२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तिलोत्तमा भ्यू टावर ः उद्घाटनको २६ महिनामा पनि चलेन

तिलोत्तमा भ्यू टावर ः उद्घाटनको २६ महिनामा पनि चलेन

तिलोत्तमा भ्यू टावर ः उद्घाटनको २६ महिनामा पनि चलेन

तिलोत्तमा भ्यू टावर ः उद्घाटनको २६ महिनामा पनि चलेन

तिलोत्तमा भ्यू टावर ः उद्घाटनको २६ महिनामा पनि चलेन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ४ २०८१
शुक्रवार, श्रावण ४ २०८१
  • बुटवल । रुपन्देहीको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र भित्र बनेको वहुउद्देश्यीय भ्यू टावर उद्घाटन भएको २६ महिना बित्दासमेत सञ्चालनमा आउन सकेको छैन ।

     तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको लागत साझेदारीमा कुल ११ करोड ५४ लाख ८१ हजार रूपैयाँमा बनेको उक्त टावर २०७८ चैत १५ गते उद्घाटन भएको थियो । 


    निर्माणका काम बांकी रहंदै स्थानीय चुनावको मुखमा हतारमा उद्घाटन गरिएको भन्दै त्यतिबेलै आलोचना भएको थियो । तत्कालीन नगर प्रमुख बासुदेव घिमिरेको पालामा बनेको टावर एमालेका अध्यक्ष एवं हालका प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको थियो । 


    हतारमा उद्घाटन गरिएपनि २६ महिनासम्म सञ्चालनमा नआएपछि आलोचना बढ्न थालेको छ । उद्घाटनसंगै उक्त भ्यू टावर भवन बनाएका निर्माण व्यवसायी टोपबहादुर रायमाझीको कम्पनीले वार्षिक ३९ लाख ५० हजार नगरपालिकालाई बुझाउने गरी सञ्चालन गर्ने समझदारी भएपनि रायमाझीले टावर सञ्चालनमा ल्याएनन् । 


    भ्यु टावर परिसरमा पार्किङ क्षेत्रमा इन्टरलक टायल लगाउने, स्वीमिङ पुल,वाटर फाउन्टेन र हरियाली (ग्रिनरी) का काम पूरा नभएको कारण देखाउंदै  रायमाझीले भ्यू टावर सञ्चालन नगरेका हुन् । यी कामका लागि करिब २ करोड बजेट आवश्यक छ । तर संघीय सरकारले वजेट दिने भनेपनि दुई वर्षदेखि वजेट दिएको छैन । तिलोत्तमा नगरपालिकाले नयां वजेटमा ८० लाख रुपैयां छुट्टाएको छ ।

    वजेट दिन नसकेपछि तीनपटक म्याद थप भएको नगरपालिकाका योजना प्रमुख इन्जिनियर प्रदीप वनले बताए । ‘संघीय सरकारको पर्यटन मन्त्रालयसंगको लागत साझेदारीको योजना भएकाले नगरपालिकाले आफ्नो हिस्सा भन्दा धेरै खर्च गर्न मिल्दैन,गरेमा शोध भर्ना हुंदैन,त्यसैले काम पूरा हुन नसकेको हो, यसैलाई बहाना बनाएर ठेकेदारले सञ्चालन गरेनन्’-प्रदीपले भने ।    


    यद्यपि रायमाझीले एक वर्षको भाडा वापतको धरौटी जम्मा र एक वर्षको बैंक ग्यारेन्टी गरेका छन् ।  तर सम्झौतापत्रमा हस्ताक्षर नगरी सञ्चालन पनि नगरेपछि नगरपालिकाले अब रायमाझीलाई यथाशीघ्र सञ्चालन गर्न आग्रह गर्ने र नमानेमा नयां ठेक्का प्रकृयामा जाने तयारी गरेको छ । 


    सो टावर निर्माणमा तिलोत्तमा नगरपालिकाले ७० प्रतिशत र शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले ३० प्रतिशत लागत साझेदारी गर्ने र आम्दानीको ६० प्रतिशत नगरपालिका तथा ४० प्रतिशत हिस्सा शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले लिने समझदारी भएको थियो । 
    तर कोरोना महामारीका कारण आम्दानी  नभएपछि केन्द्रले एक करोड ५ लाख मात्र लगानी गरेको केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेले बताए । 


    ‘भ्यू टावर सञ्चालनमा आउंदा पर्यटकको संख्या बढ्थ्यो तर लामो समय बन्द अवस्थामा रहंदा एकातिर नकारात्मक सन्देश गएको छ अर्कोतिर नगरपालिकालाई हुने आम्दानी पनि गुम्ने अवस्था छ’-पाण्डे भन्छन् -‘अहिलेका ठेकेदारले चलाउन नसक्ने हो भने वनवाटिकाले चलाउन तयार छ, छिटो निणर्य हुनुपर्‍यो ।’


    १ सय ३४ फिट उचाइ रहेको भ्यु टावर १० तलाको छ । कुल २५ हजार १ सय २२ वर्ग फिटमा निर्मित सो भ्यु टावरमा सुविधायुक्त रेष्टुराँ र पर्यटक विश्राम स्थल, रिसर्च रुम, डिपार्टमेन्ट स्टोर, कार्यालय कक्ष, शौचालयसहित लाइब्रेरीलगायत संरचनाहरू बनाइएको नगरपालिकाका योजना प्रमुख इन्जिनियर प्रदीप वनले बताए ।  


    तिलोत्तमा सहित देशभर १७ अर्ब लागतका भ्यु टावर बनेका छन् । तर तिनबाट लगानीको तुलनामा प्रतिफल नगण्य भएको छ । निर्माण व्यवसायी रायमाझीसंग यसबारे बुझ्न पटक पटक सम्पर्क गर्दा समेत उनी सम्पर्कमा आउन चाहेनन् । 

     

    अब ठेक्का तोड्छौं ः नगरप्रमुख खांण 
    ‘उद्घाटन भएको दुई वर्ष भन्दा धेरै समय बितिसक्दा पनि भ्यू टावर सञ्चालनमा आउन नसक्दा धेरैतिरबाट आलोचना खेप्नुपरेको छ ।

    kad.jpg
    नगरप्रमुख खाण

    ठेकेदारलाई पटक पटक सम्पर्क गरेर सञ्चालन गर्न आग्रह गर्दा पनि बेवास्ता गरेको पाइयो । तर अब हामी कडाई गर्छौं, चलाउने भए चलाउनुस् नभए छाड्नुस् भनेर एकपटक अन्तिम कुरा गरेर नयां ठेक्का गर्छौं,साउन भित्र पुरानै ठेकेदारले चलाउने कि नयांले चलाउने भन्ने टुंगाएरै छाड्छौं ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij