२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेपाली जुत्ताघरमा माघ २० सम्म जुत्ता मेला, ५० प्रतिशत सम्म छुट

नेपाली जुत्ताघरमा माघ २० सम्म जुत्ता मेला, ५० प्रतिशत सम्म छुट

नेपाली जुत्ताघरमा माघ २० सम्म जुत्ता मेला, ५० प्रतिशत सम्म छुट

नेपाली जुत्ताघरमा माघ २० सम्म जुत्ता मेला, ५० प्रतिशत सम्म छुट

नेपाली जुत्ताघरमा माघ २० सम्म जुत्ता मेला, ५० प्रतिशत सम्म छुट
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष २१ २०८२
सोमवार, पौष २१ २०८२
  • बुटवल । जुत्ता–चप्पलका विविध डिजाइन तथा ब्रान्डहरू एकै स्थानमा अवलोकन र खरिद गर्न पाइने जुत्ता–चप्पल भेराइटी मेला बुटवलमा सुरु भएको छ।


     नेपाली जुत्ता घर बुटवलको आयोजनामा मेला पौष २० गतेदेखि माघ २० गतेसम्म सञ्चालन हुने जनाईएको छ। 

    मेलामा नेपालका ख्यातिप्राप्त फुटवेयर ब्रान्डहरूको बृहत् प्रदर्शनी राखिएको जुत्ता घरका सञ्चालक अभिषेक पाण्डेले जानकारी दिए ।  एकै ठाउँमा ५ हजारभन्दा बढी जुत्ता–चप्पलका डिजाइनहरू अवलोकन गर्न सकिने मेलामा उद्योगदेखि ग्राहकसम्मको प्रत्यक्ष पहुँच हुने अपेक्षा गरिएको उनले जनाए। 


    मेलाअन्तर्गत विशेष छुटका योजना पनि सार्वजनिक गरिएको छ। जसअनुसार रु. ५०० मा १ जोडी जुत्ता, रु. ५०० मा २ जोडी चप्पल, रु. ५०० मै ३ जोडी चप्पल तथा रु. ७५० मा २ जोडी जुत्ता खरिद गर्न सकिने व्यवस्था छ। साथै मेलामा निःशुल्क प्रवेशको सुविधा रहेको दामोदर न्यौपानेले बताए। 


    मेलामा जुनसुकै नेपाली ब्रान्डका जुत्ता वा चप्पल खरिदमा २० देखि ५० प्रतिशतसम्म छुट उपलब्ध गराइने आयोजकले जनाएको छ।मेलामा  चर्चित ब्रान्डहरू सहभागी रहेको अर्जुन खनालले जनाए। 


    मेला नेपाली जुत्ता घर बुटवल, नयाँमण्डी बुटवल–११, कालिकानगर, महाराजा छेउ गेटमा सञ्चालन भइरहेको छ। आयोजकका अनुसार मेलाले स्वदेशी जुत्ता उद्योगको प्रवद्र्धनसँगै उपभोक्तालाई गुणस्तरीय उत्पादन सुलभ मूल्यमा उपलब्ध गराउने विश्वास लिइएको छ।


    ०८२ बैशाख २३ गते देखि सञ्चालन भएको जुत्ता घरमा १८ जनालाई रोजगारी दिइएको छ । यसमा करिब २ करोड लगानी छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij