बुटवल ।
स्वर्गीय ईश्वरी प्रसाद ज्ञवालीको स्मृतिमा आयोजित दोस्रो राधाकृष्ण खुला नकआउट फुटसल प्रतियोगिताको फाइनल खेल तथा समापन आज हुने भएको छ । तिलोत्तमाको लुम्बिनी फुटसल एरिनामा हिजोदेखि प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको एक समारोहका बिच स्व ईश्वरी प्रसाद ज्ञवालीका कान्छा छोरा लोकनाथ ज्ञवाली, नाती बसन्त ज्ञवाली, बुटवल उपमहानगरपालिका वडा नं ६ का वडाअध्यक्ष लोकनाथ न्यौपाने, वडा नं ५ का वडाअध्यक्ष हरिप्रसाद श्रेष्ठ, बुटवल यातायात प्रालिका अध्यक्ष दिपक श्रेष्ठ, राधाकृष्ण युवा क्लबका अध्यक्ष रिम बहादुर सारुले मुख्य रेफ्रिलाई बल हस्तान्तरण गरि उद्घाटन गरेका थिए ।
युवा पुस्ताको सोच, समृध्द नेपालको खोज नारासहित स्थापना भएको क्लबले युवा पुस्तालाई कुलतबाट बचाउने र खेलकुदमा जोड्ने उद्देश्यले प्रतियोगिता गर्दै आएको अध्यक्ष सारुले बताए ।
कार्यक्रममा स्व. ज्ञवालीका कान्छा छोरा लोकनाथ ज्ञवालीले स्वस्थ्य मानिसमात्र खेल खेल्न सक्ने भन्दै स्थानियस्तरमा आयोजना गरिने खेल गतिविधिबाट युवा खेलाडीहरुलाई अवसर सृजना हुने बताए । स्व. ज्ञवालीका नाती तथा समाजसेवी बसन्त ज्ञवालीले क्लबले दुई दशकदेखी समुदाय केन्द्रित रचनात्मक कार्यक्रमहरु गर्दै आएको बताए। ईमान्दारिता, नैतिकता र परिश्रमलाई अवलम्बन गर्दा जिवनमा सफलता मिल्ने हजुरबुबाको सोचलाई जिवनमा कार्यान्वन गरेको उनले बताए ।
बुटवल उपमहानगरपालिका वडा नं ६ का वडाअध्यक्ष लोकनाथ न्यौपानेले खेलमार्फत स्मरण गर्ने गरि महत्वपूर्ण काम भएको बताए ।
प्रतियोगिताको विजेता टिमले ५० हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद २५ हजार रुपैयाबाट पुरस्कृत गरिने खेल संयोजक लक्षु सिजलीले बताए । यसैगरि विधागत रुपमा उत्कृष्ट खेलाडिहरुलाई पुरस्कृत गरिने उनले बताए ।




