२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सोमबारदेखी हुने जिल्लास्तरीय स्नुकर प्रतियोगिताको तयारी पुरा, खेलतालिका सार्वजनिक

सोमबारदेखी हुने जिल्लास्तरीय स्नुकर प्रतियोगिताको तयारी पुरा, खेलतालिका सार्वजनिक

सोमबारदेखी हुने जिल्लास्तरीय स्नुकर प्रतियोगिताको तयारी पुरा, खेलतालिका सार्वजनिक

सोमबारदेखी हुने जिल्लास्तरीय स्नुकर प्रतियोगिताको तयारी पुरा, खेलतालिका सार्वजनिक

सोमबारदेखी हुने जिल्लास्तरीय स्नुकर प्रतियोगिताको तयारी पुरा, खेलतालिका सार्वजनिक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, पौष १३ २०८२
आइतवार, पौष १३ २०८२
  • बुटवल । नेपाल बिलियड्र्स पुल तथा स्नूकर संघ रुपन्देहीको आयोजनामा बुटवलमा  हुने नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । बुटवलस्थित खस्यौली स्नूकर क्लबमा पुस १४ सोमबार हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गर्दै खेलको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको हो । 

    एक हप्तासम्म प्रतियोगिता सञ्चालन हुने प्रतियोगितामा १ सय २८ खेलाडी सहभागि भएको संघका अध्यक्ष सुजन पुनले जानकारी दिए ।  ८ वटा समुहमा १६/१६ खेलाडी रहनेगरि बिभाजन गरि खेल तालिका सार्वजनिक गरिएको उनले बताए । ८ वटा समुह बिजेताका बिचमा क्वाटरफाइनल खेलाईने जानकारी गराए । 

    सोमबार हुने उद्घाटन समारोहको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नेछन् । खेलहरु बुटवलस्थित खस्यौली स्नूकर क्लबमा हुनेछन् । 

    प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ५० हजार तथा हाइएस्ट स्कोररले २० हजार,उदियमान खेलाडी र अनुसासित खेलाडीले ५/५ हजार र स्नूकर स्टीक प्राप्त गर्ने छन् । स्नूकरको जिल्लास्तरीय प्रतियोगिताको विजेताले पाउने यो राशी हालसम्मकै सर्वाधिक भएको अध्यक्ष पुनले बताए ।

    प्रतियोगिताको निरन्तरता र खेलाडीको प्रोत्साहनमा बुटवल उपमहानगरको आर्थिक सहयोग महत्वपूर्ण रहको अध्यक्ष पुनले बताए । उनले १५ लाख रुपैयां खर्च अनुमान गरिएको प्रतियोगितालाई बुटवल उपमहानगरपालिकाको मुख्य आर्थिक सहयोग रहेको बताए ।

    संघले नियमितरुपमा हरेक वर्ष प्रतियोगितालाई निरन्तरता दिएर स्नुकर खेल लाई थप उचाइमा पुराएको महासचिव प्रकाश क्षेत्रीले बताए । प्रतियोगिता सम्पन्न गर्न विभिन्न ६ वटा उपसमितिहरु गठन गरिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij