२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्कलर्स होममा जिल्लास्तरीय हाजिरीजवाफ हुँदै

स्कलर्स होममा जिल्लास्तरीय हाजिरीजवाफ हुँदै

स्कलर्स होममा जिल्लास्तरीय हाजिरीजवाफ हुँदै

स्कलर्स होममा जिल्लास्तरीय हाजिरीजवाफ हुँदै

स्कलर्स होममा जिल्लास्तरीय हाजिरीजवाफ हुँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, पौष ९ २०८२
बुधवार, पौष ९ २०८२
  • बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलको ३४औँ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ । विगत १३ वर्षदेखि निरन्तर चलाउँदै १२औँ संस्करणको जिल्लास्तरीय अन्तरविद्यालय रनिङ शिल्ड हाजिरीजवाफ (क्बिज) प्रतियोगितासहित विविध रचनात्मक कार्यक्रम गर्ने भएको हो । 


    मंगलबार विद्यालयको सि ब्लकमा पत्रकार सम्मेलन गरी पुस १० गते हाजिरीजवाफ तथा ११ गते विद्यालयको पुरस्कार वितरणसहित विविध कार्यक्रम गरिने प्राचार्य बाबुराम बञजाडेले जानकारी दिए । हाजिरीजवाफको विजेताले नगद १० हजार रुपैयाँ, शिल्ड, मेडल, प्रमाणपत्र, दोस्रोलाई ७५००, तृतीय ४५०० रुपैयाँबाट पुरस्कृत गरिने उनले बताए । अहिलेसम्म ४० विद्यालय दर्ता भएको उनले जनाए । प्रतियोगितामा कक्षा १० सम्म र एक जना छात्रा अनिवार्य हुनुपर्ने प्रावधान छ । 
    गतवर्ष एभरेष्ट इङ्ग्लिस बोर्डिङ् स्कुल विजेता भएको थियो । न्यू होराइजनले दुईपटक लगातार २ पटक ३÷३ वर्ष शिल्ड लगेको छ । 


    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनहरि बश्यालले सामाजिक कार्यमा योगदान स्वरुप विद्यालयमा खेल सुरु भएको बताए । विद्यालयले आइएसओ मान्यता समेत पाएको उनले जनाए । 


    कार्यक्रममा विद्यालय संस्थापक शिव गुरुङले आफू भारतमा अध्ययन गरेर त्यही शिक्षा दिने गरी स्कलर्स स्थापना गरेको बताए । परीक्षाको प्रश्नपत्र अभिभावकलाई देखाउने, मार्शल आर्ट सिकाउने, औपचारिक कार्यक्रम विद्यार्थीहरुलाई जिम्मा दिने सुरुवात गरेको उनले जानकार दिए । 


    कार्यक्रममा संस्थापिका लक्ष्मी गुरुङ, भाइसप्रेसिडेन्ट टिकाराम गौतमले वडा नं. ९ मा नै एकमात्र विद्यालय भएको बताए ।
    हाल विद्यालयमा कक्षा नर्सरीदेखि १२ सम्म १५०० विद्यार्थी तथा बीबीएसमा डेढ सय विद्यार्थीहरु अध्ययरत छन् । जहाँ १२० जना शिक्षक कर्मचारीहरु छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij