२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

शीतलहरबाट नागरिक  बचाऔँ

शीतलहरबाट नागरिक  बचाऔँ

शीतलहरबाट नागरिक  बचाऔँ

शीतलहरबाट नागरिक  बचाऔँ

शीतलहरबाट नागरिक  बचाऔँ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष १० २०८२
बिहिवार, पौष १० २०८२
  • तराईमा सातादेखि अत्याधिक चिसो बढेको छ । शीतलहरले जनजीवन अस्तव्यस्त भएको छ । नागरिकको दैनिकी प्रभावित भएको छ । खासगरी बालबालिका, जेष्ठ नागरिक र सुत्केरी महिला प्रभावित भएका छन् । स्थानीय तहले विद्यालय बन्द गरेका छन् । तराईमा शीतलहरले नागरिकको ज्यान जाने जोखिम उत्तिकै छ । शीतलहरको जोखिम न्यूनीकरणका लागि चाल्नुपर्ने कदमबारे ध्यान नदिँदा नागरिकको सास्ती चुलिएको छ ।


    शीतलहर वर्षेनी जाडो याममा हुन्छ । शीतलहर दुई सातादेखि एक महिनासम्म पनि हुन सक्छ । यसले जनजीवन अस्तव्यस्त हुने र नागरिकको जीवन नै जोखिममा पर्नेबारे राज्यका निकाय जानकार छन् । सम्भावित जोखिमबारे जानकार हुँदा समेत जोखिम न्यूनीकरणका लागि आवश्यक कदम नचाल्नु दुःखद छ । शीतलहरलाई रोक्न सकिंदैन्, तर जोखिम न्यूनीकरण गर्न सकिन्छ । तहगत सरकारका निकायले गर्नुपर्ने काम गर्ने हो भने नागरिकको जीवन जोगाउन सकिन्छ । शीतलहरबाट बालबालिका, जेष्ठ नागरिक र सुत्केरी महिला प्रभावित हुँदा उनीहरुको रेखदेख र स्याहारका लागि स्थानीय तहले ध्यान दिन सक्छन्, अझ सबैभन्दा समस्या विपन्न नागरिकको दैनिकी भएको छ । चिसोमा न्यायो कपडाको अभाव छ । त्यसो त मुलुक संघीय संरचनामा गइसकेपछि स्थानीय तह र प्रदेश सरकारले विपन्न नागरिकलाई सुरक्षित आवासको व्यवस्थापनमा ध्यान दिइरहेका छन् । जेष्ठ नागरिकलाई मासिक भत्ताले पनि उनीहरुको जीवन सहज भएको छ । तर स्थानीय तहका जनप्रतिनिधिले शितलहरलाई सामान्य नमानी विपद्को रुपमा बुझेर वडा वडामा शीतलहरविरुद्ध अभियान चलाउन आवश्यक छ ।


    तराईमा जाडोमा अत्याधिक चिसो र गर्मीमा अत्याधिक गर्मी हुन्छ, जसले यहाँको जनजीवन अत्याधिक प्रभावित हुन थालेको छ । अत्याधिक चिसो र अत्याधिक गर्मीका कारण तराईमा जनजीवन अस्तव्यस्त हुँदा क्षति न्यूनीकरण गर्न सरकारको कार्ययोजना प्रष्ट छैन । कुनै पनि विपद् व्यवस्थापनमा हामी कहाँ पूर्व तयारीभन्दा विपदपछिको अवस्था व्यवस्थापनमा बढी ध्यान दिइरहेका हुन्छौं । तराईका गरिब र सीमान्तकृत समुदाय शीतलहरको असरबाट प्रभावित हुने भएकोले उनीहरुलाई जोगाउन पहलकदमी लिन आवश्यक छ । इट्टा उद्योगमा काम गर्ने मजदुरका छोराछोरीसँगै रहने भएकाले उनीहरुको स्वास्थ्य जोखिममा छ । तराईमा दाउराको अभाव छ, अझै पनि गुँइठामा खाना पकाउनेहरु धेरै छन् । उनीहरुको जीवनस्तर सुधार गर्न खाली जग्गा र सार्वजनिक जग्गामा बिरूवा रोप्ने र हुर्काउने अभियान चलाएर दाउराको पूर्ति गर्न सकिन्छ । 


    कतिपय पालिकाले सीमान्तकृत र गरिब परिवारलाई खाना पकाउन ग्यास चुल्हो बाँडे । कतिपयले सिलिण्डर समेत बाँडे । तर, पाएको ग्यास सिलिण्डर सकिएपछि अर्को सिलिण्डर किन्न नसक्दा कार्यक्रमको प्रभावकारितामा प्रश्न उठ्यो ।  अत्याधिक चिसोमा जेष्ठ नागरिक र बालबालिका प्रभावित हुने हुँदा उनीहरुलाई जोखिमबाट जोगाउन सचेतना कार्यक्रम चलाउनुपर्छ । चिसोमा अस्पतालमा निमोनियालगायतको समस्या बढ्ने भएकोले अस्पतालमा बिरामीको चाप हुन्छ । सीमान्तकृत र गरिब परिवारलाई न्यानोमा राख्न पालिकाले दाउरा र न्यायो कपडा वितरण गर्न सक्छन् ।  बिरामी भएपछि उपचार गर्न आर्थिक अभावले सकेसम्म अस्पताल जान नखोज्ने संख्या ठूलो छ, अस्पताल जान नखोज्नेलाई अस्पतालको पहुँचसम्म पु¥याउने काम पनि पालिकाको हो ।
    संकटका बेला नागरिकले राज्य खोज्छ । यही बेला हो, राज्यले नागरिकप्रति आफ्नो भूमिका देखाउने । तहगत सरकारबिच समन्वय र सहकार्यबाट नै महामारीलाई सामना गर्न सकिन्छ भन्ने हामीलाई कोभिड महामारीले सिकाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij