२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पुँजीगत खर्च बढाऊ

पुँजीगत खर्च बढाऊ

पुँजीगत खर्च बढाऊ

पुँजीगत खर्च बढाऊ

पुँजीगत खर्च बढाऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, पौष २ २०८२
बुधवार, पौष २ २०८२
  • न्यून पुँजीगत खर्चले विकास निर्माणको काम प्रभावित भएका छन् । पुँजीगत खर्च न्यून भएको बारे धेरै पटक छलफल भएका छन्, ती छलफल केवल औपचारिकताका लागि भइरहेका छन् भन्ने देखिन्छ । छलफल नतिजामुखी नभएपछि स्वभाविक रुपमा प्रश्नहरु उठ्छन् । पुँजीगत खर्च बढाउन सरकारी निकाय किन चुकिरहेका छन् ? अहिले उठिरहेको यो प्रश्नको उत्तर खोजी नभएसम्म पुँजीगत खर्च हुने सम्भावना छैन ।


    बेलैमा बजेट नआउँदा समस्या भयो भनियो, बजेट जेठ १५ गते ल्याउने मिति नै संविधानमा तोकियो । यो मितिमा जसरी पनि बजेट ल्याउनका लागि संविधानमा तोकिएको हो । विपक्षीले अवरोध गरेर बेलैमा बजेट नआउने प्रवृत्ति त रोकिएको छ । तर बजेट बेलैमा आएपनि खर्च गर्ने प्रणालीगत सुधार हुन सकेन् । खर्च गर्ने प्रणाली बनाउने बानी बसेन् । बजेट आएपछि कार्यक्रममा विनियोजन भएको बजेट खर्च गर्ने प्रणालीको शुरुवात कार्तिक–मंसिर नै कुुर्नुपर्ने प्रवृत्तिमा सुधार आएन् । कार्यविधि, निर्देशिकालगायतका काम साउनमै सकेर असोजमा ठेक्का लगाउन किन सकिंदैन ? कर्मचारीतन्त्रमा मौलाएको ढिलासुस्ती हटाउन नसक्दा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न समस्या परेको छ । र, नागरिकले परिवर्तनको अनुभूति गर्न पाएका छैनन् ।

    बेलैमा आएको बजेट खर्च गर्ने प्रणालीगत सुधार गर्ने कर्मचारी प्रशासनले हो, कर्मचारी प्रशासनलाई त्यस्तो प्रणाली निर्माणका लागि अभिप्रेरित गर्ने, राम्रो गर्नेलाई पुरस्कार र कमजोरी गर्नेलाई नैसियतको व्यवस्था हुन नसक्दा समस्या भएको छ । बजेट विनियोजन आवश्यकताका आधारमा भन्दा मागका आधारमा गर्ने प्रवृत्तिमा पटक्कै सुधार आएन् । मागका आधारमा बजेट आउँदा मनपरी भयो । आवश्यकताका आधारमा बजेट विनियोजन हुँदा कामप्रतिको जिम्मेवारीपन देखियो । बजेटलाई नतिजामुखी बनाउन मागका आधारमा होइन्, आवश्यकताका आधारमा बजेट खर्च हुनुपर्छ ।


    गत वर्षभन्दा पुँजीगत खर्च  २० प्रतिशतले घटेर ३३ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको छ । गत वर्ष यसै समयमा ४० अर्ब ८० करोड रुपैयाँ खर्च भएको थियो । यो वर्ष पुँजीगत खर्च कम हुनुको कारण जेनजी आन्दोलन र त्यसपछि उत्पन्न असहज परिस्थितिले पनि हो । बजेट ल्याउने एउटा सरकार र अहिले अर्कै सरकार भएकोले पनि कर्मचारी प्रशासन अलमल देखिन्छ । सरकारले विनियोजन बजेटमध्ये विभिन्न शीर्षकको बजेट कटौती भएकोले समस्या देखिन्छ । कर्मचारी प्रशासनलाई नीतिगत दिशानिर्देश गरी बजेट खर्च गर्ने प्रणाली विकास गर्न आवश्यक छ । बजेट खर्च गर्ने प्रणाली विकास गर्न सकिंदैन भने राज्यप्रति नागरिकको अपनत्व कमजोर बन्दै जान्छ । बजेट खर्च नहुँदा अर्थतन्त्र चलायमान हुन सक्तैन् । अर्थतन्त्र सुस्ताउँदा निजी क्षेत्रको मनोबल खस्केको छ । अझ भदौ २३ र २४ को घटनापछि खस्केको निजी क्षेत्रको मनोबल उकास्नको लागि समेत बजेट खर्चको गतिलाई बढाउन आवश्यक छ ।
    ं

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij