२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पहिलो देशको राष्ट्रियता र स्वाभिमान बचाऔं तब मात्र निर्वाचन गराऊ

पहिलो देशको राष्ट्रियता र स्वाभिमान बचाऔं तब मात्र निर्वाचन गराऊ

पहिलो देशको राष्ट्रियता र स्वाभिमान बचाऔं तब मात्र निर्वाचन गराऊ

पहिलो देशको राष्ट्रियता र स्वाभिमान बचाऔं तब मात्र निर्वाचन गराऊ

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, पौष १८ २०८२
शुक्रवार, पौष १८ २०८२
  • आगामी फागुन २१ मा हुने भनिएको संसदीय निर्वाचनका लागि दलहरूले निर्वाचन आयोगमा समानुपातिक सांसदका लागि बन्द सूची दर्ता गराइसकेका छन् । तर त्यो मितिमा यो निर्वाचन हुन्छ कि हुन्न कुनै ठेगान छैन । पहिलो कुरा त त्यो पुरानो सांसद पुनस्र्थापनाका लागि कांग्रेस–एमालेका पूर्व सांसदहरुको बहुमतले सर्वाेच्च अदालतमा रिट निवेदन पेश गरिसकेका छन् । विद्यमान संविधानलाई मान्ने हो भने वर्तमान यो प्रम सुशीला नेतृत्वको सरकार अवैध छ । यस्तो सरकारले भंग गरेको त्यो प्रतिनिधिसभा स्वतः अवैधानिक छ । त्यसैले आफू एउटा कानुनको विद्यार्थी भएकाले पनि यो सांसद पुनस्र्थापना सर्वाेच्च अदालतबाट हुने सम्भावना बढी नै छ । 


    संविधानको भाग–७ संघीय कार्यपालिकाअन्तर्गतको धारा ७६ मा मन्त्रिपरिषद्को गठनअन्तर्गत उपधारा १,२,३,४,५,६,७,८,९ को व्यवस्था उल्लेख गरेको छ । पहिलो कुरा त वर्तमान यो सरकार यी कुनै पनि धारा र उपधाराअन्तर्गत बनेकै छैन । धारा ७६ मा मन्त्रिपरिषद्को गठनअन्तर्गत बनेकै छैन । धारा ७६ मा मन्त्री परिषदको गठनअन्तर्गत बनेकै छैन । धारा ७६ मा मन्त्री परिषद्को गठनअन्तर्गत उपधारा–१ मा भनिएको छ, राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्ति गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुनेछ । 


    अब प्रश्न गरौैं कुन प्रतिनिधिसभाको बहुमत प्राप्त संसदीय दलकी नेता प्रम सुशीला कार्की हुन् ? उत्तर छैन । होइनन् । अनि कसरी यिनी अहिले प्रम कि उम्मेदवार बनिन् र प्रधानमन्त्री भइन् ? वर्तमान नेपालको संविधानले यो कथित जेनजी आन्दोलनलाई चिनेको छैन र चिन्ने कल्पना पनि गरेको छैन । तब कुन आन्दोलन अनि कुन संविधानअन्तर्गत यो सरकार बनाइयो र राष्ट्रपतिले उनलाई प्रधानमन्त्रीका लागि सपथ दिलाए ? यसका लागि मूल दोषी राष्ट्रपति रामचन्द्र पौडेल नै छन् । 


    राष्ट्रपतिले यो संविधान जानेका वा पढेकै छैन भन्न मिल्दैन । संविधानको भाग ६ धारा ६१ को उपधारा २ ले ‘निजले यस संविधान र यस संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने छ । त्यस्तै उक्त धाराको उपधारा ४ मा संविधानमा पालन र संरक्षण गर्ने राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ’ भनिएको छ । तर उनले भनेका छन् बडो जुक्ति र प्रयासले यो संविधान बचाइयो र यो सरकार बनाइयो । त्यही अनुरुप आगामी फागुन २१ मा यो संसदीय निर्वाचन सम्पन्न गराऊ । हो, उनको यो जुक्ति र प्रयासलाई सम्मान नै छ ।

     
    तर उनको यो जुक्ति र प्रयास कुन संविधानअन्तर्गत छ ? प्रश्न गर्ने अधिकार हामी आम नेपाली जनतालाई छ कि छैन ? छ भने अब तत्काल राष्ट्रपति रामचन्द्र पौडेलले जनतासामु माफी मागी सर्वाेच्च अदालतलाई त्यसै अनुरुप जानकारी गराउनु प¥यो । नत्र भने यसको दोषी प्रम  सुशीला कार्की मात्रै होइनन् मुख्य दोषी राष्ट्रपति नै हुन् ।  आम जनताले बुझ्न प¥यो । कुनै कारण सांसद पुनस्र्थापना भए पहिलो काम यस्ता राष्ट्रपतिमाथि अविश्वास प्रस्ताव पारित गरी अपदस्त गराइनु पर्दछ ।


    नेपालमा मात्रै होइन विश्वका हरेक मुलुकहरुमा यस्ता आन्दोलन र विद्रोह पटकपटक हुँदै आएका छन् । तर नेपालमा भने यी सबैमा एक प्रकारको सम्झौता र आत्मसमर्पण हुँदै आएको छ । २००७, २०४६ , २०६२,०६३ सालमा भारतीय विस्तारवाद सामु आत्मसमर्पण र सम्झौता भने अहिलेको यो कथित जेनजी आन्दोलनमा पश्चिमा साम्राज्यवाद खासगरी अमेरिकी साम्राज्यवाद सामु आत्मसमर्पण देखिएको छ । सत्ताधारी कांग्रेस–एमाले र माओवादी सबै भागभाग । खाली राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति त्यसमा पनि उनको आत्मसमर्पणमा अरु कांग्रेसी–एमाले र माओवादी सबैको सहमतिमा यो साम्राज्यवादी कठपुतली सरकार बनेको स्पष्ट नै छ । यसमा तत्कालीन प्रतिपक्ष नेता प्रचण्डले समर्थनको खुलसा गरिसकेका छन् । देउवा मौन रहे पनि ओलीले घुमारो रुपमा त्यसलाई स्वीकार गरेका छन् । 


    तर अहिले भारत–अमेरिकाबिचको खटपति र रुस–भारत र चीनबिचको आपसी केही मेलमिलाप जस्तो देखिएकाले यो सरकार र कथित जेनजीहरुप्रति केही अन्यौलता देखा पर्न थालेको छ । 
    एकथरी जेनजीको नाममा देखा परेका पुराना र नयाँ दलहरु पश्चिमा साम्राज्यवादको निर्देशन र लगानीमा नयाँ दलीय एकता र धु्रवीकरणमा बढ्दो छ भने अर्काेतिर पुराना यथास्थितिवादी दलहरुमा पनि त्यस्तो पार्टी एकता र समझदारी बढ्दै जान थालेको छ । आगामी चुनाव केन्द्रित यो एकता र ध्रुवीकरणले नेपालको आगामी राजनीतिलाई अझ बढी विषाक्त पार्ने सम्भावना बढेर गएको छ । एकातिर पुराना दलप्रतिको जनताको बढ्दो विस्तृष्णा र नयाँ भनिनेप्रतिको जानेर वा नजानेर भएको आकर्षणले देशमा फेरि अर्काे विद्रोहको ज्वाला दन्कने सम्भावना देखिदैछ ।


    हालै मात्र करोडौं सहकारी रकम भ्रष्टाचारमा मुछिएका ठगी रास्वपाका सभापति रवि लामिछाने अनि काठमाडौंका मेयर बालेन साथै पूर्व विद्युत् प्राधिकरणका सिओ कुलमान घिसिङबिच पार्टी एकीकरण भएको छ । त्यो एकीकरणमा मुख्य भूमिका अमेरिकाको युथ काउन्सिलका एजेन्ट सुदन गुरुङको रहेको छ । यतिसम्मकि स्वयं उनले रवि–बालेनलाई कोठाको ढोका नै थुनेर एकता गर्न बाध्य पारेको बताएका थिए । त्यस्तै फेरि बाध्यता कुलमानमाथि पनि परेको बुझ्न सकिन्छ । जबकि सुदन गुुरुङ को हुन् र कहाँबाट परिचालित भएका छन् ? यो सबै छर्लङ्गै भइसकेको छ । प्रम सुशीला कार्कीका त उनी जेठो छोरा नै भइसकेका छन् । त्यसैले यो सबै पार्टी एकता पश्चिमा साम्राज्यवादीहरुको डिजाइनमा भइरहेको छ ।


    अझ अचम्म  त के छ भने दुनियाँले लुसिफर भनेर चिन्ने काठमाडौंका मेयर बालेन शाह जसले जेनजीहरुलाई आन्दोलनमा उतारेर यति ठूलो हत्या, हिंसा, तोडफोड,लुटपाट र आगजनी गराएकालाई भेट्न जाने लाभालस्कर त्यसमा पनि अझ लज्जास्पद एउटा पूर्व प्रधानमन्त्री समेतको त्यो भेट गराइले आखिर यो देशको सार्वभौमसत्ता र स्वाभिमान कहाँबाट र को द्वारा सञ्चालन भइसकेको छ ? स्पष्ट देखिन थालेको छ । बालेन शाह जसलाई रास्वपाले भावी प्रधानमन्त्री भनेर घोषणा गरिसकेको छ । अहिले सिंहदरबार सर्वाेच्च अदालत र संसद भवन जलाउन तम्सनेले यस्ता व्यक्ति अब साँच्चै नै प्रधानमन्त्री बने भने  सिंगो देश नै जली खरानी खरानी हुने निश्चित नै छ । 


    एक पटक युक्रेन राष्ट्रको अहिलेको स्थितिलाई राम्रोसँग बुझौं । त्यहाँ के भइरहेको छ ? लाखौं मान्छेहरु मारिएका छन् । लाखौं अपाङ्ग छन् । लाखौं विस्थापित भएका छन्, लाखौं शरणार्थी बने विदेशिएका छन् । यतिसम्मकि त्यहाँका युवाहरु जबर्जस्त युद्धमा जानु पर्दछ भनेर स्वयं आफैँले आआफ्नो हातखुट्टा भाँचेर घाइते भएको देखाउँदैछन् । ठीक यस्तै अवस्था अब नेपालमा पनि सुरुवात भइसकेको छ । अमेरिकी साम्राज्यवादी सहयोग परियोजना एमसीसी सदनबाट नै पारित भइसकेको छ । 


    अब त्यस्तै अमेरिकी शैन्य रणनीति एसपीपी पनि पारित भई अमेरिकी शैन्य अखडा बन्ने अवस्थामा छ । यस्तो अवस्थामा युक्रेनमा जस्तै यहाँ पनि नयाँ नेपाली जेलिनिस्की जन्मिसकेको र जन्माइदैछ । हुन पनि ती युक्रेनी जेलेनिस्कीको चरित्रसित ठ्याक्कै मेल खाने पात्र बालेन शाह देखिएका छन् । दुवै कलाकार एउटा हास्यकलाकार भने अर्काे ¥यापर । दुवैको लबाई खुवाई, बोलीचाली एउटै समान । त्यसैले अब यस्ता पात्रद्वारा देश बन्ने होइन कि युक्रेन जस्तै जल्ने हो ? सबैले समयमै बुझौं । 
    तै पनि एउटा खुुुसीको कुरा पूर्वी धरानका मेयर हर्क साम्पाङले काठमाडौंका यस्ता मेयर बालेनविरुद्ध आवाज उठाइरहेका छन् । बालेन जहाँबाट चुनावमा उठ्छ त्यहाँ उसलाई हराउन हर्क पुग्छ भन्दै देश दौडाहामा उनी छन् । 


    यस्ता साम्राज्यवादी दलालहरुलाई हराउन एउटा हर्कले मात्र पुग्दैन यस्ता सयौं हर्क अब नेपालमा जन्मनु पर्दछ । 
    नत्र भने नेपाल युक्रेन बन्ने निश्चित जस्तै भइसकेको छ । कांग्रेस–एमाले–माओवादीका यी सबै गतिछाडा हुतिहारा र भगौडाहरु अब सेरे–ओली–प्रचण्डे र माधवेको पछि होइन हर्क पछि लाग । सबैले हर्क र महेश बस्नेतलाई नेता छान । रवि, बालेन, कुलमान, बाबुराम, गगनजस्ता साम्राज्यवादी दलालहरुको विरुद्ध एक भई देशको राष्ट्रियता र स्वाभिमानका लागि अघि बढ । 
    अब आगामी फागुन २१ मा निर्वाचन हुने नहुने कुनै निश्चित छैन । यो निर्वाचन साम्राज्यवादी एजेण्डा हो । यस अर्थमा पनि यसको विरुद्धमा आम देशभक्त वामपन्थी र जनवादी सबै एक भई जानुछ । वर्तमान देशको आमूल परिवर्तन विना हुने यस्ता निर्वाचनको कुनै अर्थ छैन । यस अर्थमा पनि यसको बहिष्कार गर्नु जरुरी छ । 


    स्वयं जेनजीहरुमाथि ठूलो धोका र गद्दारी भएको छ । त्यसैले उनीहरु सब यो निर्वाचनका विरुद्ध नारा–जुलुस गर्दैछन् । पहिले देशको राष्ट्रियता र स्वाभिमान बचाउ त्यसपछि मात्र यस्ता निर्वाचन गराऊ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij