२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

राजनीतिक मृत्यु र सिद्धान्त सिद्दिएका दलहरू !

राजनीतिक मृत्यु र सिद्धान्त सिद्दिएका दलहरू !

राजनीतिक मृत्यु र सिद्धान्त सिद्दिएका दलहरू !

राजनीतिक मृत्यु र सिद्धान्त सिद्दिएका दलहरू !

राजनीतिक मृत्यु र सिद्धान्त सिद्दिएका दलहरू !
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, पौष ९ २०८२
बुधवार, पौष ९ २०८२
  • एच.के. श्रेष्ठ
    अमेरिकी आलोचक मिल्लर सेन्टरले ‘डेथ अफ पोलिटिक्स’ पुस्तक लेखे जो हामी पनि अनुभूत गर्दैछौं । जब राजनीतिक रुपमा पार्टीको आत्मा सिद्धान्त तथा बैचारिक दर्शनको मरण हुन्छ र पार्टीको जीवन जीवित ढंगले चल्दैन, तब राजनीतिक मृत्यु हुन्छ । काँग्रेस, कम्युनिष्ट र अन्य सबै  दलहरुले अब लगभग मलामीको चिन्ता गर्नुपर्ने भएको छ । विगतदेखि नै पार्टीले सत्ता र सरकार चलाएन बरु सत्ता र सरकारले पार्टी चलाउने गर्यो । सैद्धान्तिक बैचारिक नीति होइन गुट, उपगुट र व्यक्तिगत नीति हाबी हुँदै आयो । पार्टीको जबज, भात्रृ संगठन र अंग प्रत्यंगहरु अराजकताको असीमिततामा जकडिंदै आएका छन् ।  हरेक नेतृत्वमै अलमलसहित पार्टी जोड्ने र जीवन दिने मुख्य कडी विचार नै दिशाहिन भएर द्वन्द्व द्वन्द्वको भुमरीमा फस्दै आएको छ । 


    तत्कालिन नेकपाको नेतृत्वको दुई तिहाई बहुमतको सरकारले जे  काम पनि गर्न सक्दथ्यो । तर आफँै आन्तरिक द्वन्द्वले डामाडोल भयो । राज्यभित्रको अशान्ति, कुशासन, बेथिति, हिंसा अराजकता आदिको पराकाष्ठामाथि आफसी कलहको आरोप प्रत्यारोपले प्रधानता पाइरहेको कारण त्यो फजुल सत्ता, सरकार, पद, कुर्सी, आयआर्जन  वा व्यक्तिगत चरम स्वार्थले ध्वंस भयो । माके र एमाले खास एक भएर जुट्नै नपाई विवादै विवादबिच पार्टी फुट्यो र त्यो एकता मात्रै होइन  नेकपा पार्टी नै जिउँदो रहेन, म¥यो ? डा.बाबुरामको नयाँ शक्ति पार्टी लगाएत थुप्र्रै पार्टी म¥यो । अहिले फेरि नयाँ–नयाँ छदमभेसि रुपमा जन्म लिंदै छन् । तर जे–जे नौटंकी गरे पनि र रुप–विरुप धारण गरेर भौतिक उपस्थिति देखाए पनि वा देखाउन खोजे पनि ती सबै दलका राजनीतिक सार मोरिसकेको छ । मृत्यु भैइसकेको छ ।


    अमेरिकी विचारक तथा समालोचक स्यामुअल पी हन्टिङटनले पोष्ट कोल्ड वारदेखिको विश्वमा चलेको द्वन्द्व राजनीतिक द्वन्द्व नभएर सभ्यताको द्वन्द्व तिर गएको छ भनेका छन् । राष्ट्रहरुबिचको द्वन्द्वात्मक भिन्नता, विचार, राजनीति र राजनीतिक अर्थतन्त्रको आधारमा होइन संस्कृति र सभ्यताको आधारमा हुने भयो भनेका थिए । हन्टिङटनको अनुसार संस्कृति  र सभ्यताले बृहत सान्दर्भिक अर्थ समेटेको छ । यद्यपि मान्छेमा उत्पन्न कुभावना, पद, पैसा र पावरको लडाइ पनि एक खालको संस्कृतिमा राख्न सकिन्छ । मानिसले आफूलाई व्याख्या गर्ने र चिनाउने पुख्र्यौली, धर्म, भाषा, इतिहास, मूल्य, मान्यता, रितिरीवाज, जात–जाति, जनजातिलगायत संस्थागत र अन्य सभ्यतागत आधारमा हो भन्ने उनको भनाइ अबको विश्वमा सार्थक बन्दै गएको देखिन्छ ।


    नेपालमै पनि राजनीतिक द्वन्द्व आ–आफ्नो पार्टीहरुका दार्शनिक–वैचारिक सिद्धान्तको आधारमा हुनु पर्नेमा अब राजनीतिक सैद्धान्तिक द्वन्द्वले ठाउँ छाड्दै गएको देखिन्छ । अब त्यसको ठाउँ हन्टिङटनले उठाएका यिनै माथि उल्लिखित आधारमा अकुपाइ हुँदै गएकोछ । संस्कृति यस्तो हो जो विभाजित र एकीकरण गर्न भूमिका खेल्दोरहेछ । अब हरेक पार्टीमा सिद्धान्तको कुरा प्रधान नभइ गौण भएको देखिन्छ । पार्टी वा राजनीतिक दल जसको पहिचान सिद्धान्त, विचार र दर्शनले हुनु पर्नेमा त्यो हराउँदै गएको अवस्था छ । राजनीतिक सिद्धान्तको नामधारी दल भए पनि गैर राजनीतिक संगठनको काम हुनथालेको छ ।
    त्यतिबेला नेकपाले  शान्ति, सुशासन, विकास समृद्धि अमनचयन आदिको लागि राजनीतिक स्थायित्व त्यसको निम्ति स्थायी सरकार र त्यसको निम्ति दुई तिहाई बहुमत मागे अनुरुप जनताले दिएकै हुन्् । तब त्यो सबै कुरा जनताता र मुलुकलाई दिनु पर्ने हो कि होइन ? उसको सरकारसहितको  नेकपामा विवाद विचारको, सिद्धान्तको पार्टी नीतिमा घोषणापत्र आदि कार्यान्वयनमा दुई लाइन संघर्षको हुनु पर्ने थियो । पार्टीलाई कसरी उत्तरदायी र जनमुखी तथा जनवादी बनाउने भन्नेमा होडबाजीको संघर्ष हुनु पर्ने थियो ।  जनगणतन्त्रलाई कसरी सार्थक तुल्याउनेमा उच्चतम मार्ग दिनमा हुनुपर्ने हो । 


    हिजो एमाले लगायतले गरेको राष्ट्रघात कसरी सच्याउने र नेपाली काँग्रेसलगायतले जनतालाई दिन नसकेको विकल्प कसरी दिने भन्ने सकरात्मक प्रतिस्पर्धा हुनु पर्ने थियो । एक्काइसौं शताब्दीको जनवादलाई परिस्कृत बनाउन कस्तो उत्तम विचार तथा योजना बन्नेमा हुनु पर्ने थियो । शुखी र समृद्ध बनाउँदै समाजवादी लक्षमा पुर्याउन दुई लाईन संघर्षको चल्नुको सट्टा फगत स्वार्थको लडाइ, प्रधानमन्त्री बन्न, मन्त्री बन्न, अध्यक्ष त कि म अहमता देखाउन, पदाधिकारीको हानाथापमा, आ–आफ्नो गुठ बलियो बनाउन र व्यक्तिवादी हैकम चलाउन सिद्धान्त र विचारलाई स्वार्थ, शक्ति, आवेग र बेइमानीले पुरेर भएको द्वन्द्व राजनीतिक मृत्यु सिवाय केही थिएन । ज्ञान र बुद्धि पीडा र वेदनाले जन्माउने हो । मुलुकको यतिका पीडा र पार्टीकै विभिन्न बेलामा भोगेका पीडाबाट पनि कहिल्यै ज्ञान र बुद्धि नआउने भयो काँग्रेसमा जस्तै नेकपाको । केस, स्थायी, पोलिटब्युरो, सचिवालय आदि समिति के–का लागि ? 


    सिद्धान्तलाई इमान्दार र निष्ठावान ढंगले लागू गर्न कि फगत बहुमत र अल्पमतमा एकविरुद्ध अर्कोलाई सिध्याउन ? नेकपा राष्ट्र र जनतालाई न्याय दिने मजबुत स्थानमा पुगेका र रहेका बेला आ–आफै  सिद्दिए । तिनीहरुबिचको द्वन्द्व उनीहरुको व्यक्तिगत (असभ्यता, परम्परा, नानीमा बसेको बानी, आ–आफ्नै (कु)संस्कृति, प्रवृत्ति , (अब)गुण आदिको कारक द्वन्द्व हो । सिद्धान्त र राजनीतिक विचारसँग कुनै साइनो नै होइन ।


    विश्वमै विचारको मृत्युको यस्ता उदाहरण देखापरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विजय राजनीतिक आधारमा भन्दा पनि नश्लको आधारमा भएको देखियो । राजनीतिक रुपमा विजय हुनेहरु पनि लामो समय सत्तामा टिक्न नसक्ने वा टिकेर पनि केही गर्न नसक्ने उदाहरण नेपालसँगै विश्वमा धेरै छन्, जो विडम्बना हो । 


    विश्व राजनीति नै विनिर्माणवादको शिकार भइसकेको छ । मुस्लिमहरुमा संसारभरको संगठन अरब लिग गठन  भई मुस्लिमकै रुपमा भिडेको देखिन्छ । युरोप र अमेरिकाले आधुनिकीकरणको पर्यायवाचीको रुपमा संसारभर क्रिश्चियनिट पकड जमाउन खोजेको छ । हाम्रै मुलुकमा खाँटी राजनीतिक सिद्धान्तको चासो घटिरहेको छ । विभिन्न ढङ्गले पहिचानको संघ–संगठनहरु खडा हुँदै गएका छन्  । जाति, जनजाति, भाषाभाषी, आदिवासी, दलित, पेसागत र तेस्रो लिङ्गीको एकतात्मक संगठन हामी देखिरहेका छौं । अबत जेनजी जस्तो गैर राजनीतिक  शक्ति समेत खडा भएको छ । ती सबैमा पहिचान प्रधान र राजनीति गौण भेटिन्छ ।


    नेपालमा उपलब्ध धेरै दलहरु छन् । ती मध्ये कैयौं दलहरुको राजनीतिक दर्शन, सिद्धान्त र विचारको आधार छैन । त्यही खुद्राखाद्री मिस्सिलेनस् सभ्यता, स्वार्थ, प्रतिष्ठा र पहिचानको आधार नै पार्टी संगठनको आधार भएको छ । त्यही राजनीतिक सैद्धान्तिक आधारहीनताकै कारण क्षेत्रीय पार्टीहरु खुलेका हुन् । मधेशवादी दलहरु त्यसैको उपज हो । मधेशको नाममा व्यक्तिगत वा समूहमा राज्यसँग वार्गेनिङ गरी स्वार्थ लुट्ने, सरकारमा जाने, धन–सम्पत्ति कमाउने र तथाकथित हाइप्रोफाइल देखाउने र मधेशी जनताको सम्मान लिने उद्देश्य देखिन्छ । यदि पक्कै पनि मधेशकै निम्ति थियो भने एउटै मधेशको नाममा दर्जनौं पार्टी किन खोल्नुपथ्र्यो ? अलि बोलबाला रहेका व्यक्तिपिच्छे पार्टी दर्ता किन गर्नु पथ्र्यो ? केही न केही भने पनि सिद्धान्तको नामले चलेका राजनीतिक दल एमाले, काँग्रेस र माओवादी केन्द्रकै दलबाट छुट्टिएर किन आ–आफ्नै रुप, स्वरुप र स्वार्थको पार्टी गठन गरे ? अहिलेका मधेशवादी दलका नेताहरु भनेका सबै ती तीन प्रमुखदलकै हिजोका नेताहरु वा कार्यकर्ताहरु हुन् । बिरालोले बच्चा सोहोरेझैँ स्वार्थलाई केन्द्रमा राखेर पार्टी वा मोर्चाको नाम सार्ने काम मात्रै भएको छ । पार्टीको नाम नै व्यक्तिकरण भएको कारण सैद्धान्तिक विचलनकै असर हो ।


    तमाम पार्टीहरु किन कैयौं पटक फुटे, कैयौं पटक जुटे त । नेपाली काँग्रेसजस्तो पुरानो पार्टी औपचारिक नफुटे पनि अनौपचारिक रुपमा फुटेकै सरह छ । कम्युनिष्ट पार्टीहरु त झन् सयौं चिरा छन् । कम्युनिष्ट सिद्धान्त त एउटै न हो केका लागि फुटे प्रस्टै छ । संघीय समाजवादी फोरमभित्रकै पार्टीहरु किन छिन्नभिन्न भयो ? एनेकपा माओवादीबाट फुटेर गएको मोहन वैद्य नेतृत्वको पार्टी फेरि फुटेर दुई भए । त्यसबाट कोही फेरि जुटेर तत्कालीन माओवादी केन्द्रमा आए । नेकपामै आश्चर्य रुपमा क्याम्प र गुठ परिवर्तन भएको छ आदि आदि । जसले सैद्धान्तिक द्वन्द्वको पुष्टि गर्दैन । राजनीतिक दर्शन तथा सैद्धान्तिक विचलनको कारण हरेक दलमा नैतिक पतन, सांस्कृतिक–राजनीतिक आत्महत्या र तितर–वितरताको समस्या प्रबल रुपमा खडा भएर गएको छ । पद, शक्ति र पैसासँग पार्टी, सिद्धान्त र संगठन साटिएको छ । सरकार गठनमा विचित्र व्यापार चल्छ । सांसदहरु खरिद–बिक्री हुन्छन्, करोडौंको मूल्यमा किनिन्छन्–बेचिन्छन् । जसले गर्दा विपक्षी दलकालाई प्रधानमन्त्री, मन्त्री बनाउँछन् । स्वार्थको पराकाष्ठाले पार्टी नै बदल्छन् । सिद्धान्तलाई गोलीमार्छन् र अन्ततः जातिको नाममा, क्षेत्रको नाममा, लिगको नाममा, पेसाको नाममा वा आर्थिक लोभमा आफ्नो पार्टी र सिद्धान्तकै खिलाफमा उत्रन्छन् ।


    तत्कालको स्थानीय निर्वाचनमै देखियो विभिन्न दलहरुकाबिच चुनावी तालमेल वा गठनबन्धन । प्राकृतिक र स्वाभाविक भन्दा पनि अप्राकृतिक र अस्वाभाविक गठबन्धनले राजनीतिक सिद्धान्तको धज्जी उडाएको छ । काँग्रेस र माओवादी केन्द्र, एमाले र राप्रपा अर्थात् अन्य–अन्य जसकाबिच कुनै रङ्ग, आकार–प्रकार, गुण केही मिल्दैन तै पनि सत्ता, स्वाथर्, (अ)सभ्यता आदिको द्वन्द्वको उपज जबर्जस्ती तालमेल गरिए । कुर्सीको ¥याल चुहिएको, आपूmलाई केन्द्रमा राखिएको र सत्ताको बलमत्ता बन्ने तृष्णाजागेको उजागर भयो ।


     जनताको इच्छा, आकाङ्क्षालाई कुठाराघात गरेरै भए पनि आ–आफ्नो इच्छा, आकाङ्क्षा परिपूर्ति गरिछाडे । पार्टी तथा पार्टीका नेतामा यस्तो द्वन्द्व हुनु सैद्धान्तिक बैचारिक मृत्यु र अन्य स्वार्थी पक्षहरुको जन्म नै हो । जेन जी भनिएकामा पनि कुनै राजनीतिक, वैचारिक, दार्शनिक जीवितता देखिंदैन, छैन । यस शक्तिमा त झन जन्मदैदेखि राजनीति मृत्यु छ ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij