२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्वास्थ्य बिमा सफल पार्न चाल्नुपर्ने कदम

स्वास्थ्य बिमा सफल पार्न चाल्नुपर्ने कदम

स्वास्थ्य बिमा सफल पार्न चाल्नुपर्ने कदम

स्वास्थ्य बिमा सफल पार्न चाल्नुपर्ने कदम

स्वास्थ्य बिमा सफल पार्न चाल्नुपर्ने कदम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष २४ २०८२
बिहिवार, पौष २४ २०८२
  • स्वास्थ्य बिमा बापतको भुक्तानी नहुँदा ठूलो अस्पतालले सेवा बन्द गर्ने चेतावनी दिएका छन् । स्वास्थ्य बिमा बोर्डले करोडौँ रुपैयाँ  भुक्तानी नगर्दा अहिले अस्पतालको संकट चुलिएको छ । अस्पतालले औषधि, उपकरण खरिदमा समस्या देखिन थालेको छ । भुक्तानी नभए कर्मचारी र स्वास्थ्यकर्मीको तलब पनि प्रभावित हुने सम्भावना छ । वीर अस्पतालले बिमा बोर्डबाट ४० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ । पाटन अस्पतालले ४२ करोड भुक्तानी रोकिंदा अस्पतालको नियमित कार्यक्रम प्रभावित भएको बताएको छ । गंगालाल ह्दयरोग उपचार केन्द्रले १४ करोड रुपैयाँ भुक्तानी रोकिंदा अस्पताल सञ्चालनमै अवरोध भएको जनाएको छ । यी अस्पतालसहित बिमा आधारित कार्यक्रम लागु भएका अस्पतालले अब बिमामा आधारित उपचार गर्न नसकिने प्रष्ट पारेका छन् । स्वास्थ्य बिमा कार्यक्रमका थुप्रै कमजोरी भए पनि गरिब र विपन्न नागरिकको लागि सहारा बनेको थियो । 


    विपन्न नागरिक उपचार नपाएर मृत्युको मुखमा पुग्नुपर्ने अवस्थाको अन्त्य भएको थियो । स्वास्थ्य बिमा संकटमा पर्नुका दुई कारण छन् । पहिलो बिमा बोर्डलाई अनुदानको सीमा तोक्ने र दोस्रो बिमा रकमको प्रिमियम नबढाउने सरकारी रवैया गलत छ । बिमा बोर्डले पैसा नदिए माघ १ गतेदेखि सेवा बन्द गर्ने सूचना अस्पतालहरुले गरेका छन् । बिमा बोर्ड सरकारले बिमा कार्यक्रम असफल बनाएको आरोप लगाएको छ । बिमा कार्यक्रम जति आकर्षक हो, यो कार्यक्रमको दीगोपनका लागि योजना बनाएर काम नगर्दा बिचमै तुहिने अवस्था श्रृजना भएको छ, जसले राज्यका लोककल्याणकारी कार्यक्रमको सञ्चालन र औचित्यमाथि प्रश्न खडा भएको छ ।


    संविधानले मुलुकलाई समाजवाद उन्मुख कल्पना गरेको छ । स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने र आम नागरिक उपचार सेवाबाट वञ्चित हुन नहुने परिकल्पनालाई साकार पार्न स्वास्थ्य बिमा कार्यक्रम लागु गरियो । अनुदान नबढाउने र बिमितले तिर्नुपर्ने शुल्क न्यून राख्दा संकट निश्चित थियो । बिमित अनिवार्य अस्पताल वर्षेनी पुग्ने र अनावश्यक जाँच गराउने प्रवृत्तिले खर्च बढ्यो । 
    बिमा कार्यक्रमलाई फलदायी बनाउने हो भने अहिलेसम्मको अस्पताललाई दिनुपर्ने भुक्तानी अविलम्ब दिनुपर्छ । अब बिमितले बुझाउनुपर्ने शुल्क समेत हेरफेर गर्न अनिवार्य छ । यी दुवै गर्न सकिदैन् भने अस्पतालले बोझ बोक्न सक्तैनन् । बिमा कार्यक्रमकै कारण अस्पताल संकटमा पर्दा उपचार सेवा प्रभावित हुने जोखिम छ । यो संवेदनशिलता बुझेर अर्थमन्त्रालय, स्वास्थ्य मन्त्रालय र बिमा बोर्डको नेतृत्वले निकास निकाल्नुपर्छ । तत्काल गर्नुपर्ने काम गरेर अस्पतालको संकट टार्ने र दीगोपनाका लागि आवश्यक कार्यक्रम लागु गर्न ढिलाइ गर्न हुन्न । कमिकमजोरीलाई हटाउँदै सुधार गर्दै बिमा कार्यक्रमलाई नागरिकको उपचारको आधारको रुपमा लागु गर्नुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij