२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दोस्रो इन्टर रोटर्‍याक्ट फुटसल टुर्नामेन्ट शनिबार

दोस्रो इन्टर रोटर्‍याक्ट फुटसल टुर्नामेन्ट शनिबार

दोस्रो इन्टर रोटर्‍याक्ट फुटसल टुर्नामेन्ट शनिबार

दोस्रो इन्टर रोटर्‍याक्ट फुटसल टुर्नामेन्ट शनिबार

दोस्रो इन्टर रोटर्‍याक्ट फुटसल टुर्नामेन्ट शनिबार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, पौष १८ २०८२
शुक्रवार, पौष १८ २०८२
  • बुटवल । रोटर्‍याक्ट क्लव अफ मणिग्रामको आयोजनमा बुटवलमा शनिबार हुने दोस्रो इन्टर रोटर्‍याक्ट फुटसल टुर्नामेन्ट २०२६ को सम्पूर्ण तयारी पूरा भएको छ। 


    क्लवले पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जानकारी गराएको हो।   बुटवल-१०को  स्वर्णिम फुटसल ग्राउण्डमा पुरुष र महिला गरि छुट्टाछुट्टै प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष बिनोद बश्यालले पत्रकार सम्मेलन मार्फत जानकारी गराए।  


     रुपन्देहीका रोटर्‍याक्ट क्लवहरुबिच सद्भाव बढाउनको लागि प्रतियोगिता आयोजना गरिएको बताउदै उनले पुरुषका १६ र महिलाका ७ टिमबिच नकआउट आधारमा खेलहरु हुने जानकारी गराए। 


    देशभरी छरिएर रहेका रोटर्‍याक्ट परिवारलाई एक ठाँउमा खेलको माध्यम प्रयोग गरिएको आईपी डिआरआर बिक्रम क्षेत्रीले बताए। 


     पुरुष तर्फ प्रथम पुरस्कार रु ३३,३३३ र दोश्रो हुनेलाई १५, ५५५ रुपैया सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने जनाईएको छ। महिलातर्फ भने प्रथम हुनेलाइ शिल्ड, मेडल र प्रमाणपत्र र प्रदान गरिने छ। 


    सो अवसरमा चार्टर्ड प्रेसिडेन्ट कृष्ण प्रसाद बस्याल, डिडिआर ईलेक्ट प्रकाश शर्मा गैरे पास्ट प्रेसिडेन्ट आयुस पौडेल लगायतले बोलेका थिए। सो अवसरमा टाईसिट सार्वजनिक तथा आयोजक क्लवको जर्सी सार्वजनिक गरिएको थियो। 


    प्रतियोगिताको पहिलो सिजन सेन्टर रुपन्देहीले जितेको थियो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij