२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

निर्वाचन आचारसंहिताको पालना

निर्वाचन आचारसंहिताको पालना

निर्वाचन आचारसंहिताको पालना

निर्वाचन आचारसंहिताको पालना

निर्वाचन आचारसंहिताको पालना
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष १४ २०८२
सोमवार, पौष १४ २०८२
  • निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ । निर्वाचनलाई मर्यादित र व्यवस्थित गर्न आचारसंहिता तयार गरी लागु गरिन्छ । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तय भएकाले आयोगले निर्वाचन लक्षित तयारी तीव्र बनाएको छ । निर्वाचन हुन्छ वा हुँदैन भन्ने व्यापक अन्यौल भइरहे पनि आयोगको तयारीले निर्वाचनको वातावरण बनाउँदैछ । यद्यपी अझै तोकिएकै मितिमा निर्वाचन हुन्छ भन्ने विश्वास गर्ने आधार तयार भएको छैन । निर्वाचनका लागि गर्नुपर्ने सरकारी तयारी थुप्रै बाँकी रहेका र प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकोले छिनोफानो भएपछि मात्रै निर्वाचनको माहौल बन्ने छ ।


    निर्वाचन आयोगले तयार गरेको स्वीकृत आचारसंहिता माघ पहिलो साताबाट कार्यान्वयनमा जानेछ । निर्वाचन आचारसंहिताको पालना गर्ने र गराउने कामले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सघाउँछ । तसर्थ निर्वाचन आयोग, सरकारका निकायहरु, राजनैतिक दल, उम्मेदवार र नागरिकले आचार संहिताको पालना गर्ने र गराउने जिम्मेवारी र कर्तव्यबाट पन्छिनु हुँदैन । स्वच्छ, मर्यादित र निष्पक्ष निर्वाचनले मात्रै लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्न सक्छ । आचारसंहिता पालना गर्दा वा नगर्दा केही नहुने भएकाले पालना अनिवार्य नठान्ने पंक्ति पनि समाजमा छ । कानुन झैं अनिवार्य नभएकाले आचारसंहिताप्रति बेवास्ता गरेको पाइन्छ । तर निर्वाचन आचारसंहिता केबल नैतिकताको विषय मात्रै होइन, यो त कानुन झैं पालनाका लागि अनिवार्य छ । 


    फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक उम्मेदवारले चुनावी प्रचारप्रसार गर्दा दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने,  दुईभन्दा बढी गाडी प्रयोग गरे कारबाही हुने आचारसंहितामा उल्लेछ । आचारसंहितामा भएको यो व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक छ । त्यसको पहलकदमी निर्वाचन आयोगले लिनुपर्छ । आचारसंहितामा उल्लेख हुने, तर कार्यान्वयन नहुने प्रवृत्तिले आचारसंहिताप्रति विश्वास जाग्न सकेको छैन ।


    लोकतन्त्रमा अधिकतम नागरिकको सहभागितामा हुने निर्वाचनलाई राम्रो मानिन्छ । निर्वाचनमा सबै राजनैतिक दल सहभागी हुन पाउने वातावरण जति आवश्यक छ, निर्वाचनमा तडकभडक र खर्चिलो प्रचारलाई रोक्न पनि उत्तिकै जरूरी छ । तडकभडक र खर्चिलो प्रचारले मतदाता अवाञ्छित ढंगले प्रभावित हुनसक्छन् । मतदातालाई आर्थिक प्रलोभनमा पार्ने प्रयास पनि हुनसक्छ । तसर्थ आचारसंहिताको पालनामा कडाइ गरी अवाञ्छित क्रियाकलाप नियन्त्रणमा ध्यान दिनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij