२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रुपन्देही जिल्लास्तरीय स्नूकर :   कुडल,रुकु,कशिस र अजय सेमिफाइनलमा

रुपन्देही जिल्लास्तरीय स्नूकर :   कुडल,रुकु,कशिस र अजय सेमिफाइनलमा

रुपन्देही जिल्लास्तरीय स्नूकर :   कुडल,रुकु,कशिस र अजय सेमिफाइनलमा

रुपन्देही जिल्लास्तरीय स्नूकर :   कुडल,रुकु,कशिस र अजय सेमिफाइनलमा

रुपन्देही जिल्लास्तरीय स्नूकर  :   कुडल,रुकु,कशिस र अजय सेमिफाइनलमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, पौष १९ २०८२
शनिवार, पौष १९ २०८२

  • बुटवल । बुटवलमा जारी जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । 
    बुटवलस्थित खस्यौली स्नूकर क्लबमा शनिबार बेस्ट अफ सेभेनका आधारमा भएका खेलमा विजयी हुंदै कुडल श्रेष्ठ,रुकु खान, कशिस क्षेत्री र अजय सुनार सेमिफाइनल प्रवेश गरेका हुन् ।  
    नेपाल बिलियड्र्स पुल तथा स्नूकर संघ रुपन्देहीको आयोजनामा पुस १४ देखि जारी नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगितामा जिल्लाका १ सय २८ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।  
    शनिबारका खेलमा आदर्श भण्डारीलाई ४–२ अंकले पछि पार्दै कुडल अन्तिम ४ जनामा सुरक्षित भएका हुन् । यस्तै सौरभ श्रेष्ठलाई ४–३ अंकले पछि पार्दै रुकुले सेमिफाइनलमा स्थान पक्का गरे । शनिबारै भएको 
    अर्को खेलमा रोहितमान जोशीलाई ४–२ अंकले पराजित गर्दै कशिस र रेशम रानालाई ४–१ अंकले पछि पार्दै अजय सेमिफाइनल प्रवेश गरेका खेल संयोजक विजय गुरुङले जानकारी दिए ।
    सेमिफाइनलमा कुडल र रुकु तथा कशिस र अजयबीच फाइनल प्रवेशका लागि आइतबार प्रतिस्पर्धा हुने संघका महासचिव प्रकाश क्षेत्रीले जानकारी दिए । 

    पुस २१ गतेसम्म चल्ने  प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ५० हजार तथा हाइएस्ट स्कोररले २० हजार,उदियमान खेलाडी र अनुसासित खेलाडीले ५÷५ हजार र स्नूकर स्टीक प्राप्त गर्ने संघका अध्यक्ष सुजन पुनले जानकारी दिए ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij