२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जिल्लास्तरीय कालिका कप पुस १ देखि

जिल्लास्तरीय कालिका कप पुस १ देखि

जिल्लास्तरीय कालिका कप पुस १ देखि

जिल्लास्तरीय कालिका कप पुस १ देखि

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष १ २०८२
मंगलवार, पौष १ २०८२
  • बुटवल । बुटवल उप–महानरपालिका  वडा नम्बर १० मा रहेको कालिका मानवज्ञान माविको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस यही पुस १ देखि ५ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।
     ६५औँ वार्षिकोत्सव कार्यक्रममा आयोजना गरिने खेलकुद तथा जिल्लास्तरीय कालिका कप खेलकुद प्रतियोगिता आयोजना गरिएको छ ।


    विद्यायले  सोमबार सेक्टर २  रामनगरमा  पत्रकार सम्मेलनको आयोजना गरी किताबी ज्ञान मात्र नभई शारीरिक अभ्यास खेलकुद एवम् विभिन्न प्रदर्शनीको माध्यमबाट पनि विद्यार्थीहरुलाई ज्ञान सिकाउन सकिन्छ भन्ने उद्देश्यका साथ “शिक्षासँगै खेल” भन्ने नाराका साथ कालिका रनिङ शिल्ड प्रतियोगिताको चौथो जिल्लास्तरीय कालिका कप खेलकुद प्रतियोगिता  आयोजना गर्न लागिएको जानकारी गराएको हो ।


    विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार  पुष १ गतेदेखि कालिका मानवज्ञान माध्यमिक विद्यालयमा “जिल्लास्तरीय कालिका रनिङ शिल्ड” आयोजना हुनेछ ।  


    वि.सं. २०७६ सालमा “नगरस्तरीय कालिका रनिङ शिल्ड” विद्यालयका तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामी तथा प्र.अ.  घनश्याम पाठकको पहल  कालिका कप सुरुवात भएको थियो । 


    कालिका कप खेलकुद प्रतियोगिता–२०८२ मा भलिबल (छात्र-छात्रा) र कबड्डी (छात्र-छात्रा) जिल्लास्तरीय प्रतियोगिता आयोजना हुनेछ । जसमा  भलिबल र कबड्डी बिजेता टिमलाई नगद पुरस्कार, ट्रफी र मेडल प्रदान गरिने छ ।  प्रथम  हुने समूहले नगद ३० हजारसहित नगद पुरस्कार, ट्रफी र मेडल  प्राप्त गर्ने छन् । यस्तै द्वितीय हुने  टिमले २० हजार नगदसहित नगद पुरस्कार, ट्रफी र मेडल र तृतीय  टिमले नगद १० हजारसहित नगद पुरस्कार, ट्रफी र मेडल प्राप्त गर्ने विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए ।


    यस्तै जिल्लास्तरीय कालिका कपअन्तर्गतको कबड्डी प्रतियोगितामा पनि सोहीअनुसारको पुरस्कार व्यवस्थापन गरिएको छ । कालिका कपसहित वार्षिकोत्सव उद्घाटन कार्यक्रम  कालिकानगरमा बुटवल उप–महानरपालिका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा हुँदैछ । पुस १ गते जसमा  खेलाडीहरुको मार्चपास, झाँकी, विद्यालयका करिब ६००० विद्यार्थीहरुको पि.टी. प्रदर्शन गर्ने छन् ।


    यसको  साथै विद्यालयको  ६५आँै वार्षिकोत्सवमा  पौष १ गते जिल्लास्तरीय कालिका कप २०८२ समुद्घाटन समारोह,  पौष २–५ सम्म भलिबल तथा कबड्डी (छात्र-छात्रा) प्रतियोगिता,  पौष ४ गते स्व. शेरबहादुर गुरूङ स्मृति अक्षयकोष जिल्लास्तरीय कविता प्रतियोगिता,  पौष ४ स्व. मन्दिरा गलामी स्मृति अक्षयकोष सिङ्गिङ आइडल प्रतियोगिता, पौष ६ गते विभिन्न शीर्षकका अक्षयकोषबाट छात्रवृत्ति पुरस्कार वितरण समारोह, विद्यार्थी सम्मान, पौष ६ गते अन्तरविद्यालय ५००० मिटर दौड प्रतियोगिता (बिहान ६ बजे ), पौष ७ मूल समारोह, विभिन्न साँस्कृतिक कार्यक्रमहरु, विज्ञान प्रविधि, ललित कला प्रदर्शनी, शिक्षक कर्मचारी पुरस्कार वितरण कार्यक्रम आयोजना  हुनेछन् । खेल विधालाई अभिन्न अंगको रुपमा योजना गराई कार्य सञ्चालन गर्दा विद्यालयको समग्र शैक्षिक विकासमा टेवा पुग्ने गरी काम गरेको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij