२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलमा किया शोरुमको उद्घाटन

बुटवलमा किया शोरुमको उद्घाटन

बुटवलमा किया शोरुमको उद्घाटन

बुटवलमा किया शोरुमको उद्घाटन

बुटवलमा किया शोरुमको उद्घाटन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष १७ २०८२
बिहिवार, पौष १७ २०८२
  • बुटवल । कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रा. लि. द्वारा सञ्चालित किया नेपालको बुटवलमा आफ्‌नो शोरुम सञ्चालन गरेको छ । अंग्रेजी नयाँ वर्ष २०२६को पहिलो दिन बिहीबार बुटवलमा एक समारोहका बिचमा शोरुम उद्द्धाटन गरिएको हो । 

    किया नेपालले पश्चिम नेपालमा आफ्नो उपस्थिति थप विस्तार गर्दै किया बुटवल शोरुमको औपचारिक उद्घाटन गरिएको प्रालिका डाईरेक्टर रेखा घिमिरेले बताईन् । उनले बुटवलको स्वरुम मार्फत ग्राहक पहुँच विस्तार गर्नुका साथै प्रिमियम अटोमोबाइल अनुभव प्रदान गर्ने किया नेपालको प्रतिबद्धतालाई थप मजबुत बनाएको दाबी गरिन् । 

    एक्जुकेटिभ डाईरेक्टर टंक प्रसाद भट्टले कालिकानगर, बुटवलमा रहेको यो शोरूम नेपालका लागि किया ब्रान्डको एकमात्र अधिकृत वितरक रहेको बताए । उनका अनुसार यहाँ कियाको विश्वव्यापी शोरूम मापदण्डअनुसार डिजाइन गरिएको यस सुविधामा किया ब्रान्डका नवीनतम सवारी साधनहरूको प्रदर्शनी, व्यावसायिक बिक्री परामर्श तथा ग्राहक सहायता सेवा उपलब्ध गराइनेछ।

    44161b36-2f53-4cdf-bca0-3d718b688fb4.jfif

    मार्केटिङ हेड अनिश लामिछानेले तीव्र रूपमा विकास भइरहेको व्यावसायिक केन्द्र बुटवलमा किया नेपालको डिलर सञ्जाललाई थप सुदृढ गर्ने महत्वपूर्ण कदमका रूपमा लिइएको बताए।उनले नया सालमा इभि, पेटोल र हाइडोलिक गाडि भित्राउने योजना रहेको बताए । 

    बुटवल उद्योग बाणिज्य संघका महासचिव मुक्ति अधिकारीले बुटवलमा ब्यवसाय गर्न आएकोमा धन्यवाद दिँदै स्वागत गरे । उनले मध्याम बर्गका ब्यक्तिहरुले पनि चढने गाडी पनि भित्राउन आवस्यक रहेकोमा जोड दिए । 

    किया बुटवल शोरूमले पश्चिम नेपालमा किया सवारी साधनप्रतिको बढ्दो माग पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिईएको बुटवल स्वरुम प्रमुख रवि जिशिले जानकारी दिए । 

    किया नेपाल, कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रा. लि. द्वारा सञ्चालित, प्रगतिशील डिजाइन, उन्नत प्रविधि तथा ग्राहक केन्द्रित मोबिलिटी समाधानका लागि विश्वभर परिचित अटोमोबाइल ब्रान्ड कियाको आधिकारिक प्रतिनिधि हो। किया नेपालले देशभर आफ्नो उपस्थिति विस्तार गर्दै ग्राहकहरूलाई प्रिमियम उत्पादन र सेवा प्रदान गर्दै आइरहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij