२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दलहरूको अपारदर्शी समानुपातिक सूची

दलहरूको अपारदर्शी समानुपातिक सूची

दलहरूको अपारदर्शी समानुपातिक सूची

दलहरूको अपारदर्शी समानुपातिक सूची

दलहरूको अपारदर्शी समानुपातिक सूची
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष १७ २०८२
बिहिवार, पौष १७ २०८२
  • आगामी फागनु २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले समानुपातिक प्रणालीतर्फका दलहरूले निर्वाचन आयोगमा बुझाएको उम्मेदवारको बन्दसूचीप्रति प्रश्न उठेको छ । बन्दसूचीमा समावेश नामले दलहरू सुधार होइन्, पुरानै ढंगले चल्न खोजी रहेका छन् भन्ने देखिन्छ । पूराना भनिएका कांग्रेस-एमालेलगायत मात्रै नभएर नयाँ राष्ट्रिय स्वतन्त्र पार्टीको हविगत उस्तै छ । पारदर्शी छनौटलाई बेवास्ता गरेर समाजमा कुनै ढंगले बर्चश्व जमाएका व्यक्ति र उनीहरुका परिवारिक सदस्यलाई उम्मेदवार बनाउनुको अर्थ हो,–समाजमा राजनीति तरमारा वर्गकै हालीमुहाली छ ।


    राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङको पार्टी र काठमाडौंका मेयर बालेन्द्र साहको समूह मिसिएपछि जुन उत्साह छ, समानुपातिक सूचीले निराश बनाएको छ । नेताका आफन्तहरुको लामो लस्कर छ, विगतमा अरु पार्टीमा बर्चश्व जमाएका व्यवसायिक घरानाको पकड पनि यो पार्टीमा देखियो । प्रतिष्ठित व्यवसायी चन्द्र ढकालका छोरा, नेता घिसिङका भाञ्जालगायतका आफन्त, दलित कोटामा विभिन्न क्षेत्रमा सेलीब्रेटी भएकाहरुको तछाडमछाड देख्दा राजनीतिमा भुइँमान्छेको प्रवेश र सहभागिता कमजोर बनेको छ । समावेशी प्रतिनिधित्व र नीति निर्माण तहमा भुइँ मान्छेको सहभागिताका लागि समानुपातिक सूचीबाट उम्मेदवार विजयी हुने प्रणाली संविधानमा राखिएको हो । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये प्रत्यक्षमा १६५ जना निर्वाचित हुन्छन् । समानुपातिकमा ११० जना निर्वाचित हुने व्यवस्था छ । समानुपातिक प्रणालीबाट निर्वाचित हुने ११० जना सीमान्तकृत र समाजमा विशिष्ट योगदान दिएका विज्ञ पर्नुपर्ने संवैधानिक मर्मलाई कुल्चेर राजनैतिक दलहरुले जुन रवैया देखाएका छन्, यसले नागरिकलाई दलप्रति वितृष्णाको जोखिम छ ।


    एमाले–कांग्रेसमा कतिपय अनुहार पटक–पटक चुनाव लडेका अनुहार छन् । यद्यपी एमालेले यो सूची नयाँसहित तीन पुस्ताको संयोजन भएको बताएको छ । कांग्रेसमा पनि समानुपातिकको सूचीप्रति चर्को असन्तुष्टि छ । नेता अर्जुननरसिंह केसी समानुपातिक सूचीमा परेपछि आलोचना भएपछि महामन्त्री गगन थापाले प्रष्टिकरण दिएका छन् । रास्वपामा चुलिएको असन्तुष्टिलाई मत्थर पार्न कमजोरी सुधार गर्न सकिने सभापति रवि लामिछानेले बताएका छन् ।


    निर्वाचन आयोगको कार्यतालिकाअनुसार उम्मेदवारको नाम संशोधन, उम्मेदवार स्वयंले नाम फिर्ता लिने, रिक्त स्थानमा नयाँ नाम राख्ने जस्ता केही चरणका काम पूरा गर्दै माघ २० गते अन्तिम बन्दसूची प्रकाशित हुनेछ । त्यसबेलासम्मका लागि दलहरुलाई सुधारको मौका छ । पारदर्शी हुँदै संवैधानिक मर्मको हेक्का राख्दा लोकतन्त्रमा दलहरूको जीत हुन्छ । उनीहरु नै बलिया हुन्छन् । दलहरूप्रति जनविश्वास बलियो हुँदै जान्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij