२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कालिका कप सुरु

कालिका कप सुरु

कालिका कप सुरु

कालिका कप सुरु

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, पौष २ २०८२
बुधवार, पौष २ २०८२
  • बुटवल ।  कालिका मानवज्ञान माविको ६५आंै वार्षिक उत्सवको अवसरमा  आयोजना गरिएको जिल्लास्तरीय कालिका कप–२०८२ सुरु भएको छ ।  मंगलबार  सेक्टर १ कालिका नगरमा भव्यव समारोहको आयोजना गरी कालिका कप सुरुवात गरिएको हो ।


    कार्यक्रममा बोल्दै नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले शैक्षिक क्षेत्रमा मात्र नभई खेलकुद क्षेत्रमा समेत कालिका अग्रस्थानमा रहेको बताए । विद्यालयका प्रधानाध्यापक  दिनेश थापाले  वार्षिक उत्सव ५ गतेसम्म विभिन्न खेलकुद एवं रचनात्मक कार्यक्रमको आयोजना गरिने र ६ र ७ गते  छात्रवृत्ति वितरणसहितका मुल समारोह ७ गते आयोजना गर्न लागिएको बताएका थिए । कालिका कपअन्तर्गत भलिबल, कबड्डी (छात्र,छात्रा)का खेलहरु हुनेछन् ।


     कालिका कप प्रतियोगिताका सवै खेलहरु विद्यालयको सेक्टर १ मा हुने विद्यालयले जनाएको छ । भलिबल र कबड्डी पुस २ देखि ५ गते सम्म चल्नेछ । त्यस्तै पुस ४ गते स्व. शेर बहादुर गुरुङ्ग स्मृति अक्षयकोष जिल्लास्तरीय कविता प्रतियोगिता र स्व. मन्दिरा गलामी स्मृति अक्षयकोष  सिङ्गिङ आइडल प्रतियोगिता हुनेछ । पुस ६ गते विभिन्न शीर्षकका अक्षयकोषबाट छात्रवृत्ति पुरस्कार वितरण समारोह, विद्यार्थी सम्मान र अन्तर विद्यालय ५ हजार मिटर दौड प्रतियोगिता हुनेछ ।


     मुल समारोहका दिन विभिन्न सांस्कृतिक कार्यक्रमहरु, विज्ञान प्रविधि, ललित कला प्रदर्शनी, शिक्षक कर्मचारी पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।  पहिलो दिन विद्यालयमा ६ हजार विद्यार्थीले एक साथ पिटी प्रदर्शन गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij