२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

३५ औँ स्थापना दिवसमा प्याब्सन बुटवलद्वारा दुर्गामन्दिरमा फार्निचर हस्तान्तरण

३५ औँ स्थापना दिवसमा प्याब्सन बुटवलद्वारा दुर्गामन्दिरमा फार्निचर हस्तान्तरण

३५ औँ स्थापना दिवसमा प्याब्सन बुटवलद्वारा दुर्गामन्दिरमा फार्निचर हस्तान्तरण

३५ औँ स्थापना दिवसमा प्याब्सन बुटवलद्वारा दुर्गामन्दिरमा फार्निचर हस्तान्तरण

३५ औँ स्थापना दिवसमा प्याब्सन बुटवलद्वारा दुर्गामन्दिरमा फार्निचर हस्तान्तरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष २४ २०८२
बिहिवार, पौष २४ २०८२
  • बुटवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन)को ३५ औं स्थापना दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम सम्पन्न भएका छन । 

    यसैबिच प्याब्सन नगर कमिटी बुटवलले बुटवल ३ दुर्गा मन्दिरमा फर्निचर हस्तान्तरण गरेको छ। मन्दिरमा एक कार्यक्रम आयोजना गर्दै मन्दिर ब्यवस्थापन समितिलाइ हस्तान्तरण गरिएको हो । 

    प्याब्सन बुटवल नगर कमिटि अध्यक्ष मित्रहरी आचार्य, केन्द्रीय उपाध्यक्ष टिकाराम न्यौपाने, प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डेय, बुटवल ३ अध्यक्ष विष्णु ढकाल लगायतले मन्दीर ब्यवस्थापन समितितिलाई फर्निचर हस्तान्तरण गरेको हो ।


    कार्यक्रममा बोल्दै बुटवल वडा नम्बर ३ अध्यक्ष बिष्णु ढकालले नीजी स्कुलले शुल्क धेरै लिन्छन भन्ने गलत मनोभावना जनमानसमा रहेको बताउदै त्यसलाइ चिर्दै सामाजीक गतिविधिहरु बनाउनुपर्नेमा जोड दिए। 

    केन्द्रीय उपाध्यक्ष टिकाराम न्यौपानेले स्थापना दिवसको अवसरमा देशभर बिभिन्न कार्यक्रम भएको बताउँदै नगरकमिटि तथा जिल्लालाई बिभिन्न कार्यक्रम गर्न सर्कुलर गरिएको बताए । 

    हिसान केन्द्रिय सदस्य दिनेश भुसालले शैक्षिक संस्थाहरुले सामाजिक उत्तरदायीत्वका कामहरु गर्दै जानुपर्ने बताए । 

    प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरी पाण्डेले प्रदेशभरका नगर र जिल्ला कमिटिले कार्यक्रमहरु भईरहेको बताए । उनले स्थापना दिवसमा शिक्षक, बिद्यार्थी सम्मान, बिभिन्न आश्रमहरुमा सहयोग लगायतका सामाजिक उत्तरदायीत्वका कार्यहरु भईरहेको बताउँदै शिक्षा संगै सामाजिक सम्बन्ध बलियो बनाउने रणनीति सहित कार्यक्रमहरु भईरहेको बताए । 

    प्याब्सन बुटवल नगर कमिटि अध्यक्ष मित्रहरी आचार्यले बिगतका वर्षहरुमा पनि बिभिन्न सामाजिक क्षेत्रमा लगानी गर्दै आएको बताए । उनले अघिल्ला वर्षहरुमा सिद्धबाबा धाम, गौशाला लगायतमा सहयोग गरिएको जानकारी गराउँदै यो वर्ष दुर्गा मन्दीरमा फर्निचर सहयोग गरिएको बताए । 

    मन्दिर ब्यवस्थापन समिती अध्यक्ष हरिनारायण मिश्रले मन्दीरमा सहयोग गर्नु समाजसेवा संगै धार्मिक कार्य पनि भएको बताए ।

     प्याब्सन बुटवल सचिव भुवन अधिकारीले मन्दीरमा २० थान कुर्ची, एकथान टि टेवल र एक थान पोडियम हस्तान्तरण गरिएको जनाए । बुटवल नगर कमिटिमा ३७ वटा सदस्य विद्यालय रहेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij