२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

होराईजन जीबीएस जिल्लास्तरीय हाजिरीजवाफको उपाधि अक्सफोर्ड माविलाई

होराईजन जीबीएस जिल्लास्तरीय हाजिरीजवाफको उपाधि अक्सफोर्ड माविलाई

होराईजन जीबीएस जिल्लास्तरीय हाजिरीजवाफको उपाधि अक्सफोर्ड माविलाई

होराईजन जीबीएस जिल्लास्तरीय हाजिरीजवाफको उपाधि अक्सफोर्ड माविलाई

होराईजन जीबीएस जिल्लास्तरीय हाजिरीजवाफको उपाधि अक्सफोर्ड माविलाई
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, पौष ५ २०८२
शनिवार, पौष ५ २०८२
  • बुटवल । रुपन्देहीको ड्राइभरटोलमा भएको जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि बुटवलको अक्सफोर्ड माविले जितेको छ ।

    होराइजन गौतम बुद्ध मावि ड्राइभरटोलले आयोजनामा भएको छैठौँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगितामा सहभागि रुपन्देहीका जिल्लाभरीका चार दर्जनबढी संस्थागत तथा सामुदायिक विद्यालयहरुलाई पछि पार्दै  अक्सफोर्डले उपाधि जितेको हो ।

    उपाधिसँगै अक्सफोर्डले २० हजार नगद  शिल्ड तथा प्रमाण पत्र हात हात परेको छ । यस्तै प्रतियोगितमा सुनगाभा पब्लिक सेकेन्डरी स्कुल सैनामैनाले द्वितीय भएको छ भने ग्रिन प्लान्ट सेकेन्डरी स्कुलले तृतीय स्थान हासिल गर्याे । द्वितीय हुनेले  १५ हजार नगद,  शिल्ड तथा प्रमाण पत्र, र तृतीय हुने समूहले १० हजार नगद शिल्ड तथा प्रमाण पत्र–प्रदान प्राप्त गरेको प्रतियोगिताका संयोजक ऋषिराम पौडेलले जानकारी दिए ।

    होराइजन गौतम बुद्ध  स्कुल सञ्चालक समितिका अध्यक्ष ज्ञानेन्द्र कसजूको अध्यक्षता रहेको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका  नगरप्रमुख रामकृष्ण खाँण, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारी, तिलोत्तमा न.पा. वडा नं. १ का वडा अध्यक्ष फर्सुराम गिरी, अभिभावक संघका लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापालगायतले विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै बधाई तथा शुभकामना दिएका थिए ।

    कार्यक्रममा विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यले जिल्लाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबीच आत्मीय सम्बन्ध स्थापित गर्ने र विद्यार्थीमा अन्तरनिहित बौद्धिक क्षमतालाई प्रस्फुटन गराउने उद्देश्यले विगत वर्षहरूदेखि नै जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्दै आएको जानकारी दिए ।

    डा. नारायण प्रसाद पन्थले सञ्चालनमा भएको कार्यक्रममा सहभागि ५१ विद्यालयहरुबाट ६ विद्यालय प्रतियोगिताको फाइनलमा प्रवेश गरेका थिए ।

    कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नका लागि होराइजन गौतम बुद्ध मा.वि.का उपप्राचार्य इन्द्र भुसालको संयोजकत्वमा मूल समिति र विभिन्न उपसमिति बनाई कार्य सम्पादन गरिएको विद्यालयका प्रशासकीय अधिकृत मुकुन्द भट्टराईले जानकारी दिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij