२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सामाजिक सद्भाव निमार्णबारे अन्तरक्रिया

सामाजिक सद्भाव निमार्णबारे अन्तरक्रिया

सामाजिक सद्भाव निमार्णबारे अन्तरक्रिया

सामाजिक सद्भाव निमार्णबारे अन्तरक्रिया

सामाजिक सद्भाव निमार्णबारे अन्तरक्रिया
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बुधवार, पौष ९ २०८२
बुधवार, पौष ९ २०८२
  • परासी
    सामाजिक सद्भाव  निर्माण गर्न सबै सरोकारवालहरुको भूमिका महत्वपूर्ण रहेको परासीमा आयोजित एक कार्यक्रम बोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले सामाजिक सद्भाव  निर्माण गर्न आ–आफ्नो क्षेत्रबाट लाग्न जरुरी रहेको बताए । मंगलबार परासीमा  नेपालमा सिर्जना भएको विषम परिस्थितिमा सामाजिक सद्भाव तथा शान्ति निर्माण सरोकारवालाहरुसँग सुनवल सामुदायिक विकास केन्द्र सुनवलले आयोजना गरेको सद्भाव कार्यक्रम बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । 


    पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले सामाजिक सद्भाव कायम गर्न सबैक्षेत्र गम्भीरताका साथ लाग्नु जरुरी रहेको बताए । उनले स्थानीय तह र जिल्लास्थितका सबै राजनीतिक दलहरुको सामाजिक सद्भाव निर्माण गर्न उत्तिकै भूमिका रहेको उल्लेख गरे । अहिलेको अवस्थामा समाजबाटै सामाजिक सद्भावमा खलल पुगेको बताउँदै उनले समाजबाटै अन्त्य गर्नुपर्नेमा जोड दिए ।

    अधिवक्ता सरस्वती शर्माले समाजलाई  शान्त र सामाजिक सद्भाव कायम गर्न सबै क्षेत्रको ध्यान केन्द्रित गर्न र स्थानीय तहहरुले  शान्ति  निर्माणमा बजेट बिनियोजन गरी समाजमा सचेतना फैलाइ समाजलाई विवादरहित बनाउनुपर्नेमा जोड दिइन । 
    धार्मिक एकता सञ्जाल पाल्हीनन्दनका अध्यक्ष  श्रीकान्त मिश्राले घरेलु हिंसा न्यूनीकरण, बाल विवाह तथा सामाजिक सद्भाव कायम गर्न गाउँस्तरमा काम गरिहेको र सामाजिक सद्भाव कायम गर्न विभिन्न सचेतना जगाउने कार्य गरेको बताए । 


    पत्रकार महासंघका अध्यक्ष केशव पराजुलीले सामाजबाटै सामाजिक सद्भावमा खलल पुग्ने भएकोले यसलाई सबै राजनीतिक दल र सबै पक्षका सरोकारवाहरुले आ–आफ्नो क्षेत्रमा सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । 


    उनले यस विषयमा मिडियाको क्षेत्रबाट सचेत भएर सबै मिडिया कर्मीहरु लागेको जनाए । 
    गैर सरकारी संस्थाकी अध्यक्ष सपना अधिकारी थापाले समाजबाटै सामाजिक सद्भाव कार्य गर्न जरुरी रहेको बर्ता्न । उनले भन्नि–‘सामाजिक सद्भावसँगै समाजमा लागुऔषध प्रयोगकर्ता र विकरलता बन्दै गएको  भन्दै यसलाई समाजबाटै तिस्कार  गर्नु पर्दछ ।’ 


    कार्यक्रममा शान्ति व्यवस्थापन तथा संरक्षणका सागर गौडेलले दिगो र शान्ति तथा ठुला ठुला विवाद तथा द्वन्द्वमा स्थानीय तहको पहल र समाजमा अहिले लागुऔषध बढ्दो प्रयोगका बारेमा कार्यत्रपत्र प्रस्तुत गरेका थिए । 


    सुनवल सामुदायिक विकास केन्द्र पाल्हीनन्दन गाउँपालिको समन्वय एंव यूनाइटेड मिसन टु नेपालको साझेदारीमा सञ्चालित घरेलु हिंसा न्यूनीकरणका लागि सामुदायिक मेलमिलाप तथा संवाद परियोजना २०२१ देखि पाल्हीनन्दन र प्रतापपुरमा सञ्चालित रहेको परियोजनाका कृष्ण पाण्डेले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij