२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गैरजिम्मेवार क्रियाकलाप

गैरजिम्मेवार क्रियाकलाप

गैरजिम्मेवार क्रियाकलाप

गैरजिम्मेवार क्रियाकलाप

गैरजिम्मेवार क्रियाकलाप
शुक्रवार, श्रावण ४ २०८१
शुक्रवार, श्रावण ४ २०८१
  • उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बुधबार सुरक्षा निकायका प्रमुखहरूसँग सुरक्षा अवस्थाबारे जानकारी लिएर गैरजिम्मेवार क्रियाकलाप देखाएका छन् । सुरक्षा निकायका प्रमुखसँग जानकारी लिने काम गृहमन्त्रीको हो, गृहमन्त्री रमेश लेखकले लिनुपर्ने ब्रिफिङ शहरी विकास मन्त्रीले लिएर पदीय मर्यादा र सीमा नाघेका छन् ।


    सिंह पटक-पटक मन्त्री भइसकेका जिम्मेवार नेता हुन् । सबै दृष्टिले परिपक्क उनले किन अपरिपक्क काम गरे ? अहिले यो प्रश्न उठ्नु स्वाभाविक छ । जिम्मेवारी लिएका व्यक्तिले गैरजिम्मेवार क्रियाकलाप गर्दा प्रश्न उठनु अन्यथा होइन् । सुरक्षा प्रमुखसँग ब्रिफिङ लिएकोबारे उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । जानकारीअनुसार, उप–प्रधानमन्त्रीले बोलाएर ब्रिफिङ लिएको नभइ बधाई दिन पुगेका तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल र कुराकानी गरेका थिए । उप–प्रधानमन्त्रीले ब्रिफिङ लिएको भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरेर जति गैरजिम्मेवारी देखाए, बधाई दिन जाने सुरक्षा प्रमुखहरु उत्तिकै दोषी छन् । विभागीय मन्त्रीलाई बधाई दिन जानु स्वभाविकै भए पनि अरु मन्त्रीलाई खोज्दै बुकी बोकेर बधाई दिनु असम्बन्धित क्रियाकलाप हो । सिंह सत्ता साझेदार दल कांग्रेसबाट नेतृत्व गर्दै सरकारमा सामेल छन् ।

    उनलाई खोज्दै बधाई दिन पुगेका सुरक्षा प्रमुखले राजनैतिक सन्देश दिन खोजेका छन् । सुरक्षा प्रमुखले राजनैतिक सन्देश दिने होइन । शान्ति सुरक्षाको कामलाई चुस्त बनाउने हो । व्यवस्था र प्रणालीप्रति विश्वास जगाउने वातावरण बनाउने हो । बढ्दो अराजकता सामना गर्ने रणनीति बनाउने हो । अराजक समाजलाई सही बाटोमा ल्याउनका लागि सरकारलाई रणनीति र कार्ययोजना बनाएर दिने हो । तर सुरक्षा प्रमुख असम्बन्धित मन्त्रीलाई बुकी बोकेर हिंड्नुले सुरक्षा प्रमुख अराजक भएका छन् भन्ने सन्देश प्रवाह भएको छ ।


    मन्त्रीहरुलाई पालैपालो बुकी बोकेर हिंड्ने अवस्था अशोभनीय, असान्दर्भिक र गैरव्यवसायिक क्रियाकलाप हो । मन्त्रीले पनि असम्बन्धित क्षेत्रबाट ब्रिफिङ लिने होइन । अब मन्त्री र सुरक्षा प्रमुखहरुले कमजोरी स्वीकार गरी आगामी दिनमा यस्तो कमजोरी नहुने विश्वास दिलाउनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij