२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मुटु अस्पतालले उपचार बापतको करोडौं भुक्तानी सरकारबाट पाउन बाँकी

मुटु अस्पतालले उपचार बापतको करोडौं भुक्तानी सरकारबाट पाउन बाँकी

पाउनुपर्ने १८ करोड रुपैयाँ पुस मसान्तसम्म भुक्तानी नभए माघ १ गतेदेखि मिर्गौलाका बिरामीहरूको निःशुल्क डायलाइसिस सेवा बन्द गर्न बाध्य हुने अस्पतालले जनाएको छ ।

मुटु अस्पतालले उपचार बापतको करोडौं भुक्तानी सरकारबाट पाउन बाँकी

मुटु अस्पतालले उपचार बापतको करोडौं भुक्तानी सरकारबाट पाउन बाँकी

पाउनुपर्ने १८ करोड रुपैयाँ पुस मसान्तसम्म भुक्तानी नभए माघ १ गतेदेखि मिर्गौलाका बिरामीहरूको निःशुल्क डायलाइसिस सेवा बन्द गर्न बाध्य हुने अस्पतालले जनाएको छ ।

मुटु अस्पतालले उपचार बापतको करोडौं भुक्तानी सरकारबाट पाउन बाँकी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष १० २०८२
बिहिवार, पौष १० २०८२
  • बुटवल
    मुटु र मिर्गाैलाको उपचार गरेबापत पाउनुपर्ने करिब १८ करोड रुपैयाँ तत्काल भुक्तानी दिन सरकारसँग बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले माग गरेको छ । 


    मुटु र मिर्गौलाका बिरामीहरूको उपचार गरेबापत सरकारबाट २० करोड ३९ लाख ३१ हजार ८७९ प्राप्त गर्न बाँकी रहेकोमा दुई  करोड ५८ लाख २२ हजार पाँच सय रुपैयाँ मात्र भुक्तानी पाएकाले निःशुल्क उपचार सेवा रोक्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको अस्पतालले जनाएको छ । 


    अस्पतालले बुटवलमा पत्रकार सम्मेलन गरी नेपाल सरकारबाट भुक्तानी पाउन बाँकी १७ करोड ८१ लाख रुपैयाँ पुस मसान्तसम्म प्राप्त नभएमा माघ १ गतेदेखि मिर्गौलाका बिरामीहरूको निःशुल्क डायलाइसिस सेवा र मुटु उपचारमा प्रदान गर्दै आएको एक लाख रुपैयाँ बन्द गर्न बाध्य हुने जानकारी गराएको छ ।


    करोडौं रकम भुक्ताउनी पाउन बाँकी रहेकाले अस्पताल आर्थिक संकटमा परी अन्य उपचार सेवा प्रभावित हुने अवस्था सिर्जना भएको अध्यक्ष एजाज आलमले गुनासो गरे । 


    ‘सरकारले नियमितरूपमा प्रदान गर्नुपर्ने करोडौं रकम समयमा भुक्तानी नदिँदा अस्पताल ऋणमा डुब्न थाल्यो, औषधि र उपकरणहरूको सप्लाई रोकिएको छ,’ अध्यक्ष आलमले भने–‘चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूको तलब भुक्तानीमा समस्या भएको छ, विपन्न नागरिक औषधि–उपचार कार्यक्रमअन्तर्गतको निःशुल्क उपचार सेवा रोक्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।’ 


    सरकारले सञ्चालन गरेको विपन्न नागरिक औषधि उपचार कार्यक्रमको भुक्तानी कुनै वर्ष स्वास्थ्य विभागबाट त कुनै वर्ष बिमा बोर्डबाट गर्ने गरेको छ । एउटा निकायबाट अर्को निकायमा सार्दा समस्या उत्पन्न भइरहेको अध्यक्ष आलमले बताए । 


    सरकारले सञ्चालन गरेको विपन्न नागरिक औषधि–उपचार कार्यक्रमअन्तर्गत  यस वर्ष मात्रै एक हजार ३८४ जना मुटुका बिरामीहरूलाई चार करोड ६४ लाख ८९ हजार १४ रुपैयाँबराबरको र मिर्गाैला बिरामीहरूको डायलाइसिसको  १३ करोड ९४ लाख ६५ हजारबराबरको ५५१ जनाको डायलाइसिस गरिएको अस्पतालले जनाएको छ । मुटु र मिर्गौलाका गरी वर्ष मात्रै १८ करोड ५९ लाख ५४ हजार १४ रुपैयाँबराबरको उपचार सेवा प्रदान गरिएको छ ।


    अस्पतालले अतिविपन्न असहाय बिरामीहरूको उपचारका लागि यस वर्ष एक करोड ४५ लाख ७२ हजार ११९ रुपैयाँबराबरको निःशुल्क उपचार गरिएको पनि जनाएको छ । यसका साथै  संस्थाका विशिष्ट सम्मानित सदस्य तिलप्रसाद भट्टराईले पाँच जना डायलाइसिसका बिरामीहरूलाई तीन लाख ४१ हजार ४५९ रुपैयाँबराबरको औषधि निःशुल्क उपलब्ध गराएका अस्पतालले जनाएको छ ।


    आर्थिक वर्ष ०७९-०८० मा स्वास्थ्य बिमाबाट स्वास्थ्य विभागमा सार्दा बाँकी रहेको ६ करोड १९ लाख ७२ हजार पाँच सय रुपैयाँ हालसम्म पनि प्राप्त हुन नसकेको पनि अस्पतालले जनाएको छ । अस्पतालले विगतमा पनि सरकारी निकायबाट हैरानी व्यहोर्नुपरेको गुनासो गरेको छ ।  ०८१ चैतदेखि ०८२ असारसम्म अन्य शाखाहरूबाट प्रदान गरिएको र ०८१ चैतदेखि ०८२ बैशाखसम्म बुटवलबाट प्रदान गरिएको डायलाइसिस सेवाको भुक्तानी प्राप्त हुँदा ८५ लाख ४५ हजार रुपैयाँ कम प्राप्त भएको अध्यक्ष आलमले बताए  । उक्त रकम के–कति कारणले कम प्राप्त भएको हो भनी बिमा बोर्डमा बुझ्दा स्वास्थ्य विभागमा बुझ्नु भन्ने र स्वास्थ्य विभागमा बुझ्दा बिमा बोर्डमा बुझ्नु भन्ने गैरजिम्मेवार जवाफ प्राप्त हुने गरेको उनले बताए ।


    अस्पतालले  बुटवलबाट ३११ जना, लमहीबाट २७ जना, पाल्पाबाट ५९ जना, वालिङबाट ६७ र कपिलवस्तुबाट ५७ गरी ५५१ जना मिर्गौलाका बिरामीहरूले नियमित रूपमा निःशुल्क डायलाइसिस गराउँदै आएको आलमले बताए ।


    अस्पतालबाट स्थापनाको १२ वर्षमा मुटु, मिर्गौला तथा जनरल फिजिसियनका गरी हालसम्म पाँच लाखभन्दा बढी बिरामीको उपचार भएको छ । ०७० पुस १० गतेबाट सेवा सुरु गरेको यस अस्पतालमा ०७३ सालमा सञ्चालन गरिएको क्याथ ल्याबबाट मात्रै एन्जियोग्राफी, एन्जियोप्लास्ट, अस्थायी पेसमेकर, स्थायी पेसमेकर, पेरिकार्डियो सेन्टिसिस, राइट हार्ट क्याथेटराजेसन र पिटिएमसी गरी ६ हजार पाँच सय ६९ जनाले सेवा प्राप्त गरेको अध्यक्ष आलमले बताए ।


    उनका अनुसार ०७२ सालदेखि सुरु गरिएको मिर्गौलाको उपचार सेवाबाट पनि बिरामीहरूले हालसम्म तीन लाख १३ हजार ७२१ सेसन निःशुल्क डायलाइसिस सेवा प्राप्त गरेका छन् । यस अस्पतालले बुटवलसँगै दाङ जिल्लाको लमही, पाल्पा जिल्लाको तानसेन, स्याङ्जा जिल्लाको वालिङ र कपिलवस्तु जिल्लाको वाणगंगामा डायलाइसिस सेन्टर स्थापना गरी सञ्चालन गर्दै आएको छ ।  


    रुपन्देही उद्योग संघको संरक्षकत्वमा सञ्चालित यस अस्पतालमा विभिन्न रोटरी क्लब, समाजसेवीलगायतको आर्थिक सहयोग रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij