२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

औद्योगिक प्रदर्शनीमा पहिलो सातामा एक लाख दर्शक, आठ करोड कारोबार

औद्योगिक प्रदर्शनीमा पहिलो सातामा एक लाख दर्शक, आठ करोड कारोबार

औद्योगिक प्रदर्शनीमा पहिलो सातामा एक लाख दर्शक, आठ करोड कारोबार

औद्योगिक प्रदर्शनीमा पहिलो सातामा एक लाख दर्शक, आठ करोड कारोबार

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष १० २०८२
बिहिवार, पौष १० २०८२
  • बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीको पहिलो सातामा करिब एक लाख अवलोकनकर्ता पुगेका छन् भने ८ करोडको कारोबार भएको छ । पुस ३ गतेदेखि १७ गतेसम्म रुपन्देही उद्योग संघले बुटवलमा आयोजना भएको १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा स्वदेशी उत्पादनहरुका स्टल मात्रै रहेका छन् ।


    संघका कोषाध्यक्ष विशाल बेलबासेले प्रदर्शनीको पहिलो सातामै करिब १ लाखभन्दा बढी अवलोकनकर्ता आएको र आठ करोड हाराहारीमा कारोबार भएको जानकारी दिए । पुसको पहिलो सातादेखि नै बुटवलमा हुस्यु तथा शीतलहर सुरु भए पनि त्यसको बाबजुत अवलोकनकर्ताको घुइँचो लागेको हो ।


     चिसो बढेका कारण उडान अवरुद्ध हुँदा केही राष्ट्रिय कलाकार चितवन आएर गाडीबाट आइरहेको र धेरैजसो पूर्वघोषित कलाकारहरुलाई जसरी पनि सहभागी गराउनेगरी सांस्कृतिक कार्यक्रमको तयारी भइरहेको सांस्कृतिक उप–समिति संयोजक लालप्रसाद बस्यालले बताए ।  


    संघका सचिव मञ्जु भुसालका अनुसार प्रदर्शनीमा धेरै महिला उद्यमीहरु सहभागी रहेका छन् र यहाँ आउने अधिकांश अवलोकनकर्ताहरु महिला उद्यमीको उत्पादनमा ध्यान केन्द्रित गरेको र ती उत्पादनहरुको बिक्री वितरण पनि राम्रो भएको ।  
    ‘अरु स्टलहरुमाभन्दा महिला उद्यमहरुको स्टलमा  पुग्नेहरुको भीड लागेको छ, हामीले ती उद्यमीहरुलाई विशेष प्रोत्साहन गरेर प्रदर्शनीमा राखेको अवस्था छ ।’


    उनले भनिन् । घरेलु उत्पादन, सामुहिक उत्पादन, हस्तकला, संस्कृति संरक्षणलगायतका उत्पादनहरुलाई महिला उद्यमीहरुले प्रदर्शनीमा राखेका छन् ।


    प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित वस्तुहरूको बजार प्रवर्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बिचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदानप्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने, अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावहरूको संकलन गरिरहेको अध्यक्ष कृष्णप्रसाद पराजुलीले जानकारी दिए ।


    ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनीमा विभिन्न विधाका १० वटा पेभिलियनहरु निर्माण गरिएको छ । प्रदर्शनीमा ३९ जिल्लाबाट सहभागिता रहेको छ । यी सबै स्वदेशी उद्योगहरु मात्रै रहेका छन् ।

     
    स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन हुने प्रदर्शनीमा आठ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको प्रबन्धक यादव भण्डारीले जानकारी दिए । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हाँस्य कलाकार, ब्याण्डहरुको सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगितालगायतका  प्रतियोगिताहरु समेटिएको महासचिव सुमन बस्याल बताउँछन् । 


     प्रदर्शनीको प्रचारप्रसार संयोजक इं किरण खरेलले प्रदर्शनीमा भएका सबै गतिविधिलाई प्रविधिमार्फत् विभिन्न मिडिया तथा सामाजिक सञ्जालहरुबाट सार्वजनिक गरिरहेको जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij