२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एमाले महाधिवेशनले दिएको सन्देश

एमाले महाधिवेशनले दिएको सन्देश

एमाले महाधिवेशनले दिएको सन्देश

एमाले महाधिवेशनले दिएको सन्देश

एमाले महाधिवेशनले दिएको सन्देश
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, पौष ६ २०८२
आइतवार, पौष ६ २०८२
  • जेनजी आन्दोलनपछि केपी ओलीको नेतृत्वप्रति प्रश्न उठाउँदै हमला भइरहेका बेला महाधिवेशनले पुनः अध्यक्षमा निर्वाचित गरेको छ । महाधिवेशनले ओलीलाई अध्यक्षमा निर्वाचित गरेको नभई उनको टिमका अधिकांश चुनिएका छन् । जेनजी आन्दोलनबाट सत्ता बहिर्गमनमा परेका ओलीलाई पार्टीको नेतृत्व छाड्न दबाब परिरहेका बेला महाधिवेशनले पुनः अध्यक्षमा निर्वाचित गरेर ओली आजको एमालेको लागि आवश्यक छन् भन्ने सन्देश दिएको छ ।


    ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भए । चार वर्षअघि चितवनमा भएको दसौँ महाधिवेशनबाट चुनिएको नेतृत्वका लागि काम गर्न अझै एक वर्ष समय बाँकी थियो, तर जेनजी आन्दोलनपछि महाधिवेशन गरी  नेतृत्व हस्तान्तरण गर्न पार्टीभित्रको एउटा खेमाले दबाब दिइरहेपछि समय अगावै महाधिवेशन भयो । संविधान निर्माणका क्रममा अनेकौ दबाबको सामना गरेर संविधान निर्माणमा उनको भूमिका महत्वपूर्ण छ । 


    भारतीय नाकाबन्दीको सामना गरी राष्ट्रिय स्वाधीनताको पक्षमा उनले राखेको दृढ अडानले एमालेकै छविलाई उच्च बनायो । लिपुलेक समेत समेटिएको चुच्चे नक्शा जारी गरेर दिएको सन्देश हो, हामी आफ्नो भूमि एक इञ्च पनि छाड्दैनौं । त्यही भूमिका लागि चीन भ्रमणका क्रममा राष्टपछि सी चिनफिङसँग प्रष्ट धारणा राखे,- लिपुलेक हाम्रो भूमि हो, त्यसका लागि चिनियाँ सहयोग आवश्यक छ । राष्ट्रियताप्रति प्रष्ट अडान राख्ने ओली आखिर मुलुकभित्र र बाहिर किन घेराबन्दीमा परे ? यो प्रश्नको उत्तर खोज्न कठिन छैन । कतिपय उनका स्वभावगत कमजोरी छन्, जो उनी नै बेलाबखत स्वीकार गर्छन् । उनी हठी छन्, समन्वयकारी छैनन् । विरोधीप्रति एकैपल्ट फायर खोल्छन् । 


    उनको यही स्वभावकै कारण कतिपय अवस्थामा उनी आफैँ र पार्टी पनि अप्ठारोमा परेको छ । कमजोरीलाई हटाउन थोरै मिहिनेत गर्ने बित्तिकै उनको नेतृत्व अब्बल नै छ । एमाले महाधिवेशनले उनको नेतृत्वलाई अनुमोदन गरेको छ । मुलुकको संकटको सामना गर्न सबल र दृढ नेतृत्व आवश्यक छ । र, त्यो कामको नेतृत्व ओलीले मात्रै गर्न सक्छन् भन्ने पुष्टि महाधिवेशनले गरेको छ ।


    महाधिवेशनमा नेतृत्व लोकतान्त्रिक प्रक्रियाबाट चुनियो । चितवनमा भएको दसौँ महाधिवेशनले नेतृत्व चयन ओलीले तयार गरेको सुचीलाई अनुमोदन गरी चुनिएको थियो । त्यसैले त्यस बेला चुनिएका पदाधिकारी र केन्द्रीय सदस्यलाई टिके भनेर व्यङ्ग्य गरियो । अहिले केही पदबाहेक अधिकांश पदमा निर्वाचन भएकाले एमालेले लोकतान्त्रिक अभ्यास ग¥यो ।


     यो एमालेले भन्दै आएको जनताको बहुदलीय जनवादको उन्नत अभ्यास हो । महाधिवेशनले ओलीसहितको प्यानललाई बहुमत दिएर काम गर्न सहज पारिदिएको छ, पार्टीमा ओलीको पकडलाई अझै विस्तार गरेको छ । यसको साथै उपाध्यक्षमा गोकर्ण विष्ट र उप–महासचिवमा योगेश भट्टराई निर्वाचित भएका छन्, जो ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने भन्दै दबाब दिँदै आएका नेता हुन् । पदाधिकारीमा उनीहरुको चयन फरक मतलाई पनि महाधिवेशन प्रतिनिधिहरुले सम्मान गरेका छन् ।


    अब एमालेको आन्तरिक जीवनलाई तन्दुरुस्त बनाउन पार्टीलाई लयमा हिडाउन थुप्रै चुनौती छन् । ती चुनौतीको सामना गर्न सक्ने सार्मथ्य ओलीसँग छ, त्यो सार्मथ्य जुटाउनका लागि उनले वैचारिक रणनीतिकार शंकर पोखरेल महासचिवमा चुनिएका छन् । पोखरेलले निरन्तर ओलीको नेतृत्व निर्विकल्प भन्दै वकालत गरे । बदलिदो परिवेशमा मुल धारका राजनैतिक दलप्रति नागरिकका तमाम प्रश्न उठ्दा एमाले पनि अलग रहन सक्तैन् । ती प्रश्नलाई किनारा लगाएर अब्बल एमाले बनाउन सक्दा मुलुकको लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्न बल पुग्नेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij