२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलको अर्थतन्त्रलाई चलायमान बनाऔँ

बुटवलको अर्थतन्त्रलाई चलायमान बनाऔँ

बुटवलको अर्थतन्त्रलाई चलायमान बनाऔँ

बुटवलको अर्थतन्त्रलाई चलायमान बनाऔँ

बुटवलको अर्थतन्त्रलाई चलायमान बनाऔँ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष १ २०८२
मंगलवार, पौष १ २०८२
  • बुटवललाई आर्थिक केन्द्र बनाइराख्न तहगत सरकारको पहलकदमी आवश्यक छ । मुलुकको मध्य भागमा पर्ने बुटवल तराई र पहाड जोड्ने सम्पर्क शहर हो । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी नजिकै रहेको बुटवलको आर्थिक गतिविधि चलायमान बन्दा यस क्षेत्रको अर्थतन्त्र चलायमान बन्ने निश्चित छ । बुटवलको व्यापार पहिलेभन्दा खस्केपछि भविष्यबारे छलफल हुन थालेको छ । व्यवसायिक संघ–संस्थाहरुले खस्केको व्यापार उकास्न छलफल चलाए पनि त्यसको अपेक्षित नतिजा निस्कन सकेको छैन । व्यापार खस्कनुको कारण खोेजेर समस्या समाधानको ठोस पहल हुनुपर्नेमा छलफलका श्रृखंला चलाएर मात्रै हुँदैन ।


    प्रदेश राजधानी बुटवलबाट राप्ती उपत्यका जाँदा यहाँको व्यापार ओरालो लागेको भन्ने निष्कर्ष निकालेर समस्या समाधानको सही विन्दुमा पुग्न सकिंदैन । मुख्य कारण अरु नै छन्, धेरै कारणमध्येको सहायक कारण प्रदेश राजधानी यहाँबाट सर्नु हो । खासमा यहाँ व्यवसायी टिक्ने वातावरण भएन । व्यवसायीले व्यवसाय गर्न सक्ने वातावरण भनेको घरभाडा, उपभोक्तालाई सहज आवागमनको लागि सडक र पार्किङ् हुुनुपर्छ । घरभाडा अचाक्ली महँगो भएपछि विस्तारै बुटवलबाट बाहिर निस्कन बाध्य भए व्यवसायी । राजमार्ग चौराहादेखि गोलपार्कसम्मको अस्तव्यस्त सडकले यहाँ बाहिरबाट उपभोक्ता आउन सकेनन् । लामो समयसम्म सहरको सडक अस्तव्यस्त हुँदा व्यापार चौपट हुन्छ भन्ने हेक्का कसैलाई भएन् । कोभिड महामारीले थला परेको व्यापारका बारेमा जानकार हुँदाहुँदै यहाँका धरधनीले सटर भाडामा सहुलियत दिएर व्यवसायीलाई टिकाउन पटक्कै ध्यान दिएनन् । उद्योगी व्यापारीका नेताहरुको घरमा बसेका व्यवसायीले पनि राहत पाउन सकेनन् । शहरमा पार्किङ्को चर्को समस्या छ ।

    पार्किङ् व्यवस्थापनमा पटक्कै ध्यान पुगेन् । अहिले शहरका सटर धमाधम खाली हुन थालेपछि बल्ल बुटवललाई कसरी गुल्जार बनाउने भन्ने चिन्ता हुन थालेको छ । सटरको चर्को भाडा घटाएर व्यवसायीलाई टिक्ने वातावरण बनाउन सक्दा सहर गुल्जारको सुरुवात हुनसक्छ । आर्थिक मन्दीको मारमा सिंगो देश परिरहेका बेला बुटवल पनि पर्ने नै भयो । देश आर्थिक मन्दीबाट मुक्त हुँदा बुटवलले मुक्ति पाउँछ कि पाउँदैन भन्ने प्रश्न महत्वपूर्ण छ । तसर्थ बुटवलमा व्यापार गरेर कमाउन सक्ने वातावरण छ भन्ने अनुभूति व्यापारीलाई हुनुपर्छ ।


    भरतपुर पछिल्ला केही वर्षयता स्वास्थ्यको हब भएको छ । केही मेडिकल कलेज र अस्पतालको स्थापनाले चितवन मेडिकल हबको पहिचान बनाउन सफल भयो । बुटवल पनि शिक्षा र स्वास्थ्यको हब बन्न सक्छ । अहिले देशका उत्कृष्ट दश विद्यालयमध्ये कालिका मानवज्ञानसहित केही विद्यालय बुटवलका हुनु यहाँको गौरव हो । वर्षेनी देशभरबाट ठूलो संख्यामा बुटवलका विद्यालय अवलोकन गर्न आउँछन् । संस्थागत विद्यालयमा पनि बुटवल उत्कृष्ट भइरहेको छ । यहाँका शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थी स्थानीय मात्रै नभई विभिन्न जिल्लाबाट आएका हुन् । बुटवललाई गुल्जार बनाउन यहाँका शैक्षिक संस्थाको महत्वपूर्ण योगदान रहेको छ । त्यसैगरी, स्वास्थ्यमा पनि बुटवलले फड्को मार्दैछ । अत्याधुनिक सुविधा सहित १२ सय शैयामा बन्न लागेको लुम्बिनी प्रादेशिक अस्पतालले आशा जगाएको छ । यो अस्पताललाई गुणस्तरीय सेवासहित सञ्चालन गर्न सक्दा बुटवल स्वास्थ्यको हब बन्न सक्छ ।


    अहिले निर्माण भएका विकास आयोजना छिटो कार्यान्वयन गर्न सक्दा यहाँको अर्थतन्त्रलाई चलायमान बनाउन बल पुग्नेछ । विकास आयोजनालाई तोकिएको समयसीमामै सम्पन्न गर्न उप–महानगरपालिकाले निगरानी बढाउन आवश्यक छ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij