२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विमान उडान न्यूनको कारण र परिणाम

विमान उडान न्यूनको कारण र परिणाम

विमान उडान न्यूनको कारण र परिणाम

विमान उडान न्यूनको कारण र परिणाम

विमान उडान न्यूनको कारण र परिणाम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, पौष १८ २०८२
शुक्रवार, पौष १८ २०८२
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षमा ७ लाख ७८ हजार ९ सय यात्रुले उडान अवतरण गरेको मध्ये १९ हजार ५ सय ५१ जना अन्तर्राष्ट्रिय उडानमार्फत् यात्रा गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्याप्त उडान नहुँदा न्यून संख्याले मात्रै अन्तर्राष्ट्रिय उडानमार्फत् यात्रा गरेका हुन् ।


    झण्डै ४० अर्ब लगानीमा बनेको विमानस्थल नियमित नचल्दाको मूल्य मुलुकले चुकाउनु परेको छ । अर्बौं खर्चेर बनाइएको विमानस्थल नियमित नचल्दा लगानीप्रति प्रश्न उठेको छ । मुलुकलाई समृद्धितर्फ लैजान प्रतिफलमुखी आयोजनामा लगानी गर्न दबाब बढिरहेका बेला ठूला आयोजना असफलतातिर जाँदा लगानी र आयोजनाबारे व्यापक बहसको खाँचो देखिएको छ ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ड्रिम प्रोजेक्ट हो, यो विमानस्थललाई नियमित चलाउन सक्दा मुलुकको समृद्धिको ढोका खोल्न सकिन्छ । लुम्बिनी प्रदेशकै मात्र नभई मुलुककै समृद्धिको ढोका खोल्ने विमानस्थल चलाउन लिइएका पहलकदमी कामयाव हुन सकिरहेका छैनन् । मूलतः भारतीय अवरोध हटाउन नसक्नु नेपालको कमजोरी हो । भारतले दिने भनेको हवाई रूटमा सहमति हुन नसक्दा यो विमानस्थल सुनसान भएको छ । भैरहवा पश्चिमबाट हवाई रूट पाउने बित्तिकै विमानलाई उड्न र अवतरण गर्न सहज हुने भएकाले भारतीय पक्षसँग पटक–पटक गरेको छलफल निष्कर्षमा पुग्न नसक्दा समस्या भएको छ । भारतीय पक्षले हवाई रूट उपलब्ध गराउनका लागि गरेको अवरोध हटाउन कुटनीतिक पहलकदमी लिन आवश्यक छ । चुनावी सरकारले यो पहलकदमी सम्भव नभए पनि चुनावपछि बन्ने सरकारको प्राथमिकतामा यो विषय पर्नुपर्छ ।


    विमानस्थल चल्नका लागि यहाँ तत्काल श्रम स्वीकृतिको लागि कार्यालय आवश्यक पर्छ । मेडिकल जाँच, भिसा सेन्टर, कार्गो र विदेश पढ्न जाने विद्यार्थीको लागि नो अब्जेक्सन सर्टिफिकेट(एनओसी), ठूला ट्राभल एजेन्सीका कार्यालय स्थापना पनि हुनुपर्छ । ती कार्यालय नहुँदा सेवाग्राही काठमाडौं धाउनुपर्ने बाध्यता छ  । विमानस्थलमा केही विमानले उडान गरिरहेको भए पनि आवश्यक कार्यालय स्थापनामा ढिलाइले समस्या बढेको छ । मुलुकमा संघीय शासन प्रणाली स्थापना भइसकेको छ तर केन्द्रीकृत राज्य संरचनाको मनोविज्ञान बदलिन नसक्दा शासन प्रणाली संस्थागत हुन सकेको छैन । काठमाडौं केन्द्रित मनोविज्ञान तोड्न सक्दा मात्रै गौतमबुद्ध विमानस्थल चल्ने वातावरण बन्न सक्छ  । 


    भैरहवा विमानस्थलबाट चढ्ने यात्रु पर्याप्त हुन नदिन काठमाडौं केन्द्रीत ठूला ट्राभल एजेन्सीले अन्तर्राष्ट्रिय हवाई टिकटमा कार्टेलिङ गरेका, एयरलाइन्स कम्पनीहरुले भैरहवामा सम्पर्क कार्यालय नखोलेका र स्थानीय ट्राभल एजेन्सीलाई टिकट बेच्न नदिएकाले पनि विमानस्थल चल्न नदिन सेटिङमा काम भइरहेको भन्ने व्यवसायीको आरोप खण्डित हुन आवश्यकछ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij