२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवल मण्डपमा आजदेखि औद्योगिक प्रदर्शनी

बुटवल मण्डपमा आजदेखि औद्योगिक प्रदर्शनी

बुटवल मण्डपमा पुस १७ सम्म सञ्चालन हुने प्रदर्शनीको अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गर्ने आयोजक रुपन्देही उद्योग संघले जनाएको छ ।

बुटवल मण्डपमा आजदेखि औद्योगिक प्रदर्शनी

बुटवल मण्डपमा आजदेखि औद्योगिक प्रदर्शनी

बुटवल मण्डपमा पुस १७ सम्म सञ्चालन हुने प्रदर्शनीको अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गर्ने आयोजक रुपन्देही उद्योग संघले जनाएको छ ।

बुटवल मण्डपमा आजदेखि औद्योगिक प्रदर्शनी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष ३ २०८२
बिहिवार, पौष ३ २०८२
  • बुटवल
    ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ नाराका साथ आज बिहीबारदेखि बुटवलमा १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ सुरु हुँदैछ । रुपन्देही उद्योग संघको आयोजनामा हुने प्रदर्शनीको उद्घाटन अर्थमन्त्री डा. रामेश्वर खनालले दिउँसो सवा दुई बजे गर्ने कार्यक्रम तय भएको संघले जनाएको छ । प्रदर्शनीमा विभिन्न प्रकृतिका ५ सय  वटा स्टलहरु रहने छन् । स्टलहरुलाई विभिन्न विधाका १० वटा पेभिलियनहरु निर्माण गरिएको छ । प्रदर्शनीमा ३९ जिल्लाबाट सहभागिता रहेको छ ।  प्रदर्शनीको पूर्वसन्ध्यामा बुधबार औद्योगिक जनचेतना ¥याली निकालिएको छ ।

     

    प्रदर्शनीस्थल बुटवल मण्डपबाट सुरु भएको ¥याली राजमार्ग चौराहा, मिलनचोक, अस्पताललाइन, ट्राफिकचोक, श्रवणपथ, सुख्खानगर हुँदै पुनः प्रदर्शनी स्थलमा आएर समापन भएको थियो । ¥यालीमा जातजाति, भेषभुषा, विद्यालय, धार्मिक, टोल विकास समिति, उद्योग आदि गरी ५२ संघसंस्थाहरुको सहभागिता रहेको थियो । प्रदर्शनी मुल आयोजक समितिका पदाधिकारी, उपसमितिका सदस्यहरु, सल्लाहकारहरुको अगुवाइमा गरिएको ¥यालीमा औद्योगिक विकासका लागि विभिन्न नारा लेखिएका प्ले कार्ड बोकिएको थियो ।


    ¥यालीको समापनका अवसरमा ¥यालीमा सहभागीहरुलाई मूल्याङ्कन गरी पुरस्कृत गरिएको थियो । औद्योगिक जनचेतना ¥यालीका संयोजक थानेश्वर पाण्डेले दिएको जानकारी अनुसार नेवाः संस्कृति संरक्षण समाज प्रथम, क्षेत्री समाज जिल्ला कार्यसमिति नेपाल द्वितीय, कालिका मानवज्ञान मा.वि. तृतीय र नेपाल लोक भजन चुटकिला संरक्षण प्रतिष्ठान, ग्रिल स्टील तथा आल्मुनियम व्यवसायी संघ रुपन्देही तथा स्कलर्स होम  सेकेण्डरी  बोर्डिङ् स्कूल बुटवल सान्त्वना भएका थिए । 


    ¥यालीमा सहभागी र पुरस्कृतहरुलाई कार्यक्रमका बुटवल उप–महानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा मूल्याङ्कन समितिका संयोजक दिलिप सापकोटाले मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले बुटवलको परिचय थपेको प्रदर्शनीलाई सबै मिलेर सफल बनाउनुपर्ने बताए । 


    कार्यक्रममा प्रदर्शनी मुल समितिका संयोजक कृष्णप्रसाद पराजुली, सदस्य सचिव सुमन बस्याल, औद्योगिक जनचेतना ¥यालीका संयोजक थानेश्वर पाण्डेलगायतले आफ्ना धारणा राखेका थिए ।


    स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन हुने १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव पुस १७ गतेसम्म चल्नेछ । 


    प्रदर्शनीमा ८ लाख दर्शकले अवलोलकन गर्ने र ३० करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको प्रदर्शनी प्रबन्धक यादव भण्डारीले जानकारी दिए । प्रदर्शनीमा औद्योगिक प्रविधि, उद्योग प्रविधि, रेष्टुरेण्ट, कृषि, हस्तकला, फलोरीकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटीलगायतका स्टल रहने प्रचारप्रसार संयोजक किरण खरेलले बताए । 


    प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हास्य कलाकार, ब्याण्डहरुको सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगितालगायतका  प्रतियोगिताहरु सांस्कृतिक उप–समिति संयोजक लालप्रसाद बस्यालले जानकारी दिए । 


    प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित वस्तुहरूको बजार प्रवर्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बिचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदान–प्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने, अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावहरूको संकलन गरिने सचिव तथा परिचय पत्र उपसमिति संयोजक अशोक कुँवरले बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij