२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेशमा किन किचलो आयो ?

श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेशमा किन किचलो आयो ?

पार्टीमा प्यानल गुटबन्दी खडा गर्ने, व्याक्तिवादी प्रवृतिलाई प्रसय दिने र त्यस्तो अवाञ्छित क्रियाकलापलाई संस्थागत रुपमा नै पक्ष पोषण गर्ने निन्दनीय कुराले पार्टीलाई लुम्बिनी प्रदेशमा ठुलो नोक्सानी पुर्याएको छ।

श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेशमा किन किचलो आयो ?

श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेशमा किन किचलो आयो ?

पार्टीमा प्यानल गुटबन्दी खडा गर्ने, व्याक्तिवादी प्रवृतिलाई प्रसय दिने र त्यस्तो अवाञ्छित क्रियाकलापलाई संस्थागत रुपमा नै पक्ष पोषण गर्ने निन्दनीय कुराले पार्टीलाई लुम्बिनी प्रदेशमा ठुलो नोक्सानी पुर्याएको छ।

श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेशमा किन किचलो आयो ?
सोमवार, पौष ७ २०८२
सोमवार, पौष ७ २०८२
  • हरि घर्ती मगर

    श्रम संस्कृति पार्टी रुपन्देही जिल्लाको आयोजनामा गत पुस ५ गते, पार्टीका श्रदेय अध्यक्ष एवं धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ को प्रमुख आतिथ्यतामा बुटवलको ट्राफिकचोकमा भव्य आमसभाको कार्यक्रम सम्पन्न भएको छ। आफ्नो अति व्यस्त समयवाट समय निकालेर लुम्बिनी प्रदेश भित्र बुटवलको माटोमा पाइला राखिदिनु भई हजारौं हजार बुटवलका श्रम संस्कृतिप्रेमी महान जनसभालाई सम्बोधन गरिदिनु भएकोमा श्रदेय अध्यक्ष हर्कराज साम्पाङ ज्यूलाई पार्टीको लुम्बिनी प्रदेश सल्लाहकार समिति विशेष धन्यवाद दिन चाहन्छ। यसरी नै उक्त कार्यक्रम तैयारी गर्न चाहिने सवै सवालका विभिन्न प्राविधिक पक्षमा जोडिनु भएका सभा आयोजक सिङ्गो पार्टीको रुपन्देही टिमलाई र सभामा उपस्थित सम्पूर्ण महानुभावहरुमा समेत पार्टीको लुम्बिनी प्रदेश सल्लाहकार समितिको हार्दिक धन्यवाद दिन चाहन्छ।
    तथापि त्यो विशालसभा जुटाउन मात्रै भेला आयोजक टिम रुपन्देहीको प्रयासले मात्रै सम्भव भएको भने होइन। लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका श्रम संस्कृति प्रेमी आदरणीय साथीहरूको अथक प्रयासले मात्रै सम्भव भएको हो। यहि प्रयासको निम्ति म प्रदेश प्रमुख सल्लाहकार हरि घर्तिमगर र प्रदेश सह(सम्योजक शुशिला पुलामी समेत करिव २ हप्ता सम्म गुल्मी,अर्घाखाँची,दाङ,कपिलवस्तु,नवलपरासी र रुपन्देही जिल्लाको विभिन्न स्थानमा पार्टी र पार्टीको कार्यक्रम अनवरत रुपमा प्रचारप्रसारमा लागेका थियौं र रुपन्देही जिल्ला बाहेक विभिन्न जिल्लावाट दर्जनौं दर्जन जनमास उपस्थित गराएका थियौ भन्ने कुरा पार्टी सम्बद्ध उल्लेखित धेरै साथीहरुलाई अवगत भएको कुरा हो। यद्यपि हम्ने किया तो सुन, तुम्ने किया तो मकैको घुन हुन सक्दैन।
    दूर्भाग्य कार्यक्रममा पार्टी भित्र विगतमा कथित मंगोल नेशनल अर्गनाइजेसन (एमएनओ) पृष्ठभूमि भएका केन्द्र, प्रदेश र जिल्लासम्म केही महत्त्वपूर्ण पदिय हैसियतमा रहेका साथीहरू, श्रम संस्कृति जस्तो जनताको एकमात्र विश्वासीलो र भरपर्दो निर्विकल्प पार्टीमा प्यानल गुटबन्दी खडा गर्ने, व्याक्तिवादी प्रवृतिलाई प्रसय दिने र त्यस्तो अवाञ्छित क्रियाकलापलाई संस्थागत रुपमा नै पक्ष पोषण गर्ने निन्दनीय कुराले पार्टीलाई लुम्बिनी प्रदेशमा ठुलो नोक्सानी पुर्याएको कुरा प्रेषित गर्नुपर्दा दुख लागेको छ। हुनत यो कुरा पार्टी केन्द्रको उजुरी विभागमा निवेदन दिनुपर्ने हो। विगतमा पनि उजुरी गरिएको थियो। तर अध्यक्ष हर्क साम्पाङसङ्ग कहिल्यै पुगेन। अझ अहिले अध्यक्ष अति व्यास्त हुनुहुन्छ, त्यसकारण पनि प्रेस विज्ञप्ति मार्फत उहाँको ध्यान केन्द्रित गराउन खोजिएको हो। प्रष्ट छ पार्टी भित्रका अति साघुरो निकृष्ट सोचाई भएका मनोरोगीहरुले  लुम्बिनी प्रदेशको प्रमुख सल्लाहकार र प्रदेश सहसम्योजक शुशिला पुलामीलाई उक्त पुस ५ गतेको कार्यक्रममा आउन र कार्यक्रमको मंचमा निम्तो दिइएन। हामी व्यक्तीलाई कार्यक्रममा सहभागी नगराउनु  र मंच नदिनु गौण कुरा हो। प्रदेशको प्रमुख सल्लाहकार र प्रदेशको सहसम्योजक जस्तो जिम्मेवार पद एवं विधि पद्धतिको मानमर्दनगर्नु र त्यो पदको अपमान गरी लुम्बिनी प्रदेश भित्र आम नागरिकको दृष्टिकोणमा पार्टीलाईलाई कूरुप बनाइएको कुराले दुखित भएका छौं,मर्माहत भएका छौं। तसर्थ हाम्रो सल्लाहकार समिति प्रदेश भित्रका श्रम संस्कृति प्रेमी अगुवा श्रमदाता, श्रमदाता  र आम नागरिकहरुमा यस विषय वस्तु सार्वजनिक गर्नुपर्दा क्षमा याचना गर्दछौं। 
    विगतमा पनि यहि एमएनओ  पृष्ठभुमि भएका पार्टी भित्रका  भस्मासुर प्रवृत्ति भएको टिमले विधि पद्धति र  पार्टीको विधान बाहिर गएर श्रम संस्कृति पार्टी रुपन्देहीको असौज ३१ गतेको भेलाले चयन गरेका संस्थापक अध्यक्ष शुशिला पुलामी रहेको कार्य समितिलाई २१ दिनमा नै विघटन गरी छविलाल गुरुङ अध्यक्ष रहेको अर्को समिति बनाएको थियो भने, उक्त कुराको उजुरी गर्दा केन्द्रका महासचिव आर्यन राई मार्फत त्यहि छविलाल गुरुङ समुहको गल्ति देखाउदै फेरी हास्यास्पद रुपमा त्यसैलाई नै मान्यता दिइएको थियो। त्यतिमात्र होइन, रुपन्देहीमा पार्टी स्थापनाको निम्ति महत्त्वपूर्ण भूमिका निर्वाह गरेका जेन जी युवाहरुमा अत्यन्तै लोकप्रिय युवा श्रम संस्कृति पार्टीका बुटवलका  अध्यक्ष विजय विकलाई विना कारण अध्यक्ष पदवाट हटाएको थियो। बिना कारण अध्यक्षलाई हटाइएकोले नैतिकताको कारण देखाई,नगर समितिका उपाध्यक्ष बाघ बहादुर बुढा,कोषाध्यक्ष बिराट श्रेष्ठ,सचिव सुजन कुवर र सहसचिव शैलेन्द्र सुनार समेतले आफ्नो पदिय जिम्मेवारीवाट राजिनामा दिएका थिए।
     यो धुर्बे हात्ति प्रवृतिले हटाइएको अध्यक्ष विजय बिक र अध्यक्ष पछि राजिनामा दिएका समितिको ठाउँमा अर्को समिति आज २ महिना वितिसक्दासम्म निर्माण गर्न सकिएको छैन।
     त्यतिमात्र होइन,नगर अध्यक्षवाट बिजय बिकलाई हटाइएपछी जिल्ला समितीवाट कोषाध्यक्ष शिशिर घर्तिमगर सिङ्गो समितिमा एकमात्र महिला रहेकी सह(सचिव बिमला कुवरलाई पनि आफ्नो पदवाट नैतिकताकाको आधारमा राजिनाम दिन बाध्य भएका थिए। थप गुल्मी जिल्ला सम्योजक श्रम संस्कृति पार्टीका विद्वान नेता सुरेन्द्र नेपाली सहितको उहाँको टिमलाई पार्टी छाडी माओवादी तर्फ नै फर्कन बाध्य पारिएको छ भने लगभग धेरै जिल्लामा पार्टी भित्रको ःल्इ समुहको भस्मासुर प्रवृतिले धेरै साथीहरू श्रम संस्कृति पार्टीमा जोडिन त्रसित हुनु भएको देखिन्छ। यस्ता यस्ता पार्टीहित विरुद्धका अनगिन्ती गतिविधिहरु भनी साध्य र लेखि साध्य छैन। हामी वाट पार्टी केन्द्रमा उजुर गर्ने पार्टी केन्द्रवाट महासचिव आर्यन राई जी आउने, उहाँले त्यहि आफुद्वारा पक्ष(पोषित समुहलाई दोष देखाउने तर फेरी त्यहि समुहलाई नै अनूकुल हुनेगरी निर्णय गर्ने गरेकोले अराजक अवस्था नियन्त्रण हुनुको साटो झन( झन मौलाएको अवस्था छ। 
    लुम्बिनी प्रदेशको सम्योजकको जिम्मेवारी पाएका सम्योजक तुलविर दर्लामीले सम्योजक जिम्मेवारी पाएको आज लगभग २ महिना पुग्न थाल्यो। संयोजक बनेपछीको २ महिना पुग्दा पनि उहाँले एउटा जिल्लामा जिल्ला समिति गठन सक्नु भएको छैन। सह(सम्योजक शुशिला पुलामीलाई भन्दा, मैले गठन गर्ने सम्योजकले बिघटन गर्दै जाने भएकोले मैले जिल्ला समिति गठन गर्न त्रसित छु भन्नु भएको छ। रुपन्देही जिल्ला भित्रका १६ वटा पालीका पनि एउटा पनी गठन हुन नसकेको र सल्लाहकारको सल्लाह नलिने वास्ता नगर्ने गरेकोले प्रदेश सल्लाहकार समिति दुखित छ। यस्तो अवस्थामा नजिकै आएको फाल्गुन २१ गतेको निर्वाचनमा समेत ठुलो नकारात्मक प्रभाव पर्न सक्ने हुँदा आदरणीय अध्यक्ष ज्यूको ध्यान केन्द्रितको निम्ति विशेष अपिल सहित लुम्बिनी प्रदेश सल्लाहकार समिति यो प्रेस विज्ञप्ति जारी गर्दछु।
    धन्यवाद सहित 

    लेखक श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेशका प्रमुख सल्लाहकार हुन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij