२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी घुम्ने पर्यटकको संख्यामा गिरावट

लुम्बिनी घुम्ने पर्यटकको संख्यामा गिरावट

लुम्बिनी घुम्ने पर्यटकको संख्यामा गिरावट

लुम्बिनी घुम्ने पर्यटकको संख्यामा गिरावट

लुम्बिनी घुम्ने पर्यटकको संख्यामा गिरावट
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
मंगलवार, पौष २२ २०८२
मंगलवार, पौष २२ २०८२
  • भैरहवा 
    रूपन्देहीको बेलहिया नाकाबाट एक वर्षमा एक लाख तीन हजार ९५५ जना पर्यटक नेपाल आएका छन् । अध्यागमन कार्यालय बेलहिया, रूपन्देहीका अनुसार सन् २०२५ मा सो संख्यामा पर्यटक आएका छन् भने सोही अवधिमा एक लाख दुई हजार ४५५ जना बेलहिया नाका हुँदै बाहिरीएका छन् ।


    स्थलमार्ग हुँदै बेलहिया नाकाबाट आउने तेस्रो मुलुकका पर्यटकको संख््या बढेको छ । सन् २०२४ मा यो नाका हुँदै ९२ हजार ६४४ पर्यटक भित्रिएका थिए भने ९३ हजार २९० जना पर्यटक यहाँबाट गन्तव्यतर्फ प्रस्थान गरेका थिए । कार्यालय प्रमुख बासुराम पौडेलले २०२५ मा पर्यटकको आगमन साचेअनुरूप हुन नसके पनि विगतका वर्षभन्दा संख्या बढेको बताए  ।


     गत वर्षभन्दा १० हजार बढीले पर्यटकको आगमनको संख्या बढेको छे । सन् २०२५ मा यस नाकाबाट सबैभन्दा बढी श्रीलङ्काका ३४ हजार ३६६ पर्यटक नेपाल आएका छन् । त्यसपछि म्यानमारका १९ हजार ९६२, थाइल्यान्डका १९ हजार १९५, भियतनामका सात हजार ६४५, दक्षिण कोरियाका तीन हजार ८२ र संयुक्त राज्य अमेरिकाका दुई हजार १४९ जना छन् ।


    एक वर्षको दौरान सबैभन्दा बढी मार्च महिनामा २० हजार ७२० पर्यटक नेपाल आएका छन् । यस्तै, फ्रेअुबरीमा १७ हजार ८७१, नोभेम्बरमा १६ हजार ३०५, अक्टोबरमा ११ हजार ६९७ र डिसेम्बरमा १० हजार ७२० पर्यटक नेपाल भित्रिएको तथ्याङ्क छ । यो नाका हुँदै सन् २०१८ मा एक लाख ६६ हजार २३५, सन् २०१९ मा एक लाख ६१ हजार ६९१, सन् २०२० मा ४३ हजार ३६७, सन् २०२१ मा ८१२, सन् २०२२ मा २० हजार २२० र सन् २०२३ मा ८१ हजार ८०५ पर्यटक नेपाल आएका छन् । यो नेपालमा स्थलमार्गबाट देशमै धेरै पर्यटक भित्रिने नाकाका रूपमा रहेको छ ।
    यस्तै बुद्ध जन्मस्थल लुम्बिनी घुम्ने पर्यटक संख्यामा गिरावट आएको छ । 


    २०२४ मा ११ लाख ७२ हजार २८२ पर्यटक आएकोमा २०२५ मा ११ लाख १४ हजार २६६ पर्यटकले लुम्बिनी घुमेका छन् । लुम्बिनी विकास कोषको तथ्यांकअनुसार सन् २०२४ मा भन्दा २०२५ मा लुम्बिनी भ्रमण गर्ने पर्यटक संख्या ५८ हजार १६ जनाले कमी छ । 
    कोषका अनुसार यो तथ्यांक नेपाली, भारतीय र तेस्रो मुलुककासहितको हो । कोषका अनुसार लुम्बिनी घुम्न आउने नेपाली र भारतीय पर्यटक घट्दा तेस्रो मुलुकका भने बढेका छन् ।


    कोषका सूचना अधिकारी हरिध्वज राईका अनुसार सन् २०२४ मा भने नेपाली ७ लाख ५९ हजार ९९०, भारतीय ३ लाख ८८९ र तेस्रो मुलुकका १ लाख ११हजार ४०३ पर्यटक लुम्बिनी आएका थिए । 


    राईले नेपाली र भारतीय पर्यटक आगमन घटिरहँदा करिब ३० हजार तेस्रो मुलुकका पर्यटक थपिएको जनाए । ‘यस वृद्धिले स्वदेशी तथा भारतीय पर्यटक घट्दाको असरलाई केही हदसम्म सन्तुलनमा ल्याएको छ, र लुम्बिनीप्रति अन्तर्राष्ट्रिय तीर्थयात्री तथा सांस्कृतिक पर्यटकहरूको आकर्षण बढ्दै गएको पुष्टि गर्छ ।’–उनले भने ।


    कोषका अनुसार श्रीलंकाबाट सबैभन्दा बढी ३२ हजार २८७ पर्यटक लुम्बिनी आएका छन् । यस्तै, थाइल्याण्डबाट १९ हजार ८९१, म्यान्मारबाट १८ हजार ५२८ र चीनका १० हजार ७८९ पर्यटकले लुम्बिनी घुमेका छन् । यसैगरी भियतनामका ८ हजार ६१५, दक्षिण कोरियाका ३ हजार ८९५ र जर्मनीका २ हजार ३७८ पर्यटक आएका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij