२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कांग्रेस अन्तरविरोधमा अल्मलिनु हुन्न

कांग्रेस अन्तरविरोधमा अल्मलिनु हुन्न

कांग्रेस अन्तरविरोधमा अल्मलिनु हुन्न

कांग्रेस अन्तरविरोधमा अल्मलिनु हुन्न

कांग्रेस अन्तरविरोधमा अल्मलिनु हुन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, पौष २० २०८२
आइतवार, पौष २० २०८२
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १५औं महाधिवेशन बैशाख २८—३१ मा गर्ने प्रस्ताव पारित गरेको छ । कार्यसम्पादन समितिको बहुमतले गरेको निर्णयलाई महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मासहित पाँच जनाले असहमति जनाएका छन् । महमन्त्री थापासहितको असन्तुष्ट समूहले पुषभित्रै विशेष महाधिवेशन गर्ने बताएको छ । मुलुक चुनावमा होमिएको बेला महाधिवेशन गर्नु पार्टी र मुलुककै लागि राम्रो नहुने भन्दै संस्थापनले चुनावपछिको तालिका सार्वजनिक गरेको हो । चुनावपछि महाधिवेशन गर्ने संस्थापनको जोडबललाई विशेष महाधिवेशन गरी चुनौती दिने महामन्त्री द्वयको अडानले कांग्रेसभित्रको अन्तरसंघर्ष पेचिलो बनेको छ ।


    कांग्रेस पुरानो लोकतान्त्रिक पार्टी हो । लामो लोकतान्त्रिक अभ्यास गर्दै आएको पार्टी भए पनि आन्तरिक राजनीति दाउपेचमै चल्दै आएको छ । स्वच्छ र शालिन लोकतान्त्रिक अभ्यासको अपेक्षा राख्नेहरुका लागि कांग्रेसभित्रको राजनीति पेचिलो बन्नु स्वभाविक छैन । जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तन हुनुपर्ने भन्दै दबाब बढाएका महामन्त्री गगन थापासहितको समूहले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलायो । बहुमत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरे । तर कांग्रेसमा महाधिवेशन विशेष कि नियमित भन्ने प्रश्नको निर्णय गर्नकै लागि एक महिनाभन्दा लामो केन्द्रीय समितिको बैठक बस्यो । अन्ततः नियमित महाधिवेशन गर्ने र चुनावअघि नै गर्ने निर्णय भयो, तर चुनावअघि महाधिवेशन गर्ने अवस्था देखिएन् ।

    अन्ततः चुनावपछि महाधिवेशन गर्ने तयारी हुँदैछ । उपचारका लागि सिंगापुर पुगेका सभापति शेरबहादुर देउवा कार्तिक अन्तिम साता स्वदेश फर्केपछि अनिर्णित कांग्रेस निष्कर्षमा त पुग्यो, तर त्यो निष्कर्षले विवादको समाधान दिएन् । अहिले महाधिवेशन चुनाव अघि कि पछि भन्ने विवाद बल्झेको छ । कांग्रेसको विवाद खासमा चुनावमा टिकट वितरणमा कसको पल्लाभारी हुने भन्ने विषय प्रधान हो । यही अवस्थामा संस्थापन पक्षले नै देशभर बर्चश्व कायम गर्ने भयले नेतृत्व परिर्वतनका लागि इतर पक्ष हतारमा देखिएको छ । पार्टी सभापति देउवा अब सभापति नहुने प्रष्टसँग बताइसकेकाले उनको सम्मानजनक बर्हिगमनका लागि पार्टी पंक्ति तयार रहनु राम्रो हो ।  त्यसो भएन भने सहमतिमै विशेष महाधिवेशनका लागि कांग्रेस तयार हुनुपर्छ । मुलुक र लोकतन्त्रलाई संकट परेका बेला कांग्रेस झगडामा फस्दा त्यसको मूल्य मुलुकले चुकाउनुपर्नेछ ।


    दलहरुबिचको सहकार्य अपरिहार्य भएका बेला दलभित्रको एकता र सहकार्य पनि उत्तिकै आवश्यक छ । कांग्रेस सभापति देउवाले अहिले एमाले र नेकपासहितका दललाई सँगै लिएर हिड्ने योजना बनाएका छन् । राष्ट्रिय सभाको आगामी चुनावमा सहकार्यको सुरुवात गरी आगामी चुनावसम्मै लैजाने योजना बुनेका देउवाले पार्टीभित्रको एकता कायम गर्न सक्दा मात्रै दलीय सहकार्य र एकतालाई कार्यान्वयन गर्न सक्छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij