२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

निन्दनीय अमेरिकी कदम

निन्दनीय अमेरिकी कदम

निन्दनीय अमेरिकी कदम

निन्दनीय अमेरिकी कदम

निन्दनीय अमेरिकी कदम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष २१ २०८२
सोमवार, पौष २१ २०८२
  • अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सैन्य कारबाहीमार्फत् पक्राउ गर्नु निन्दनीय छ । शनिबार बिहानै राष्ट्रपति निवासबाट पक्राउ परेका उनलाई अहिले न्यूयोर्कको डिटेन्सन सेन्टरमा राखिएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।


     लामो समयदेखि मदुरोलाई सत्ता छाड्न दबाब दिँदै आएका ट्रम्प प्रशासनको यो कारबाहीको विश्वभर निन्दा भएको छ । अमेरिकी साम्राज्यवादकाविरुद्ध विश्वभर भएको निन्दा र विरोधले अमेरिकाविरुद्ध विश्वजनमत बलियो बन्दै गरेको देखिन्छ । एउटा सार्वभौम राष्ट्रको प्रमुखलाई मध्यरात पक्राउ गरी आफ्नो देश पु¥याएर थुनामा राख्ने निर्णय सभ्य समाजका लागि अकल्पनीय कदम हो । मदुरोले लागूऔषध तस्करीमा संलग्न गिरोहहरूलाई सहयोग गरेको ट्रम्पको आरोप छ । इराकका तत्कालीन राष्ट्रपति सद्दाम हुसेनलाई पनि आणविक र रासायनिक हतियार राखेको आरोप लगाइएको थियो । सद्दाम हुसेनलाई नियन्त्रणमा लिएर फाँसी दिइयो, तर सद्दाममाथि अमेरिकाले लगाएको आरोप कहिल्यै पुष्टि हुन सकेन् । अमेरिकी स्वार्थ अनुकुल नचल्ने कुनै पनि सार्वभौम राष्ट्रको शासकविरुद्ध कदम चाल्ने रणनीतिले विश्व शान्तिमा धावा बोलेको छ । अमेरिकाले चाल्ने हरेक कदम ठिक हुने र अरुले चाल्ने कदम गलत हुने जुन भाष्य खडा गर्न खोजिएको छ, यो प्रवृत्तिले आक्रोश जन्माएको छ । 


    अमेरिकी संविधानअनुसार युद्ध घोषणा गर्ने अधिकार कंग्रेससँग भए पनि राष्ट्रपति सेनाका सर्वोच्च कमान्डर हुन् । विगतमा राष्ट्रपतिको अधिकारअन्तर्गत सीमित सैन्य कारबाहीलाई राष्ट्रिय हित ठहर गरिएको छ । तर अन्तर्राष्ट्रिय कानुनअनुसार राष्ट्रसंघीय सुरक्षा परिषद्को अनुमति वा आत्मरक्षाजस्ता सीमित अवस्थाबाहेक अन्य देशमाथि बल प्रयोग निषेध छ । लागूऔषध तस्करी यस्तो सशस्त्र द्वन्द्वको स्तरमा पर्दैन । अमेरिकाको यो कदम अन्तर्राष्ट्रिय कानुन विपरीत छ । संयुक्त राष्ट्र संघको भूमिकामाथि पनि प्रश्न उठेकोले राष्ट्र संघले तत्काल धारणा सार्वजनिक गर्नुपर्छ । संयुक्त राष्ट्र संघ ठूला राष्ट्रका यस्ता कदमप्रति प्रष्ट नहुने र त्यस्ता कदमविरुद्ध बढ्दो जनमतको सम्मान नगर्ने हो भने राष्ट्र संघको उपस्थितिमाथि पनि प्रश्न उठ्ने छ ।


    मादुरो अमेरिकाले भनेझै गलत क्रियाकलापमा संलग्न भएको भए त्यसको फैसला गर्ने अधिकार केवल भेनेजुयलाका नागरिकलाई छ । भेनेजुयलाको सार्वभौमसत्तामाथि भएको यो नांगो हस्तक्षेपले अरु स्वतन्त्र साना र कमजोर राष्ट्रको सार्वभौमसत्ताको भविष्यमाथि पनि प्रश्न उठेको छ ।


    भेनेजुयलामाथि भएको अमेरिकी हस्तक्षेपले नेपालले पनि पाठ सिक्नुपर्छ । भूराजनैतिक द्वन्द्वको जोखिममा परेको मुलुकलाई लयमा हिडाउन राजनैतिक दलको सहकार्य आवश्यक छ । राजनैतिक दल वैदेशिक मामलामा विभाजित हुने गरेकाले अरु कसैले फाइदा लिइरहेकोले विदेश मामिलामा विभाजित नहुने गरी अघि बढ्न सक्दा मुलुकले मूल्य चुकाउनु पर्दैन । नेपालको जेन–जी आन्दोलन र त्यसपछिको विध्वंशको पटाक्षेप हुन बाँकी नै छ । त्यसभित्रका खेलाडी को–को थिए भन्ने त्यो फरक पाटो हो, तर जुन विध्वंश भयो, त्यो केबल नवयुवाको आक्रोशको मात्रै परिणाम थिएन् । यो बुझाई भएका राजनैतिक दलबिच सहकार्य गरी मुलुकलाई लयमा हिडाउनु र सार्वभौमसत्ता जोगाइराख्नु अपरिहार्य छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij