले जानकारी गराएका थिए । डेंगी र चिकनगुनिया, रेबिज कुष्ठरोग ट्रकोमा खस्रे रोग, माटोबाट सर्ने जुका, सपर्दश, लुतो, हात्तीपाइल फित्ते जुका, कालाजार र माइसेटोमा, क्रोमोब्लास्टोमाइकोसीस गरी ११ वटा रोगहरु सामाजमा लुकाएरु बस्ने गरेको पाण्डेले जानकारी दिए । 


    उनका अनुसार समाजमा अझँै पनि लुकेर बसेका रोगहरुलाई उजागर गर्न सञ्चरकर्मीहरु अग्रह गर्दै यस्तो रोगबारे कलम चलाएर रोगहरुको निदान गर्न जरुरी रहेको छ । ६४ जिल्ला जोखिम युक्त रहेको जानकारी दिँदै ५३ जिल्लामा एमडीए र संक्रमण दर २० प्रतिशतभन्दा कम रहेको पाण्डेले बताए । रोग उन्मूलन गर्न केही चुनौती रहेको, खास गरी कुष्ठरोग सामाजमा लुकेर बस्ने र तराईमा सर्पदशको जोखिम धेरै रहेको पाण्डेको भनाइ थियो । कार्यक्रममा स्वास्थ्य कार्यालयका देवकिनन्द अचार्यले स्थानीय तथा जिल्लास्तरीय प्रगाति तथा तथ्याङ्कसम्बन्धी प्रस्तुत गर्दै ९१ जना कृष्ठ रोगीका बिरामीहरुले औषधी खाइरहेको जानकारी गराउँदै १५ जना नयाँ बिरामी कृष्ठरोगी फेला परेको बताए । 


    पश्चिम नवलपरासीमा तराईका अधिकांश जिल्लामा अपेक्षित उष्णप्रदेशीय रोगबाट धेरै नागरिक पीडित रहेको र कृष्ठरोग हात्तीपाइले, डेंगु, सर्पदश, रेबिज जस्ता रोगबाट विशेष गरी गरिब सिमान्तकृन्त, पिछाडिएका बस्तीमा  बसोबास गर्ने नागरिक प्रभावित रहेको इन्द्रेणी सामाजिक विकासका कार्यकारी निर्देशक पुष्पराज अचार्यले जानकारी दिए ।  


    सन २०१९ देखि फेयर मेड  फाउण्डेशन र इन्द्रेणी सामाजिक विकास मञ्च पञ्चनगर नवलपरासीले प्रेरणा परियोजना सञ्चालन गरी उपेक्षित उष्णप्रदेशीय रोगबाट प्रभावित समुदायलाई सचेत बनाउन थालेको प्रेरण परियोजना फिल्ड सुपारवाईजर गिरीजेश कुमार शर्माले बताए । उनले नवलपरासीको सातवटै स्थानीय तहमा प्रेरणा परियोजना सञ्चालनमा रहेको र ९ वटा हेरचार समूह बनाएर काम गरिरहेको जनाकारी दिए । नवलपरासीका अध्यक्ष केशव पराजुलीलगायत जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij