२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एक वर्षमा अन्तर्राष्ट्रिय उडान गर्ने यात्रु १९ हजार मात्रै

एक वर्षमा अन्तर्राष्ट्रिय उडान गर्ने यात्रु १९ हजार मात्रै

एक वर्षमा अन्तर्राष्ट्रिय उडान गर्ने यात्रु १९ हजार मात्रै

एक वर्षमा अन्तर्राष्ट्रिय उडान गर्ने यात्रु १९ हजार मात्रै

एक वर्षमा अन्तर्राष्ट्रिय उडान गर्ने यात्रु १९ हजार मात्रै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बिहिवार, पौष १७ २०८२
बिहिवार, पौष १७ २०८२
  • भैरहवा  
    भैरहवामा अवस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षमा ७ लाख ७८ हजार ९ सय ३० जना यात्रुले उडान अवतरण गरेका छन् । 


    २०२३ फागुन १७ मा आन्तरिक विमानस्थलको रूपमा उद्घाटन भएको र २०७९ जेठ २ गते (बुद्ध पूर्णिमाको दिन) अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा औपचारिक उद्घाटन गरिएको विमानस्थलले सन २०२५ मा आन्तरिकतर्फ १२ हजार ५ सय ३३ उडानमार्फत् ७ लाख ५९ हजार ३ सय ७९ यात्रुलाई सेवा दिएको छ भने अन्तर्राष्ट्रियतर्फ ३ सय ९३ उडानमार्फत् १९ हजार ५ सय ५१ यात्रुलाई सेवा दिएको छ । 


    विमानस्थल सञ्चालन नहुनुमा पूर्वाधारको अभाव नभएको प्राधिकरणको दाबी छ । समस्यालाई सम्बोधन गर्न यात्रु सेवा शुल्क, ल्यान्डिङ÷पार्किङ्÷नेभिगेसन, पर्यटन शुल्कमा शत प्रतिशत छुट र ग्राउन्ड ह्यान्डलिङमा ७५ प्रतिशत छुट दिइएको सूचना अधिकारी विनोद रावतले जानकारी दिए ।


    नेपाल नागरिक उड्डयन प्राधिकरणको २७औँ वार्षिकोत्सवको अवसर पारेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सञ्चालन गर्ने तयारी भइरहेका बेला अर्बौँ रुपैयाँको लगानीमा निर्माण गरिएको उक्त विमानस्थल अझै पनि पूर्णरूपमा सञ्चालनमा आउन नसक्दा लुम्बिनी प्रदेशको अर्थतन्त्र, पर्यटन र व्यावसायिक क्षेत्र चिन्तित छन् ।


    अन्तर्राष्ट्रिय उडानको केन्द्र बनाउने लक्ष्यसहित निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अपेक्षित रूपमा सञ्चालन हुन नसक्दा प्रदेश सरकारदेखि निजी क्षेत्र, पर्यटन व्यवसायी तथा स्थानीयवासीसम्म निराश बनेका हुन् । 


    वार्षिकोत्सवको अवसरमा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री विमानस्थल सञ्चालनका लागि आवश्यक परे प्रदेश सरकारले जिम्मेवारी लिन तयार रहेको भन्दै श्रम स्वीकृति दिने कार्यालय यही स्थापना गर्न, स्वास्थ्य जाँच प्रदेश सरकारले गर्ने समेत प्रस्ताव राखेको बताउदै संघीय सरकारले यस सम्वन्धि अधिकार नदिँदा ती काम अघि बढ्न नसकेको बताए ।


    उनले अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित रूपमा सञ्चालन गर्न विदेशी राष्ट्रहरूसँग कूटनीतिक सम्बन्धका आधारमा वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै हवाई उडान नियमित गर्न विश्व समुदायको विश्वास आर्जन गर्न कूटनीतिक पहल अपरिहार्य रहेको जनाए ।


    संघीय सरकारले विमानस्थल सुचारु गर्न अविलम्ब ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले प्रदेश सरकार साझेदारी गर्न पूर्णरूपमा तयार रहेको स्पष्ट पारे । तर, प्रदेश सरकारले अघि सारेका प्रस्तावहरूमा संघीय सरकारले हालसम्म कुनै निर्णय नगरेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे । ‘अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध अगाडि बढाएर, विश्वास आर्जन गरेर यो विमानस्थल सुचारु गर्न जरुरी छ, गरिनुपर्छ । त्यसको निम्ति प्रदेश सरकारबाट के कती जिम्मेवारी लिनुपर्ने हो हामी तयार छौं ।’– उनले भने ।


    मुख्यमन्त्री आचार्यले परिणाममुखी ढंगले काम गर्न प्रदेश सरकार तयार रहेको बताउँदै व्यवसायीहरूका समस्या समाधानका लागि पटक पटक वार्ता भए पनि ठोस समाधान हुन नसकेको उल्लेख गरे । उनले संघीय सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण गराउँदै लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा राखिएको लक्ष्य र उद्देश्यअनुसार तत्काल नियमित सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरे ।


    लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनी प्रदेशको मात्र नभई समग्र मुलुकको गौरवको आयोजना भएको बताएका छन् । उनले विमानस्थल सञ्चालनमा देखिएका समस्या समाधानका लागि संघीय सरकार, प्रदेश सरकार र सम्बन्धित निकायबिच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताए ।


    विमानस्थलको पूर्वाधार पूर्णरूपमा तयार भइसकेको भए पनि उडान संख्या र यात्रु आवागमन बढाउन सबै सरोकारवालाहरूको सामूहिक प्रयास अपरिहार्य रहेको विमानस्थल विमानस्थलका निमित्त महाप्रवन्धक श्यामकिसोर साहले बताए । त्रिभुवन विमानस्थलभन्दा सुविधा र प्रविधिका हिसाबले गौतमबुद्ध विमास्थल एक कदम अगाडि रहेको छ,  तर त्रिभुवन विमानस्थलको यात्रुको चाप भैरहवाले साझा गर्न नसकेको उनले बताए । सरकारले भैरहवालाई कार्गो हब बनाउने नीति लिए पनि कार्यान्वयन हुन नसकेको बताउँदै उनले एक वर्षभित्र यो विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको लागि पहल गरेको जनाए ।

    विमानस्थलबाट नियमित उडान सञ्चालनका लागि सरकारलाई अनुरोध गर्नेदेखि कुटनीतिक पहल भइरहेकाले सन् २०२६ को अन्त्यसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको संख्या वृद्धि हुने उनले बताए । वमानस्थल सञ्चालन महाशाखा प्रमुख मुरारीप्रसाद पौडेलले गत कार्तिक ९ गतेबाट थाइ एयर एसियाले भैरहवा–बैंकक सातामा दुई दिन उडान भरिरहेको जानकारी दिए । त्यसबाहेक नेपालले कतार सरकारलाई उपहार प्रदान गरेका दुई हात्तीलाई पनि कतार एयरवेजको जहाजमार्फत् भैरहवाबाटै पठाइएको थियो ।


     यसबाट भैरहवामा ठूला जहाजले सेवा दिन सक्ने पुष्टि भएको उनले जनाए । ‘भैरहवामा निजी क्षेत्रलेमात्र होइन, सरकारले पनि अर्बौं लगानी गरेको छ,’ उनले भने–‘यो विमानस्थल सञ्चालन नभए निजी क्षेत्रमात्र होइन सरकार पनि डुब्ने अवस्था छ, त्यसैले जतिसक्दो छिटो विमानस्थल चलाउन ‘एभिएसन डिप्लोमेसी’ अपनाउनु पर्नेछ ।’


    नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष चन्द्रबहादुर थापा, सिद्धार्थ सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवाली, सिद्धार्थ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दीलीपकुमार कान्दुलगायतले बोल्दै विमानस्थल दिगो सञ्चालनका लागि निजी क्षेत्र हातेमालो गर्न तयार रहेको, नियमित उडानका लागि बारम्बार दबाब र आन्दोलनका कार्यक्रम आयोजना गरे पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुनु दुखद रहेको बताउँदै विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रले खेल्नुपर्ने भूमिकाका लागि सधैँ तयार रहेको बताए ।
    विमानस्थल सञ्चालन नहुँदा सरकार र निजी क्षेत्रको लगानी डुब्ने अवस्थामा पुगेका कारण सबै सरोकारवाला एकजुट भएर सञ्चालनका लागि रहनुपर्ने बताए । कार्यक्रममा वार्षिकोत्सव अवधिमा आयोजना गरिएका विभिन्न खेलका बिजेता र उप–विजेतलाई पुरस्कृत गरिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij