२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बर्दियाको जनता मावि तीनतारे विद्यालय घोषणा

बर्दियाको जनता मावि तीनतारे विद्यालय घोषणा

बर्दियाको जनता मावि तीनतारे विद्यालय घोषणा

बर्दियाको जनता मावि तीनतारे विद्यालय घोषणा

बर्दियाको जनता मावि तीनतारे विद्यालय घोषणा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष १ २०८२
मंगलवार, पौष १ २०८२
  • सन्तोष पौडेल
    बर्दिया 
    बर्दियाको गेरुवा गाउँपालिका–४ गोला स्थित जनता माध्यमिक विद्यालयलाई तीनतारे विद्यालय घोषणा गरिएको छ । २०१७ सालमा स्थापना भएको विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी १० वटा सूचक पूरा गरेपछि गाउँपालिकाले प्रमाणीकरण गर्दै औपचारिक रूपमा तीनतारे घोषणा गरिएको हो ।


    लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा मन्त्री तिमिल्सिना, गेरुवा गाउँपालिका अध्यक्ष जमानसिंह के.सी. र उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीले संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापक प्रकाश रावल तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिसु चौधरीलाई तीनतारे प्रमाणीकरण पत्र प्रदान गरेका थिए ।


    गेरुवा गाउँपालिकाले विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्यविधि निर्माण गरी खानेपानी, शौचालय, सफा–स्वच्छ तथा हरियाली वातावरण, खानाको स्वच्छता, स्वच्छता शिक्षा, महिनावारी स्वच्छता व्यवस्थापन, संस्थागत व्यवस्था र दिगोपना, विपद् जोखिम व्यवस्थापन तथा अनुगमन र जवाफदेहितालगायत १० सूचक निर्धारण गरेको छ ।


    वास गेन परियोजनाको सहयोगमा विद्यालयको स्वमूल्याङ्कन र अनुगमनबाट ती सबै सूचक पूरा भएको देखिएपछि प्रमाणीकरण गरिएको प्रधानाध्यापक रावलले बताए । सो अवसरमा विद्यालयलाई तीन तारे घोषणा गर्न सहयोग पु¥याउने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।


    ‘अपाङ्गता भएका बालबालिका तथा किशोर–किशोरीको पहुँच अभिवृद्धि गर्दै समावेशी सिकाइ वातावरण सिर्जना गर्ने र दिगो विकास लक्ष्य–४ को उपलब्धिमा योगदान पु¥याउने उद्देश्यले गेरुवा गाउँपालिकाका विद्यालयहरुमा युके एड र वाटर एडको सहयोगमा नेपाल प्रजनन् स्याहार केन्द्र र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्राविधिक साझेदारीमा वेस संस्थाद्वारा वास गेन्स परियोजना सञ्चालन भइरहेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij