२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

‘पालिकाको सबै वडाहरूमा पूर्वाधार विकासको कामलाई प्राथमिकता दिएका छौँ’

‘पालिकाको सबै वडाहरूमा पूर्वाधार विकासको कामलाई प्राथमिकता दिएका छौँ’

‘पालिकाको सबै वडाहरूमा पूर्वाधार विकासको कामलाई प्राथमिकता दिएका छौँ’

‘पालिकाको सबै वडाहरूमा पूर्वाधार विकासको कामलाई प्राथमिकता दिएका छौँ’

‘पालिकाको सबै वडाहरूमा पूर्वाधार विकासको कामलाई प्राथमिकता दिएका छौँ’
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
मंगलवार, पौष २२ २०८२
मंगलवार, पौष २२ २०८२
  • २०७९ बैशाख ३० गते भएको स्थानीयतह निर्वाचनमा निर्वाचित भएका पालिकाका अध्यक्षहरुको अब १६ महिना कार्यकाल बाँकी रहेको छ । पालिका अध्यक्षहरुले चार वर्षको कार्यकालमा धेरै राम्रा काम गरेको दाबी गरेका छन् ।   रैनादेवी छहरा गाउँपालिका पाल्पाका अध्यक्ष रुक्मा·त भट्टराईसँग गाउँपालिकाको विकास निर्माणका विषयमा केन्द्रित रहेर लुम्बिनीकर्मी कृष्ण पोखरेलले गरेको कुराकानीः 
     
    २०७९ बैशाख निर्वाचित भएपछि ४ वटा बजेट ल्याउनु भयो । तपार्इं घोषणापत्रमा उल्लेख गरेअनुसारका पालिकाको विकास निर्माणमा के–के काम भएका छन् ?
    शिक्षा, कृषि र पूर्वाधारका दिगो विकासको मूल नारा लिएर समुदाय सशक्तीकरण, इमान्दारिता र दूरदृष्टिसहित जनतामा समर्पित भएर रैनादेवी छहरा गाउँपालिकाको विकासमा निरन्तर खटिएको छु ।    निर्वाचनको समयमा घोषणापत्रमा प्रतिबद्धता गरेका करीव ७० प्रतिशत कामहरु पूरा भएका छन् । मैले घोषणपत्रमा  एक घर, एक धाराको अवधारणा ल्याएको थिए । सोहीअनुसार हालसम्म करीव ७० प्रतिशत घरपरिवारमा एक घर एक धारा पुगेको छ । विद्यालय शिक्षालाई प्रभाकारी बनाउनको लागि एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरेका छाँै । पूर्वाधारतर्फ रुपन्देहीको सालझण्डीदेखि वडा नं. ४ को सुन्दर ढुङ्गाको बाटो ( पहाड–तराई ) जोड्ने मुख्य सडक हाम्रो टिम निर्वाचित हुँदासम्म अलपत्र अवस्था थियो । हाल स्तरउन्नति गरी कालोपत्रेको काम सुरु भएको छ । वडा नं. ४ छहराको वडा कार्यालयदेखि धजाबान्ने, ताङ्सिगल सर्देवा जोड्ने सडकको स्तरउन्नति गरी वडा कार्यालयदेखि धजावान्नेसम्मको सडक पिच भइसकेको छ । अमलाबासदेखि वडा नं. ३ को वडा कार्यालय भुवनपोखरी हुँदै तालपोखरा अर्घाखाँची जोड्ने  सडक स्तरउन्नतिको काम भएको छ । जसमा अमलावासदेखि धजावान्नेसम्मको सडक कालोपत्रेको लागि हाल काम भइरहेको छ । 
     
    धार्मिक तथा पर्यटनतर्फ पालिकाको नामाकरण भएको रैनादेवी छहराको देव स्थलमा परम्परागत बास्तुकला शैलीमा मन्दिर निर्माणदेखि, तारबार घेराबारको काम भएको छ । वडाका सबै जसो देवस्थलहरुमा पर्यटकीय पूर्वाधारका विषयमा कामहरु भएका छन् । वडा नंं. १ अमरापुरी वडा नंं. २ देलुङ्गा, वडा नं. ४ तिलकस्थान, वडा नंं. ५ कालिका, वडा नं. ७ बल्ढेङ्ग गढी दरबार क्षेत्रमा आवश्यकताअनुसारका पूर्वाधार निर्माण तथा जीर्णोद्धारका कामहरु भएका छन् । 
     
    पालिकाको भौतिक संरचना तथा यातायात पूर्वाधारको अवस्था कस्तो छ ? 
    छहरालाई केन्द्रविन्दु मानेर पालिकाको सबै वडाहरुमा पूर्वाधार विकासको कामलाई प्राथमिकता दिएका छांै । पालिकादेखि प्रत्येक वडा कार्यालयसम्म पुग्ने बाटो ग्रावेल गरी स्तरउन्नतिको काम भएका छन् ।  कतै कालोपत्रेको काम  भइरहेको छ । पालिकाको केन्द्रबाट आधा घण्टामा वडा कार्यालय पुग्ने गरी  सडक स्तरउन्नतिको काम भएका छन । 
     
    भौतिक पूर्वाधारको रुपमा  पालिका र वडा कार्यालयको अवस्था के छ ?
    पालिकाको नयाँ भवन निर्माण भई कार्यालयका सबै कामहरु सञ्चालन भएको छ ।  सबै वडा कार्यालयहरुमा भौतिक पूर्वाधारको अवस्था राम्रो छ । सबै वडा कार्यालयको भवन पक्की रहेका छन् । कार्यालयको लागि चाहिने पूर्वाधार पर्याप्त रहेको छ । 
     
    ३ वर्षको अवधीमा खानेपानीको क्षेत्रमा के–के काम भएका छन् ?
    रैनादेवी छहरा गाउँपालिकाको करीव ७० प्रतिशत जनतामा एक घर एक धाराको  सुविधा पुगेको छ । एक घर एक धारा नपुगेका वडाका बस्तीहरुमा  लिफ्ट  खानेपानी योजनाहरु सञ्चालनमा रहेका छन् । मेरो कार्यकालभित्र कम्तीमा ९० प्रतिशत जनतामा एक घर एक खानेपानीको धारा सुविधा पु¥याउने छौं । 
     
    पालिकाले जनतालाई सहज हुने गरी स्वास्थ्य सेवा कसरी प्रदान गर्दै आएको छ ?
    प्रत्येक वडा वडाका स्वास्थ्य चौकीहरुमा पर्याप्त कर्मचारीको  व्यबस्था मिलाएका छौं । सरकारले तोकेका सबै औषधीको व्यवस्था पालिकाले गर्दै आएको छ । सबै वडाका स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टरको रुपमा गर्भवती महिलाहरुलाई सेवा प्रदान गरिएको छ । वडा नं. १ को अर्चलेमा, वडा नं. ३ को फोक्केआपमा, वडा नं. ६ को ग्वारथाना, चहला, वडा नं. ७ को बल्ढेङ्गगढीमा नयाँ  स्वास्थ्य ईकाइ संचालन भएको छ । पालिकाभित्रका अधिकांश गर्भवती महिलाहरु पालिकाभित्रकै स्वास्थ्य चौकीमा  सुत्केरी  गराउन सक्ने पूर्वाधारहरुको व्यवस्था मिलाएका छौं ।  पालिकाको पश्चिम दक्षिण क्षेत्र, जुठा, बल्ढेङ्ग र सत्यवतीलाई केन्द्रित गरेर एउटा एम्बुलेन्स, सोमादी, भुवनपोखरी र  सिद्देश्वरलाई केन्द्रित गरेर अर्काे एम्बुलेन्स र छहरा केन्द्रमा एउटा गरी ३ वटा एम्बुलेन्स सेवा नियमित सञ्चालन गरी बिरामीहरुलाई छिटो छरितो सेवा प्रदान गरेका छौं । अति विपन्न, असाह तथा अपाङ्गहरुलाई निःशुल्क एम्बुलेन्स सेवा दिएका छौं । 
     
    अहिले हरेक रोगको अवस्था पत्ता लगाउन ल्याव सेवा अनिवार्य बन्दै गएको छ । पालिकाले ल्याव सेवा कहाँ कहाँ सञ्चालनमा रहेका  छन् ?
    पालिकाले ल्याव सेवाको लागि  जनतालाई तानसेन जान नपरोस् भनी  वडा नं. ४ को छहरा स्वास्थ्यचौकी, वडा नं. ३ को  भुवनपोखरी स्वास्थ्य चौकी र  वडा नं. ८ को सत्यवती स्वास्थ्य चौकीबाट ल्याव सेवा सञ्चालन गर्दै आएको छ । पालिकाको केन्द्रमा रहेको छहरा स्वास्थ्य चौकीलाई २४ घण्टा ईमरजेन्सीसहित सेवा सञ्चालन गर्न आवश्यक उपकरणहरु खरिद प्रक्रियामा रहेको छ  । छहरा स्वास्थ्य चौकीबाट नियमित रुपमा पालिकाले आफ्नै लगानीमा चिकित्सक राखेर सेवा प्रदान गर्दै आएको छ  । 
     
    १५ बेडको पालिकास्तरीय अस्पताल निर्माणमा ढिलासुस्ती भयो भन्ने आम जनगुनासो छनि ?
    सुरुको चरणमा अस्पताललाई चाहिने जग्गाको उपलब्ध नहँुदा काम सुरु गर्न ढिलाइ भयो । अस्पताललाई  जग्गा प्राप्तपछि वडा नं. ४ अमलावास रेडियो मुक्तिनाथ क्षेत्रमा पालिकास्तरीय १५ बेडको अस्पताल निर्माणको काम सुरु भएको छ । संघको बजेटबाट  निर्माण सुरु भएको पालिकास्तरीय  १५ बेडको अस्पतालको लागि केन्द्र सरकारबाट बजेट सुनिश्चितता नहँुदा काममा ढिलाइ भएको छ । पर्याप्त बजेट नआउने, संघको काममा पालिकाले लगानी गर्न नमिल्ने भएकोले नै तोकिएको समयमा अस्पताल भवन निर्माण कार्य पूरा हुन सकेको छैन । 
     
    कृषि, पशुपालन क्षेत्रमा  जनताका मन छुने गरी के–कस्ता काम भएका छन् ?
    पालिका मासुमा आत्मनिर्भर बनेको छ । पशुपालन व्यवसायलाई अगााडि बढाउन, कृषकहरुलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित रहेर मासुमा  प्रतिकिलो ५ रुपैयाँ, दूधमा प्रतिलिटर २ रुपैयाँ अनुदानको व्यवस्था गरेका छौं । 
    तीनभन्दा बढी पशुपालन गर्ने कृषकहरुको लागि अन्य पशु थप गरी पालन गर्दा प्रतिपशुमा  ५० प्रतिशत अनुदान दिने व्यबस्था गरेका छौ । यदी ३ वटा भन्दा बढी पशुपालन गरेको भए पनि अन्य पशुको बजारमुल्य तोकी अनुदान दिने व्यबस्था गरेका छौं । यो अभियानबाट पशुपालनमा वृद्धि हुने, उत्पादन बढ्ने, जैविक मल उत्पादन हुने, बेरोजगारीको संख्या घट्ने, गाउँघरमा आयआर्जन वृद्धि हुने, समग्रमा पालिकाको आयस्तरमा वृद्धि हुने अपेक्षा लिएका छौं ।
     
    तरकारीमा  प्रतिकिलो २ रुपैयाँ ढुवानी अनुदान दिँदै आएका छांै । सुन्तलाको लागि कम्पोष्ट मल तथा निलो तुथोलगायतका सामग्रीहरु पालिकाले  नियमित रुपमा सहयोग गर्दै आएको छ । सुन्तलाको पुरानो बगंैचा सुद्धढीकरण, नयाँ बगैंचा विस्तार, विद्यार्थीसंग कृषि, अकबरे खुर्सानी कृषकको लागि बिउ तथा मल्चिङको अनुदान, मौरी पालिरहेका व्यवसायिक कृषकको लागि ५० प्रतिशत अनुदानमा घार वितरण जस्ता कृषकहरुलाई प्रोत्साहन तथा अझ व्यवसायिक उत्पादनमा जोड दिने गरी सहयोगका नमूना कामहरु भएका छन् ।
     
    रैथाने बालीमा कोदो प्रवर्धनमा पालिकाले अनुदानको व्यवस्था गरेको छ । एक रोपनी क्षेत्रफलमा कोदो रोप्ने किसानलाई ९ सय रुपैयाँका दरले  अनुदानको व्यवस्था गरेको छांै ।  पालिकाले जुठा सत्यवतीमा तेजपातको पकेट क्षेत्र बनाएर नै गतवर्ष १० हजार तेजपातका बिरुवा निःशुल्क रुपमा बाँडेको छ । आलुको बिउमा ५० प्रतिशत साथै सबैखाले बिउ बिजनमा कतै निःशुल्क, कतै ५० प्रतिशत अनुदानको व्यवस्था पालिकाले गरेको छ । 
     
    बसाईसराइ रोक्न गाउँपालिकाले के–कस्तो नीति कार्यक्रमहरु ल्याएको छ ?
    बसाईसराइ रोक्न, बाँझो जग्गामा खेती गर्न, वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्न नै पालिकाले ठुलो मात्रामा उत्पादनमा आधारित अनुदान कार्यक्रम लागु गरेको छ । गाउँ–गाउँमा उद्यमी बढाउने, आयआर्जनका कार्यक्रम लैजाने, युवाहरुलाई लक्षित गरेर गाउँमै ट्याक्टर मर्मत, उपकरण मर्मत कुटानी पिसानी मर्मत जस्ता तालिम सञ्चालन गरेका छांै । गाउँमै साबुन बनाउने, सिलाइ कटाइ, विद्युत् वाईरिङ्ग, पलम्बिङ्ग जस्ता तालिमहरु सञ्चालन गरेका छांै । यस्ता अभियानबाट केही न केही रुपमा बसाईसराइ न्यूनीकरण भएको छ । 
     
    कृषि यान्त्रिकरणमा पालिकाले के–कस्तो सहयोग गरेको छ ?
    कृषि यान्त्रिकरण मिनि टिलरमा ५० प्रतिशत, चापकटरमा ५० प्रतिशत, मकै रोप्ने मेसिनमा ५० प्रतिशत, चालु आर्थिक वर्षमा १ करोड रुपैयाँको कृषि औजार वितरण गर्न टेण्डर गरेका छौं । 
    गाउँपालिकामा शिक्षाको अवस्था कस्तो छ ?
    बाटो, भवनमा जस्तो शिक्षामा तत्काल उपलब्धि देखिंदैन । शिक्षामा परिवर्तन भएको महशुस गर्न कम्तीमा १० वर्ष लाग्दछ, हामी निर्वाचन भएर आउँदा सिकाइ उपलब्धि ३२ प्रतिशत मात्र थियो । अहिले शिक्षाको गुणस्तर सुधार गरी ४७ प्रतिशत सिकाइ उपलब्धि भएको छ । पछिल्लो समयमा पालिकाका सबैजसो विद्यालयको शिक्षामा सुधार आएको छ । कक्षा ५, कक्षा ८ र एसईई परीक्षाको नतिजामा पनि सुधार हँुदै गएको छ । विद्यालयहरुको अनुगमन कार्यलाई पालिकाले प्राथमिकता दिएको छ । पालिकाले प्राविधिक अध्ययन गर्ने गरिब, असाहय तथा निमुखा बालबालिकाको लागि निःशुल्क अध्ययनको व्यवस्था गरेको छ । जुन विद्यालयले नतिजा राम्रो ल्याउँछ सो विद्यालयका प्रधानाध्यापक,  विषयगत शिक्षक र विद्यार्थीहरु तथा व्यवस्थापन समितिलाई  पालिकाले प्रोत्साहन स्वरुप सम्मान तथा पुरस्कृत गर्दै आएको छ । 
     
    पालिकाले सबै वडाका माध्यमिक विद्यालयमा  एक विद्यालय, एक नर्स कार्यक्रम  लागु गर्ने चर्चा थियो, अहिले बिचमै हरायो भन्ने जनगुनासो बढेको छ ?
    पालिकाभित्र एक मावि एक नर्स कार्यक्रम सञ्चालन भएको छ ।  पालिकाले  वडा नं. ४ को भैरव नवदीप माध्यमिक विद्यालय छहरा र वडा नं. ८ को सत्यवती माध्यमिक विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम लागु गरेको छ । विद्यालय नर्स कार्यक्रमले विद्यार्थीहरुले कक्षाकोठामै प्राथमिक उपचारको सेवा पाएका छन् । बालबालिकालाई मनोपरामर्श र कक्षाकोठामै उपचार सेवाले विद्यार्थीहरुको कक्षा छोड्ने दर घटेको छ । पालिकाले ३ सयभन्दा बढी बालबालिका भएको माध्यमिक विद्यालयमा नर्सको व्यवस्था गरेको छ । पालिकाले वडाको माध्यमिक विद्यालयलाई केन्द्र विन्दु बनाएर विद्यालय घुम्ती नर्स सेवा सञ्चालन गर्ने तयारीमा जुटेको छ ।
     
    गाउँपालिकाले वन वातावरणको क्षेत्रमा के–कस्ता कामहरु गरेको छ ? 
    पालिकाभित्रका सामुदायिक वनका उपभोक्ताहरुलाई नियमित तालिम प्रदान गर्ने, वन वातावरण जोगाउन प्रोत्साहन जगाउने, खाली तथा सार्वजनिक जग्गामा बोटबिरुवा लगाउने,  पालिकामा समृद्ध वन परियोजना सञ्चालनमा रहेको छ । पछिल्लो समय वन्यजन्तुका कारण किसान खेतीपाती हुने नोक्सानी नियन्त्रण गर्न पालिकाले बँदेल तथा बाँदर रोक्न कृषकको मागअनुसार तार जाली वितरण गर्ने, मुख्य सिजनमा वन्यजन्तु हेरालुको वडा–वडामा व्यवस्था गरेका छौं । 
     
    पालिकाले खेलकुद विकासको लागि के–कस्ता काम गरेको छ ?
    पालिकाले कटौजेपानीमा पालिकास्तरीय खेल मैदान निर्माण गरेको छ । फुटबल, भलिबल, क्रिकेट जस्ता प्रतियोगिता पालिकास्तरमा नियमित गर्दै आएका छौं ।  प्रत्येक वडा–वडामा खेलकुद मैदान निर्माण तथा वडास्तरीय खेल प्रतियोगिता नियमित गरेका छांै । पालिकाले प्रत्येक वर्ष अध्यक्षकप, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र अन्तरपालिकास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको छ । 
     
    पर्यटन पूर्वाधार विकासमा पालिकाले के–कस्ता कामहरु गरेको छ ?
    पालिकाभित्रका सबै वडाभित्रका मठ मन्दिरको संरक्षण, जीर्णाेद्धार, खानेपानी, शौचालय, विद्युतीकरण, तारवार, घेरावारलगायतका कामहरु पालिकाले गर्दै आएको छ । स्थानीयस्तरमा सञ्चालन हुने कला संस्कृति भेषभुसा संरक्षण तथा प्रवर्धन गर्न पालिकाले सबै वडामा बजेट व्यवस्थापन गर्दै आएको छ । 
     
    रैनादेवी छहरा गाउँपालिकामा प्रमुख पर्यटकीय स्थलहरु कहाँ–कहाँ छन् ?
    रैनादेवी छहरा गाउँपालिका प्रशस्त धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलहरु रहेका छन् । वडा नंं. १ अमरापुरी, वडा नं. २ देलुङ्गा, वडा नं. ३ रैनादेवी, वडा नंं ४ को तिलकस्थान र झेरलुङ्ग गढी  वडा नं. ५ को कालिकास्थान, वडा नं. ६ नेपाने क्षेत्र, वडा नं. ७ को बल्ढेङगढी, वडा नं. ८ को सत्यवती क्षेत्रलगायतका रहेका छन् । सबै स्थानमा यातायातको सुविधा पुगेको छ । ती स्थानमा खानेपानी, शौचालय,  पार्क बगैंचा, विद्युतिकरणको काम भइरहेको छ । पालिकाभित्रका पर्यटकीय स्थलहरुको बोर्ड बनाएर विभिन्न स्थानमा राखेर प्रचारप्रसार पनि गर्दै आएका छांै । 
     
    पालिकाको सुशासनको अवस्था कस्तो छ ?
    पालिकाले गाउँ–गाउँमा सेवा प्रवाह गर्न पालिकामा केन्द्रित रहेको जनशक्तिलाई वडा–वडामा परिचालन गरेको छ ।  वडावासीहरुलाई योजनाको सम्झौता गर्न स–सानो कामलाई पनि पालिकामा धाउन नपरोस् भनी एक वडा एक प्राविधिक, एक कृषि तथा पशु प्राविधिक कर्मचारी वडा–वडामा खटाई जनताको घरदैलोमा सेवा दिएका छौं । पालिकामा आउने सेवागा्रहीको रेकर्ड राख्ने, सेवाग्राहीलाई सोधपुछ गर्ने र सम्बन्धित फाँटसम्म पु¥याउने काम गर्दै आएका छौं । सेवाग्राहीका  काम भए नभएको सोधपुछ गर्ने र पालिका प्रमुख र कार्यालय प्रमुख समक्ष गुनासो गर्ने व्यवस्था मिलाएका छौं । वडा–वडाबाट सञ्चालन भएका सेवाहरुका बारेमा पालिकाले छड्के अनुगमन गरी निरीक्षण गर्दै आएको छ । 
     
    पालिकाको आन्तरिक श्रोतको अवस्था कस्तो छ ?
    हामी निर्वाचित भएर आउँदा  पालिकाको आन्तरिक श्रोत वार्षिक रुपमा ५० लाख रुयैयाँ हाराहारीमा थियो । हामी आइसकेपछि कर वृद्धिभन्दा पनि करको दायारा वृद्धि गरेका छौं । राजस्वका नयाँ–नयाँ श्रोतहरु पहिचान गरेर लागु गरेका छौं । गत वर्ष मात्र रैनादेवी छहरा गाउँपालिकाले १ करोड ३६ लाख रुपैयाँ आन्तरिक राजस्व उठाएको छ । 
     
    गाउँपालिकाले राम्रोसँग बजार अनुगमन नगर्दा उपभोग मिति सकिएका अधिकांश सरसमान बिक्री गरेको भेटिन्छ नी ?
    पालिकाले  क्यालेण्डर बनाएर बजार अनुगमन गर्दै आएका छांै । हामीले वर्षको दुई पटक  पालिकाभित्रका बजार  अनुगमन गरेका छौं । उपभोग मिति सकिएका सरसमान बिक्री गर्ने, बजार भाउँभन्दा महङ्गाोमा बिक्री गर्ने, गुणस्तरहिन माल समान बिक्री गर्ने पक्षलाई कानुनी कारबाही गरेका छौं । जनताको गुनासो आएमा तत्काल  छड्के अनुगमनको व्यवस्था  गरेका छौं ।  पालिकाले जनतामा जनचेतनाका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ । 
     
    तपाईंले निर्वाचनको समयमा घोषणापत्रमा उल्लेख गरेका  कुन–कुन काम गर्न सक्नुभएको छैन ?
    निर्वाचनको समयमा घोषणपत्रमा उल्लेख गरेका अधिकांश कामहरु पूरा भएका छन् । मेरो कार्यकालको अन्तिम समयमा घोषणापत्रमा रहेका, तर हुन नसकेका कामहरुको बारेमा जनतालाई  हिसाब किताब बुझाएर बिदा हुनेछु । 
     
    नीति तथा कार्यक्रममा आएका सबै कुरा बजेटमा समावेश भएको हँुदैन किन होला ?
    हामीले नीति तथा कार्यक्रमको आधारमा नै बजेट विनियोजन गरेका छौं ।  कुन–कुन योजना तथा शीर्षकमा के–कती काम भएको छ, प्रगतीको अवस्था के छ भनेर पालिकामा नियमित रुपमा समीक्षा  गर्दछौं । योजना कार्यान्वयन भएन भने किन भएन भनेर छलफल गरेका छौं  । शाखा प्रमुखले कार्यालय प्रमुखलाई मासिक रिपोट पेश गर्ने र कार्यालय प्रमुखले कार्यपालिकाको बैठकमा पेस गरी विस्तृत रुपमा छलफल हुने गर्दछ । 
    अन्त्यमा यहाँको केही भनाइ छ की ?
    सबैको सहयोग, सहकार्यबाट नै रैनादेवी छहरा गाउँपालिकालाई नमूना गाउँपालिकाको रुपमा चिनाउन सफल भएका छांै । मेरा योजना तथा कार्यक्रमहरु सफल बनाउन मलाई सहयोग गर्नुहुने उपाध्यक्षसहित सम्पूर्ण जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृतदेखि सम्पूर्ण कर्मचारी, सकारात्मक तथा आलोचनात्मक सुझाव सहयोग गर्ने आम जनताप्रति धन्यावाद दिन चाहान्छु । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij