बुटवल । रोटर्याक्ट क्लब अफ मणिग्रामको आयोजनामा बुटवलमा शनिबार दोस्रो इन्टर रोटर्याक्ट फुटसल टुर्नामेन्ट–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। युवाहरूमा खेलकुदप्रतिको रुचि बढाउने र आपसी सद्भाव तथा नेतृत्व विकास गर्ने उद्देश्यले टुर्नामेन्ट आयोजना गरिएको हो।
कार्यक्रमका अध्यक्ष रोटर्याक्ट क्लब अफ मणिग्रामका अध्यक्ष बिनोद बस्याल रहेका थिए। प्रमुख अतिथिका रूपमा जिल्ला फुटबल संघ रुपन्देही (एएनएफए) का अध्यक्ष लोक पुनको उपस्थिति रहेको थियो। त्यस्तै, विशिष्ट अतिथिहरूमा रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ का डिआरआर आरटीआर दिनेश गैरे, आइपिडिआरआर आरटीआर विक्रम क्षेत्री तथा रोट्यार्याक्ट डिस्टिक्ट ३२९२ का डि आर आर इलेक्ट प्रकाश शर्मा गैरे लगायत सहभागी थिए।
टुर्नामेन्टको पुरुषतर्फको उपाधि रोटर्याक्ट क्लब अफ सैनामैनाले जित्न सफल भयो भने रोटर्याक्ट क्लब अफ देवदह मेडिकल कलेज उपविजेता बन्यो। महिलातर्फ रोटर्याक्ट क्लब अफ तिलोत्तमा, रुपन्देहीले उपाधि हात पार्दा रोटर्याक्ट क्लब अफ क्षितिज इन्टरनेशनल कलेज उपविजेता रह्यो।
विजेता टिमलाई नगद रु. ३३,३३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता टिमले रु. १५,५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।
व्यक्तिगत विधातर्फ देवदह मेडिकल कलेजका रोटर्याक्टर गोपाल कोतवाल ‘बेस्ट प्लेयर’ घोषित भए। त्यस्तै, सैनामैनाका रोटर्याक्टर रुपेश क्षेत्री ‘टप स्कोरर’ तथा निसान न्यौपाने ‘बेस्ट किपर’ घोषित भए।
समापन समारोहमा रोटर्याक्ट क्लब अफ मणिग्रामका चार्टर अध्यक्ष कृष्णप्रसाद बस्याल, पूर्व अध्यक्षहरू रोटर्याक्टर आयुष पौडेल र गणेश भुसाल, आइपिपि रोटर्याक्टर प्रमोद भण्डारी, सल्लाहकार मित्रबन्धु पाठकको उपस्थिति रहेको थियो। कार्यक्रम संयोजक रोटर्याक्टर महेन्द्र लुइटेल र सुजन तिवारीले कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेका थिए।




