२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मणिमुकुन्दमा असल अभिभावक उत्प्रेरणा कार्यक्रम

मणिमुकुन्दमा असल अभिभावक उत्प्रेरणा कार्यक्रम

मणिमुकुन्दमा असल अभिभावक उत्प्रेरणा कार्यक्रम

मणिमुकुन्दमा असल अभिभावक उत्प्रेरणा कार्यक्रम

मणिमुकुन्दमा असल अभिभावक उत्प्रेरणा कार्यक्रम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, पौष १२ २०८२
शनिवार, पौष १२ २०८२
  • बुटवल । बुटवल योगीकुटीको  मणिमुकुन्द माध्यमिक विद्यालयले असल अभिभावक उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीलाई पढाईमा उत्कृष्टता संगै उनीहरुलाई  संस्कारयुक्त र  अनुशासित बनाउन अभिभावकको भूमिकाबारे बुझाउन उत्प्रेरणा कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । 

    कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालय र शिक्षक–शिक्षिकाको एक्लो प्रयासले मात्र बालबालिका पढाईमा अब्बल र संस्कारयुक्त नहुने भएकाले अभिभावकको पनि सकारात्मक भूमिका हुनुपर्नेमा जोड दिए । 
    कार्यक्रममा मोटिभेसनल प्रशिक्षक कमल सिलवालले बालबालिकाको पहिलो विद्यालय घर र पहिलो शिक्षक आमा बुबा भएकाले घरबाटै बालबालिकालाई संस्कारी र अनुशासित बनाउन सके मात्र उनीहरु पढाई पनि उत्कृष्ट बन्न सक्ने बताए । पछिल्लो समय बालबालिकाहरुमा स्मार्ट मोबाइल फोनको प्रयोगको लत अत्यधीक बढेकाले त्यसलाई कम गराउन अभिभावककै भूमिका हुने सुझाव दिए । बालबालिकालाई हप्कीदप्की र गाली गरेर नभई माया गरेर साथीको व्यवहार गरेर उनीहरुलाई पढाईमा ध्यान केन्द्रीत गर्ने बनाउन सकिने सिलवालले सुझाव दिए । 
    अभिभावकले पनि मोबाइलको प्रयोग कम गरेमा बालबालिकाले पनि कम गर्ने र बालबालिकालाई आध्यात्मिक बाटोमा हिंडाउन सके उनीहरु संस्कारी र अनुशासित हुने बताए । 
    विद्यालय सञ्चालक समितिका उपाध्यक्ष उमापति न्यौपानेले बालबालिकाको पढाई संगै सर्वाङगीण विकासमा अभिभावकको भूमिका महत्वपूर्ण हुने भएकाले विद्यालयले तीन वर्षदेखि नियमितरुपमा असल अभिभावक उत्प्रेरणा कार्यक्रम सञ्चालन गरिरहेको बताए । 
    अभिभावकले बालबालिकालाई परीक्षाको रिजल्टलाई तुलना गरेर निरुत्साहित गर्न नहुने बरु उसको क्षमता र रुची पहिचान गरेर सोही अनुसारको क्षेत्रमा अघि बढ्न प्रेरित गर्नुपर्ने न्यौपानेले बताए । 
    बदलिंदो समय र परिवेश अनुसार अभिभावकहरु पनि बदलिएर आफ्ना सन्ततिलाई धन सम्पत्तिले धनी भन्दा समाज र देशका लागि योगदान गर्न सक्ने असल नागरिक बन्न सानै उमेरदेखि सिकाउनुपर्ने न्यापानेले अभिभावकलाई सुझाव दिए । विद्यालय र कलेजको उत्कृष्ट पठनपाठनकै कारण मणिमुकुन्दका विद्यार्थीले एमबीबीएस लगायतका विषयमा उच्च शिक्षा अध्ययनमा पूर्ण छात्रवृत्तिमा यस क्षेत्रमै सबैभन्दा धेरै विद्यार्थीले नाम निकाल्न सफल हुने गरेको न्यौपानेले बताए । 
     कार्यक्रममा विद्यालयका संयोजक हरिप्रसाद पौडेलले संस्कारयुक्त शिक्षा दिएर विद्यार्थी र अभिभावकको विश्वास जित्ने गरी विद्यालय अघि बढेको बताए । 

    अभिभावक रेखा बोहरा, सीता पौडेल र रुक्मागत पाण्डेले  विद्यालयले सञ्चालन गर्दै आएको असल अभिभावक उत्प्रेरणा कार्यक्रमले अभिभावकको आफ्ना बालबालिकाप्रतिको जिम्मेवारी र दायित्वबारे थप बुझ्न सहयोग मिलेको र यो कार्यक्रम निकै प्रभावकारी भएको बताए । 
    कार्यक्रममा प्ले ग्रुपदेखि कक्षा ३ सम्म र ४देखि कक्षा १० सम्म गरी दुई चरणमा ६ सय बढी अभिभावकलाई प्रशिक्षण दिइएको शिक्षक प्रकाश सुवेदीले जानकारी दिए । 
        

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij