२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सिद्धार्थ दुर्गा यूवा क्लबद्वारा ५५ विपन्न परिवारलाई सिरक वितरण

सिद्धार्थ दुर्गा यूवा क्लबद्वारा ५५ विपन्न परिवारलाई सिरक वितरण

सिद्धार्थ दुर्गा यूवा क्लबद्वारा ५५ विपन्न परिवारलाई सिरक वितरण

सिद्धार्थ दुर्गा यूवा क्लबद्वारा ५५ विपन्न परिवारलाई सिरक वितरण

सिद्धार्थ दुर्गा यूवा क्लबद्वारा ५५ विपन्न परिवारलाई सिरक वितरण
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शनिवार, पौष ५ २०८२
शनिवार, पौष ५ २०८२
  • भैरहवा । सामाजिक क्षेत्रमा क्रियाशील सिद्धार्थ दुर्गा यूवाक्लबले विपन्न परिवारलाई फाइबर सिरक बितरण गरेको छ । 

    विभिन्नकार्य गर्दै आएको रूपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं। २  स्थित क्लबले पछिल्लो समयमा बढेको अत्यधिक जाडोले कठ्यांग्रिएर जीवन धान्न बाध्य भएका कमजोर आर्थिक अवस्था भएका स्थानीय परिवारलाई लक्षित गरी ५५ परिवारका सदस्यलाई फाइबर सिरक प्रदान गरिएको हो ।

    परोपकार तथा मानवीय संवेदनालाई ध्यानमा राख्दै दुर्गा मन्दिर सभाहल, मेउडिहवमा सिरक वितरण गरेको क्लबका अध्यक्ष भीम बहादुर थापाले बताए । उनले सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा यस्ता स्थानीय समुदाय लक्षित कार्यक्रमहरूलाई निरन्तरता दिई थप सहयोग गरिने बताए । ,

    अहिलेको विषम परिस्थितीलाई मध्यनजर गर्दै परिवारहरुको आवश्यकताको पहिचान गरी छनोट भएका परिवारलाई सहयोग गरिएको कार्यक्रम संयोजक, हेमकुमार गुरुङ्गले बताए । उनले अति आवश्यक अन्य विपन्न परिवारलाई पनि क्लबले पहिचान गरी आवश्यकता पूरा गर्ने बताए । 

    सिरक वितरण गर्दै प्रमुख अतिथी त्रय विनोद गुरुङ्ग, मदन गुरुङ्ग, दलबहादुर थापा“काजी”ले  यूवाहरुको सक्रियता र सहयोगले मानवीय सेवा जस्तो महत्वपूर्ण तथा सराहनिय काम भएको बताए । यस्तो कार्यले अत्यन्तहर्षित भएको र थप कार्यक्रम गर्नको लागि आफुहरु सधै तयार रहेको बताए । उनीहरूले समयानुसार हालको चिसो मौसममा वितरण गरिएको सिरकले विपन्न परिवारलाई राहत पुग्ने विश्वास गरे । 

    IMG_2600.JPG

    सामुदायिक सेवा समाज, सिद्धार्थनगर २ की अध्यक्ष इन्दिरा देवी क्षेत्रीले यूवाहरुमा मानवीय सहयोगी भावनाको विकास हुनु अत्यन्त सुखद रहेको र यस्ता कार्यहरु आगामी दिनमा पनि गर्नुपर्ने बताइन । 

    स्थानीय समाजसेवी क्याप्टेन टेकबहादुर गुरुङ्गले सामाजिक सेवामा अग्रसर यस ऐतिहासिक क्षेत्रबाट युवाहरु जागरुक भई सेवाभावले कार्य गरेको देख्दा अत्यन्त खुशी भएको बताए । उनले थप सामाजिक सेवाकाकार्यहरुमा नै ध्यान केन्द्रितगर्दै जानुपर्ने बताए ।

    क्लबकी उपाध्यक्ष अमृता गुरुङ्गको स्वागत क्लब का सचिव बिकाश बस्नेतको सञ्चालनमा भएको कार्यक्रममा स्थानीयहरुको सहभागिता रहेको थियो। तराईका जिल्लामा अहिले अध्यधिक चिसो बढेको छ। चिसोले जनजीवन प्रभावित भएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij