परासी रामग्राम जेसीज परासीले २५औँ स्थापना दिवस मनाएको छ । जेसीजले अफानो २५औँ स्थापना दिवस रजत जयन्ती रुपमा मनाएको हो । युवाहरुको नेतृत्व बिकास क्षमता गर्ने संस्था जेसीजले सदरमुकाम परासीमा बुद्धको मूर्ति स्मारक तथा जेसीज गेट निमार्ण गरी मनाईएको रामग्राम जेसीज परासीका बर्ष २०२५ अध्यक्ष बिष्णु राव हरिजनले जानकारी दिए ।
गेट निमार्ण र बुद्धको मूर्ति निमार्णसंगै परासी बजार सुन्दरियकरण र पर्यटन प्रबद्र्धन जेसीजको समाजिक पहिचान कायम हुने बताए ।
रजत जयन्ती तथा स्मारक अनवारण मूल समारोह समितीको संयोजक चन्द्रमाणि चौधरीले युवाहरुको नेतृत्व बिकास क्षमतासंगै जेसीजले समाज परिर्वतनमा भूमिका निर्वाह गदै यसक्षेत्रको पर्यटन विकासमा जेसीज सक्रिया रहेको बताए । जेसीजको महासचिव पुरुषोत्तम तिवारीले बुद्ध मूर्ति र गेटले परासी क्षेत्रको सौन्द्रयकरण र पर्यटन क्षेत्र चिानउने उद्येश्यले निमार्ण गरिएको बताए ।
रामग्राम नगरपालिकाका मेयर धनपत यादवले बुद्धको मूर्ति स्मारक अनवारण तथा जेसीज गेटको उद्ध्घाटन गरेका हुन । उद्धघाटन गदै यादवले युवाहरुको क्षमता बिकास र सामज परिवर्तनसगै सामाज गरेको काम उल्लेखनीय योगदानको चर्चा गदै पर्यटन बिकासमा पनि योगदन पुयाएको बताए ।
अहिलेको अवस्था युवाहरुले चाहेको परिर्वतन गर्न एक पाटा जेसीज पनि रहेको बताए । नगरपालिकाले शिक्षा स्वास्थ्य कृषि पर्यटन र युवाहरुको नेतृत्व क्षमता बिकास गर्न बजेट बिनियोजन गरी अगाडी बढेको बताए ।
रागम्राम नगरपालिका रहेका पर्यटन क्षेत्र रामग्राम स्तुप र पण्डितपुरलाई पर्यटन प्रबर्दन गदै बिकासतर्फ उन्मुख भएको तथा होस्टेट निमार्ण अगाडी बढाईएको बताए ।
कार्यक्रममा जेसीजका संस्थापक अध्यक्ष श्याम कुमार बस्याल, नेपाल जेसीजका पूर्व कार्यकारिण उपाध्यक्ष सन्दिप अग्रहरी नगारिक निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवाली,रामग्राम नगरपालिकाकी पूर्व उपमेयर रम्भा कुवँरले शुभकाना दिएका थिए ।




