परासी । पश्चिम नवलपरासीको बर्दघाटमा प्रथम बर्दघाट एक्सपो २०८२ संञ्चालन हुने भएको छ ।उद्योग व्यापार संघ बर्दघाटको आयोजनामा आगामी माघ १३ गतेदेखि २५ गतेसम्म प्रथम बर्दघाट एक्सपो२०८२ संञ्चालन हुने लागेको हो ।स्थानीय उद्योग र व्यापारस् दिगो बिकासको आधार” भन्ने मुल नाराका साथ “प्रथम बर्दघाट एक्सपो” संञ्लालन गर्न लागिएको ्उद्योग व्यापार संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए । उनको अनुसार स्थानिय उधोगलाई प्रवर्द्धन गर्दै दिगो विकासलाई टेवा पुर्याउ भन्ने उद्देश्य सहित उद्योग औद्योगिक तथा व्यापारिक प्रथम बर्दघाट एक्स्पो–२०८२ सञ्चालन गर्न लागिएको बताए ।
एक्स्पोमा २५० वटा स्टल रहनेछन् भने स्थानीय कृषि उपज, महिला उद्यमीका उत्पादन, घरेलु उद्योगका सामग्रीका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादनहरू प्रदर्शनीमा राखिने संघका वरिष्ठ उपाध्यक्ष दिनेश न्यौपाने जानकारी दिए ।
एक्सपोमा विभिन्न जातजाति संस्कृति झल्काउने घर खाना परिकारहरू, बालबालिकाका लागि बाल उद्यानको व्यवस्था समेत गरिने तथा विभिन्न सांस्कृतिक कार्यक्रम, ख्यातिप्राप्त कलाकार तथा स्थानीय प्रतिभाहरूको प्रस्तुति रहनेछ।
पर्यटन प्रवर्द्धनका लागि बर्दघाट नगरपालिकाभित्रका धार्मिक तथा पर्यटकीय स्थलहरूको जानकारीमूलक सामग्री र भिडियो प्रदर्शन गरिने तथा उक्त स्थानमा पुग्न चाहाने दर्शक तथा पर्यटकलाई न्यून शुल्कमा उक्त स्थान सम्म सहज यातायातको ब्यवस्था गरिएको संघका महासचिव नारायण भण्डारीले जानकारी दिए ।
उनको अनुसार एक्स्पो अवधिभर करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको एक्स्पोका बताए । एक्सपो मेलामा ७ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा सघले अपेक्षा लिएको छ।
एक्स्पोको साधारण टिकट मूल्य ८० रुपैयाँ तोकिएको छ भने जेष्ठ नागरिक स्थानीय ब्यवसायी र विद्यार्थीहरुका लागि सहुलियत टिकट दर रहेको आयोजकले जनाएको छ ।
उद्योग व्यापार संघले एक्सापो लोगो पनि अनवारण गरिएको थियो ।




