२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भैरहवा विमानस्थलबाट कतार जाँदै हात्ती

भैरहवा विमानस्थलबाट कतार जाँदै हात्ती

भैरहवा विमानस्थलबाट कतार जाँदै हात्ती

भैरहवा विमानस्थलबाट कतार जाँदै हात्ती

भैरहवा विमानस्थलबाट कतार जाँदै हात्ती
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बुधवार, पौष २ २०८२
बुधवार, पौष २ २०८२
  • भैरहवा 
    नेपाल–कतार सरकारबीचको सम्झौताअनुसार उपहारस्वरूप पठाउन लागिएको खगेन्द्रप्रसाद (भाले) र रुद्रकली (पोथी) हात्ती मंगलाबार भैरहवास्थित गौतमबुद्ध विमानस्थल आएको छ । 


    सोमबार मध्यान्ह चितवनको सौराहाबाट बिदाई भई छुट्टाछुट्टै निर्माण गरिएका फलामका पिजडासहित ट्रकमा आएको हात्तीको जोडी आज बुधबार बोइङ ७७७ चार्टड कार्गो विमानबाट कतार जानेछ । बिहान साढे ७ बजे पिजडामा आएको हात्ती क्रेनको सहायताले विमानस्थल  परिसरमा राखिएको छ । विमानस्थलबाट बुधबार कतार पठाउने तयारी छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक श्यामकिशोर शाहकाअनुसार हात्तीलाई विमानस्थलभित्र सुरक्षित स्थानमा राखिएको र बुधबार दिउँसो भैरहवाबाट पौने ४ बजे कतारका लागि कतार एयरवेजको कार्गो चार्टड विमानबाट पठाइने छ । हात्ती भैरहवा ल्याउन र यहाँबाट पठाउन आवश्यक तयारी प्रकृति संरक्षण कोषले गरिरहेको छ ।


    तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी २०७५ मा कतार भ्रमणमा गएकै बेला नेपालले कतारलाई हात्ती उपहार दिने घोषणा गरेको थियो । पछि बैशाख २०८१ मा कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीको दुई दिने राजकीय भ्रमणका दौरान नेपालले कतारलाई दुई वटा हात्ती उपहार दिने सहमति भएको थियो । ‘कन्जर्भेसन कूटनीति’ लाई जोड दिँदै नेपालले कतारलाई हात्ती उपहार दिएको हो । 


    १५ सय किलो तौलको रुद्रकली ७ वर्ष २ महिना उमेरकी छ भने १६ सय किलो तौलको खगेन्द्रप्रसाद ६ वर्ष १ महिना उमेरको भएको छ । हात्ती जन्मेको साढे दुईदेखि तीन वर्षपछि खोरसोर प्रजनन् केन्द्रमा तालिम दिने गरिन्छ । यी दुवै हात्तीले यही तालिम लिएका हुन् । रुद्रकली निकुञ्जको हात्ती पुजाकलीको र खगेन्द्रप्रसाद कोशीकली हात्तीको सन्तान हो । दुवैका पिता भने जङ्गली भाले हात्ती हुन् ।


    हात्ती कतारको चिडियाखानामा निर्माण गरिएको एसीसहितका घरमा बस्ने व्यवस्था मिलाइएको छ । उपहारस्वरूप पठाइने यी हात्तीको सम्पूर्ण खर्च कतार सरकारले व्यहोर्नेछ । रुद्रकली र खगेन्द्रप्रसादलाई कतार छोड्न यसका माहुतेद्वय बुद्धिलाल र पाँचु खाँ थारूसँगै चितवन राष्ट्रिय निकुञ्जका पशु स्वास्थ्य प्राविधिक दिनेश ढकाल पनि कतार जाँदै छन् । माउते र प्राविधिक एक महिनाका लागि कतारमा रहने छन् । 


    उनीहरुले कतार चिडियाखानामा अबदेखि हात्ती स्याहार्ने माउतेलाई हात्तीको सबै आनीबानी सिकाएर फर्किने छन् । कतारको तापक्रम सामान्यतया ४५ डिग्री भन्दा माथि रहन्छ । हाल हात्ती हुर्कँदै गरेको चितवन निकुञ्जको मौसम सरहकै तापक्रममा त्यहाँ राख्ने व्यवस्था मिलाइएको छ । 


    कतारको चिडियाखानामा हात्तीलाई खुवाउने घाँस भारत वा नेपालबाट जहाजमा लैजाने व्यवस्था पनि कतार सरकारले मिलाएको छ । हात्तीलाई कतारको अलखोर जुमा राखिनेछ ।


    २२ वर्षदेखि माहुते पेसामा संलग्न ४४ वर्षीय बुद्धिलालले रुद्रकलीलाई ४ वर्षदेखि स्याहार्दै आएका हुन् ।  नौ वर्षअघि चितवन आएका पर्साका पाँचु पनि चार वर्षदेखि खगेन्द्रप्रसादको माहुते छन् ।


    हात्ती ओसारपसार गर्दा दुर्लभ तथा संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारलाई नियन्त्रण र व्यवस्थापन गर्ने अन्तर्राष्ट्रिय महासन्धि (साइटिस) को प्रावधान र प्रक्रिया आकर्षित भए पनि यी दुई हात्ती घरपालुवा हात्ती हुन् । हात्ती साइटिसको अनुसूची १ मा सूचीकृत प्रजाति हो । लोप हुने अवस्थामा पुगेका प्रजातिहरू यसमा समावेश छन् । यस सूचीमा रहेका जीव-जनावर, वनस्पतिको व्यापार नियन्त्रण गरिएको छ । तर अनुसन्धान, शैक्षिक प्रयोजन वा चिडियाखानामा राख्ने प्रयोजनका लागि ओसारपसार गर्न सकिन्छ । तर सम्बन्धित देशका व्यवस्थापन र वैज्ञानिक निकायको सिफारिसमा मात्र यो काम गर्न पाइने व्यवस्था छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij