२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

गुल्मीमा ७१ प्रतिशत रोपाइँ सम्पन्न

गुल्मीमा ७१ प्रतिशत रोपाइँ सम्पन्न

गुल्मीमा ७१ प्रतिशत रोपाइँ सम्पन्न

गुल्मीमा ७१ प्रतिशत रोपाइँ सम्पन्न

गुल्मीमा ७१ प्रतिशत रोपाइँ सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण ३ २०८१
बिहिवार, श्रावण ३ २०८१
  • बुटवल । गुल्मीमा हालसम्म ७१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीका अनुसार यस वर्ष गुल्मीमा ७ हजार नौ सय ८८ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको हो ।  

    जस अनुसार पाँच हजार ६७१ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको उनको भनाइ छ । मध्य असारबाट पानी परेकाले रोपाइँमा किसानलाई चिन्ता नपरेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । 

    जिल्लामा ८५ हजार ६७० हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन छ । जसमध्ये ३४ हजार ३९५ हेक्टर जमिन सिँचाइ योग्य रहेको कार्यालयले जनाएको छ । जिल्लामा हालसम्म करिब ११ हजार ७२० हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुगेको छ । खेती योग्य जमिन पछिल्लो समयमा बाँझिदै जानुमा युवाहरुको विदेश पलायन, गाउँमा वृद्धवृद्धाहरुमात्रै रहनु र बढ्दो बसाइँसराइँको कारण रहेको भण्डारीले बताए । 

    जिल्लामा उन्नत जातका खुमल–४, खुमल–६, खुमल–१०, मकवानपुर–१, रामधान, लोकतान्त्रिक, हिमाली धान लगाइन्छ । स्थानीय जातका हंसराज, मानोमुरी, हावा, मार्सी, लामी, जडन, जुवा, अनदी, काठे मार्सी जातको धान कृषकहरुले लगाउँदै आएका छन् ।

    त्यस्तै हाइब्रिड अन्तर्गत यु.एस–३१२ र शङ्कर जातको धान लगाउँदै आएका छन । चैते धान अन्तर्गत चन्दीना र सि.एच–४५ जातको धान कृषकहरुले लगाउँदै आएको भण्डारीले जानकारी दिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij